नेभिगेशन
मुख्य समाचार

अर्थमन्त्रीद्वारा निजी क्षेत्रसँग छलफल

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् ।

मंगलबार अर्थ मन्त्रालयमा भएको छलफलका क्रममा निजी क्षेत्रको सुरक्षा प्रत्याभूति तथा लगानीमैत्री वातावरण निर्माणका लागि अब कसरी अघि बढ्न सकिन्छ भनेर छलफल भएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । 

“अहिलेको विषम परिस्थितिमा निजी क्षेत्रको सुरक्षाको प्रत्याभूति हुुनुपर्ने, कर तिर्ने समय थप गर्ने, सहुलियत दिने, बीमा दाबी भुक्तानी तथा कर्जा प्रवाहमा सरलताका लागि राष्ट्र बैङ्कमार्फत सहजीकरण गरिनुपर्ने लगायतका विषयमा छलफल भएको छ”, अध्यक्ष ढकालले भने, “अर्थमन्त्रीले निजी क्षेत्रका कुराहरू सकारात्मक रूपमा लिनुभएको छ । केही विषयहरू तुरुन्तै कार्यान्वयनका लागि निर्देशनसमेत दिनुभएको छ ।”

जेनजी प्रदर्शनका क्रममा विभिन्न व्यापारिक प्रतिष्ठान तथा व्यवसायीका निवासमा आगजनी र तोडफोड भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बढ्यो डिजेल र पेट्रोलको मूल्य

बढ्यो डिजेल र पेट्रोलको मूल्य

मूल्य समायोजनसँगै डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४७ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलको...
युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौँमा आयोजना गरेको समारोहमा उनले दुई देशबीचको पारस्परिक सम्मान, दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यमा आधारित साझेदारीको स्मरण गर्दै नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट...
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...