नेभिगेशन
सबै कुरा
गभर्नरको योग्यता विवादः

सर्वोच्चलाई अर्थ मन्त्रालयको जवाफः तत्कालीन सिफारिस समितिले याेग्यता पुगेरै गभर्नर नियुक्त गरेकाे हाे 

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतामा विवाद गर्न आवश्यक नरहेको दाबी अर्थ मन्त्रालयले गरको छ । 

गभर्नरको शैक्षिक योग्यता नपुगेको भन्दै अधिवक्ता दीपकराज जोशीलगायतको सर्वोच्च अदालतमा दायर गरेको रिटमा विपक्षीको तर्फबाट सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै अर्थ मन्त्रालयले यस्तो दाबी गरेको हो ।

अर्थ मन्त्रालयका तर्फबाट अर्थ सचिव डा. कृष्णहरि पुष्करले लिखित जवाफ पेश गर्दै राष्ट्र बैंक ऐन २०५८ अनुसार नै गभर्नरको नियुक्ति भएको दाबी गरिएका छन् ।

अर्थ मन्त्रालय मातहतको तत्कालीन सिफारिस समितिमा गभर्नर अधिकारीले पेश गरेको योग्यताका आधारमा उनको नियुक्ति भएको लिखित जवाफमा दाबी गरिएको छ । 
गभर्नरको योग्यताका विवाद गभर्नर नियुक्तिको निकै लामो समय पछि दूषित मनसायका साथ आएको आरोप पनि अर्थ मन्त्रालयलको छ । 

‘तत्कालीन सिफारिस समितिलाई प्राप्त योग्यता तथा अनुभव समेतका कागजातबाट न्यूनतम योग्यता पूरा भएको देखिएकाले निजलाई नियुक्तिको लागि नेपाल सरकार मन्त्रिपरिषद्मा नियुक्तिको लागि सिफारिस भएकै र सोही सिफारिस बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्बाट नियुक्ति भएको हो’ अर्थ मन्त्रालयको लिखत जवाफमा भनिएको छ, ‘लामो समयको अन्तरालमा हाल आएर गभर्नर पदमा नियुक्तिका लागि आवश्यक योग्यता नपुगेको भन्ने जिकिर लिई दायर प्रस्तुत निवेदन दुषित मनसाय निहित रहेको देखिन्छ ।’ 

अर्थ मन्त्रालयको लिखित जवाफमा तत्कालीन सिफारिस समितिले योग्य रहेको देखेरै गभर्नरलाई सो पदका लागि नियुक्त गरिएको भन्दै रिट खारेजीको माग गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५५...
बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १९४ रुपैयाँ...
आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९३ रुपैयाँ...
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ७० पैसा र बिक्रीदर १९१ रुपैयाँ ५१...