नेभिगेशन
सबै कुरा

बैंक बिरुद्ध अफवाह फैलाउनेलाई कानुनी दायरामा ल्याउन माग

काठमाडौँ । बैंक तथा वित्तिय संस्थाका छाता संगठनहरुले बैंक बैंक तथा वित्तिय संस्था बिरुद्ध अफवाह फैलाउनेलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै आइतबार वणिज्य बैंकहरुको छाता संस्था नेपाल बैकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले बैंक तथा वित्तीय संस्था सुरक्षित रहेको बताएका हुन्न् । 

Ncell
Extreme Energy

ति संस्थाहरुले नेपालका बैंक तथा वित्तिय संस्थाहरु सुरक्षित रहेको र जोखिम बहन गर्न सक्ने अवस्थामा रहेको भन्दै अफवाह र गलत सूचनाको पछि नलाग्न सर्वसाधरणहरुलाई अपिल गरेका छन् । 

‘पछिल्लो समय देखि नेपालका बैंक तथा वित्तिय संस्था बिरुद्ध केही अराजक गतिविधि  भइरहेको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरू जोखिम बहन गर्ने क्षमता भएका छन् । आजको दिनमा बैंक तथा वित्तीय संस्थाहरु सुरक्षित छन् । सामाजिक सञ्जालमा समेत प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिहरु प्रति गंभिर ध्यानाकर्षण भएको छ । ’ 

भ्रामक गतिविधिमार्फत सर्वसाधारणलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिनेलाई कानुनको दायरामा ल्याई आवश्यक कारबाही गर्न समेत उनीहरुले सरकारसँग आग्रह गरेका छन् ।

नेपालका बैंकहरु अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त (वासेल लगायत) लाई आत्मसात गर्दै नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरुको पालना गर्दै अघि बढेको विज्ञप्तिमा भनिएको छ ।

नेपाल राष्ट्र बैंकको सूक्ष्म निगरानी र सोको नीति र नियमहरुको अधिनमा रहेर प्रत्येक त्रैमासमा वित्तीय विवरण सार्वजनिक गर्दै आएको बैंकिङ क्षेत्र पारदर्शी मात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको संस्थाहरुले दाबी गरेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१...
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १५४ रुपैयाँ २८...
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
सुशासनमा निर्मम बने अर्थमन्त्री वाग्ले, अब सरकारी बजेटको दुरुपयोग रोकिने

सुशासनमा निर्मम बने अर्थमन्त्री वाग्ले, अब सरकारी बजेटको दुरुपयोग रोकिने

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले वित्तीय सुशासन कायम राख्न निर्मम बनेका छन् । सरकारी बजेटको दुरुपयोग रोक्न उनले नयाँ उपायहरु अवलम्बन गरेका छन् ।