नेभिगेशन
सबै कुरा

बालेन लक्षित प्रशासनको विज्ञप्ती, सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्नु

१८ भदौ, काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले सामाजिक सञ्जालमा अनावश्यक वक्तव्यवाजी नगर्न अनुरोध गरेको छ । वक्तव्यमा सामाजिक सञ्जालहरुमा व्यक्त भएका अभिव्यक्तिहरुप्रति कार्यालयको ध्यानाकर्षण भएको भन्दै पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरुलाई वाधा अवरोध नपु¥याउन पनि आग्रह गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विज्ञप्तीमा कार्यालयले सरकारी स्रोत साधनको दुरुपयोग हुन नदिन सार्वजनिक विदाका दिनमा सरकारी सवारी साधनको निगरानी र नियन्त्रण गर्ने कार्य सबै जिल्ला प्रशासन कार्यामार्फत विगतदेखि नै हुँदै आएको र यसले मितव्ययिता कायम गर्न पनि मद्दत पुगेको कु्रा निर्विवाद रहेको समेत सपष्ट पारेको छ । 

CG

शनिबार राति काठमाडौं महानगरपालिका मेयर बालेन साहले महानगरको गाडी रोकिएको विषयमा उत्तेजक स्टाटस सामाजिक सञ्जालमा लेखेका थिए । उनले अर्को पटक पुनः महानगरको गाडी रोकिए सिंहदरवारमा आगो लगाइदिने धम्की समेत दिएका थिए । पछि उक्त गाडीमा बालेनपत्नी सवार रहेको खुलेको थियो । 

बालेन सचिवालयले ट्राफिक प्रहरीले मेयरपन्तीमाथि असभ्यता देखाएको दावी गर्दै विज्ञप्ती निकालेको थियो । 

बालेनको सोही स्टाटसपछि सामाजिक सञ्जाल निकै तातिएको थियो । अहिले बालेनले उक्त स्टाटस हटाईसकेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धर्मसँग जोडेर गलत प्रचार गरेको भन्दै डा.स्वर्णिम वाग्लेले दिए साइबर ब्यूरोमा निवेदन

धर्मसँग जोडेर गलत प्रचार गरेको भन्दै डा.स्वर्णिम वाग्लेले दिए साइबर ब्यूरोमा निवेदन

‘आफूले सार्वजनिक रूपमा कहिल्यै नबोलेका र नलेखेका विषयलाई मनगढन्ते रूपमा प्रस्तुत गरी फेसबुक र एक्स (पूर्व ट्विटर) जस्ता सामाजिक सञ्जालमा व्यापक प्रचार–प्रसार गरिएको छ,’ वाग्लेले उजुरीमा भनेका छन्...
प्रतिनिधिसभा निर्वाचनतर्फ सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनतर्फ सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार

प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटका अनुसार यहाँ सबैभन्दा बढी कैलालीमा ११, कञ्चनपुरमा छ र डोटीमा एक जना महिला आसन्न निर्वाचनमा होमिएका छन् । सुदूरपश्चिममा कूल २१० जनाको...
गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

रास्वपाले गण्डकी प्रदेशका १७ मध्ये १७ वटा सिटमा मात्रै उम्मेदवार उठाएको छ।
धादिङ २ एमाले टिकटमा लफडा: पहिले घलेबाट चन्द्रले खोसे, अहिले चन्द्रबाट घलेले

धादिङ २ एमाले टिकटमा लफडा: पहिले घलेबाट चन्द्रले खोसे, अहिले चन्द्रबाट घलेले

एमालेले फेरि धनबहादुर घलेलाई नै आफ्नो उम्मेदवार बनाएको छ । एमालेले आइतबार घलेलाई क्षेत्र नम्बर २ बाट टिकट दिएको थियो तर, मंगलबार घलेको टिकट खोसेर एमाले चन्द्र रिजाललाई...