नेभिगेशन
सबै कुरा

मादक पदार्थ सेवन गरेका चालकले चलाएको भ्यानको ठक्करबाट एकको मृत्यु

१८ भदौ, काठमाडौं ।  काठमाडौंको वसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालक  दावा दोर्जे शेर्पाको मृत्यु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौं महानगरपालिका–३ तिलिङ्गाटारमा गए राति बागमती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानले प्रदेश ३–०२–००६ प ६४०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सङ्खुवासभा मकालु गाउँपालिका–१ का  शेर्पाको आज बिहान मृत्यु भएको हो ।

Extreme Energy

दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा ग्रिनसिटी अस्पताल वसुन्धरामा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । मोटरसाइकलको पछाडि बस्ने १९ वर्षीय डोल्मा शेर्पा घाइते भएकी छन् । उनको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रवक्ता भट्टले बताए । भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भ्यानका चालक बारा घर भई काठमाडौंको माछापोखरी बस्ने २५ वर्षीय जीतेन्द्र माझीको साथमा काजपत्र नभएको र मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर...
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी...
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

“घाइतेहरुमध्ये तीन जना (अञ्जना राई, सेवन्ता राई र टेमिना राई)को अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ”, प्रहरी निरीक्षक बस्नेतले भने,...