नेभिगेशन
मुख्य समाचार

मुख्यमन्त्री पाण्डेद्वारा क्षतिग्रस्त संरचनाको अवलोकन

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरी क्षति पुर्‍याइएका प्रदेशसभा भवन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतका संरचनाको मंगलबार अवलोकन गरेका छन् ।

अवलोकनका क्रममा उनले सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउँदै जाने र क्षतिग्रस्त संरचनाको मर्मतसम्भार तथा पुनःनिर्माण गरिने बताए । सुरक्षा निकाय र सेवाग्राही बढी आउने कार्यालयबाट तत्काल नियमित सेवा प्रवाह हुने वातावरण निर्माण गरिने मुख्यमन्त्री पाण्डेले बताएका छन् ।  

जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा भएको तोडफोड र आगजनीप्रति दुःख व्यक्त गर्दै उनले नेपाललाई कमजोर र असफल पार्न खोज्ने तत्वले विध्वसं मच्चाएको उल्लेख गरेका थिए । मुख्यमन्त्री पाण्डेले क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि सबै पक्षबीच एकता र सहकार्यको जरूरी रहेको बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बढ्यो डिजेल र पेट्रोलको मूल्य

बढ्यो डिजेल र पेट्रोलको मूल्य

मूल्य समायोजनसँगै डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४७ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलको...
युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौँमा आयोजना गरेको समारोहमा उनले दुई देशबीचको पारस्परिक सम्मान, दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यमा आधारित साझेदारीको स्मरण गर्दै नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट...
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...