नेभिगेशन
सबै कुरा

बैंक बिरुद्ध अफवाह फैलाउनेलाई कानुनी दायरामा ल्याउन माग

काठमाडौँ । बैंक तथा वित्तिय संस्थाका छाता संगठनहरुले बैंक बैंक तथा वित्तिय संस्था बिरुद्ध अफवाह फैलाउनेलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । 

आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै आइतबार वणिज्य बैंकहरुको छाता संस्था नेपाल बैकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले बैंक तथा वित्तीय संस्था सुरक्षित रहेको बताएका हुन्न् । 

CG

ति संस्थाहरुले नेपालका बैंक तथा वित्तिय संस्थाहरु सुरक्षित रहेको र जोखिम बहन गर्न सक्ने अवस्थामा रहेको भन्दै अफवाह र गलत सूचनाको पछि नलाग्न सर्वसाधरणहरुलाई अपिल गरेका छन् । 

‘पछिल्लो समय देखि नेपालका बैंक तथा वित्तिय संस्था बिरुद्ध केही अराजक गतिविधि  भइरहेको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरू जोखिम बहन गर्ने क्षमता भएका छन् । आजको दिनमा बैंक तथा वित्तीय संस्थाहरु सुरक्षित छन् । सामाजिक सञ्जालमा समेत प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिहरु प्रति गंभिर ध्यानाकर्षण भएको छ । ’ 

भ्रामक गतिविधिमार्फत सर्वसाधारणलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिनेलाई कानुनको दायरामा ल्याई आवश्यक कारबाही गर्न समेत उनीहरुले सरकारसँग आग्रह गरेका छन् ।

नेपालका बैंकहरु अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त (वासेल लगायत) लाई आत्मसात गर्दै नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरुको पालना गर्दै अघि बढेको विज्ञप्तिमा भनिएको छ ।

नेपाल राष्ट्र बैंकको सूक्ष्म निगरानी र सोको नीति र नियमहरुको अधिनमा रहेर प्रत्येक त्रैमासमा वित्तीय विवरण सार्वजनिक गर्दै आएको बैंकिङ क्षेत्र पारदर्शी मात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको संस्थाहरुले दाबी गरेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५५...
बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १९४ रुपैयाँ...
आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९३ रुपैयाँ...
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ७० पैसा र बिक्रीदर १९१ रुपैयाँ ५१...