नेभिगेशन
सबै कुरा

बालेन लक्षित प्रशासनको विज्ञप्ती, सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्नु

१८ भदौ, काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले सामाजिक सञ्जालमा अनावश्यक वक्तव्यवाजी नगर्न अनुरोध गरेको छ । वक्तव्यमा सामाजिक सञ्जालहरुमा व्यक्त भएका अभिव्यक्तिहरुप्रति कार्यालयको ध्यानाकर्षण भएको भन्दै पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरुलाई वाधा अवरोध नपु¥याउन पनि आग्रह गरेको छ । 

विज्ञप्तीमा कार्यालयले सरकारी स्रोत साधनको दुरुपयोग हुन नदिन सार्वजनिक विदाका दिनमा सरकारी सवारी साधनको निगरानी र नियन्त्रण गर्ने कार्य सबै जिल्ला प्रशासन कार्यामार्फत विगतदेखि नै हुँदै आएको र यसले मितव्ययिता कायम गर्न पनि मद्दत पुगेको कु्रा निर्विवाद रहेको समेत सपष्ट पारेको छ । 

शनिबार राति काठमाडौं महानगरपालिका मेयर बालेन साहले महानगरको गाडी रोकिएको विषयमा उत्तेजक स्टाटस सामाजिक सञ्जालमा लेखेका थिए । उनले अर्को पटक पुनः महानगरको गाडी रोकिए सिंहदरवारमा आगो लगाइदिने धम्की समेत दिएका थिए । पछि उक्त गाडीमा बालेनपत्नी सवार रहेको खुलेको थियो । 

बालेन सचिवालयले ट्राफिक प्रहरीले मेयरपन्तीमाथि असभ्यता देखाएको दावी गर्दै विज्ञप्ती निकालेको थियो । 

बालेनको सोही स्टाटसपछि सामाजिक सञ्जाल निकै तातिएको थियो । अहिले बालेनले उक्त स्टाटस हटाईसकेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन माग गर्नु राजनीतिक फण्डा हो : विश्वप्रकाश शर्मा

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन माग गर्नु राजनीतिक फण्डा हो : विश्वप्रकाश शर्मा

विपक्षी दलबाट गृहमन्त्रीमाथि छानबिन अहिले किन नगर्ने भन्ने कुरा आएको छ । प्रष्टै छ, गृहमन्त्रीविरुद्ध कुनै अदालतमा उजुरी परेको अवस्था छैन । अहिलेको भिजिट भिसा प्रकरणमा अख्तियार दुरूपयोग...
एक मिनेटमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक, अर्को बैठक आइतबार बस्ने

एक मिनेटमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक, अर्को बैठक आइतबार बस्ने

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक १ मिनेटमै सकिएको छ । लामो समयपछि शुक्रबार बसेको बैठक करिब १ मिनेट बसेर स्थगित भएको हो ।
काठमाडौँ महानगरको आर्थिक वर्ष २०८२/८३ का लागि करीव २५ अर्व बजेटको सिमा निर्धारण

काठमाडौँ महानगरको आर्थिक वर्ष २०८२/८३ का लागि करीव २५ अर्व बजेटको सिमा निर्धारण

बैठकले आगामी आर्थिक बर्षका लागि करिव २५ करोड बजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्दै छ ।
३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह

३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने बताएका छन् ।