नेभिगेशन
समाज

निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गराउन आयोग प्रतिवद्ध छः निर्वाचन आयुक्त

काठमाडौँ । निर्वाचनका आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गराउन आयोग प्रतिवद्ध रहेको बताएका छन् ।

शुक्रबार आयोग र नेपाल कानून समाजले बिराटनगरमा आयोजना गरेको निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका बिषयक कार्यक्रममा भण्डारीले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न आचारसंहितालाई कडाइका साथ पालना गराउन प्रतिबद्ध रहेको बताएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नयाँ आचारसंहिताअनुसार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई कारबाही गर्न सक्ने अधिकार प्रदान गरिएको उल्लेख गर्दै उनले निडर र निर्भीक भएर आचारसंहिता कार्यान्वयन गर्न निर्देशन समेत दिएका हुन ।

Ncell
Extreme Energy

उनले निर्वाचनलाई मर्यादित, पारदर्शी र खर्च नियन्त्रणयुक्त बनाउन आचारसंहिताले स्पष्ट मापदण्ड तय गरेको जानकारी दिए । भण्डारीले निर्वाचन आचारसंहिताको कार्यान्वयनमा सबै सरोकारवालाको सहयोग अपरिहार्य रहेकाले  जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह समेत गरेका थिए ।

निर्वाचन प्रक्रियामा पारदर्शिता र उत्तरदायित्व कायम राख्न आयोगले अनुगमन संयन्त्रलाई थप सुदृढ बनाएको उनको भनाइ छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेप्सेमा देखिएको प्राविधिक समस्या समाधान, सेयर बजार आज खुल्ने

नेप्सेमा देखिएको प्राविधिक समस्या समाधान, सेयर बजार आज खुल्ने

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएको छ । समस्या समाधान भएसँगै आजदेखि सेयर बजार खुल्ने भएको छ ।
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस, मानसरोवर हिँडेका यात्रु अलपत्र

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस, मानसरोवर हिँडेका यात्रु अलपत्र

कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै ढुङ्गा पन्छाउन समस्या भएको छ ।
रुसी संसदीय निर्वाचनमा पुटिनको पार्टीलाई दुईतिहाइभन्दा बढी बहुमत

रुसी संसदीय निर्वाचनमा पुटिनको पार्टीलाई दुईतिहाइभन्दा बढी बहुमत

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सत्ताधारी 'युनाइटेड रसिया' पार्टीले संसदीय निर्वाचनमा कीर्तिमानी दुई-तिहाइभन्दा बढी (सुपरमेजोरिटी) सिट जितेको छ ।
कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ ।