नेभिगेशन
समाज

हेटौंडा उपमहानगरद्वारा सञ्चालित क्याम्पसको चरम लापरबाही

बदमासी क्याम्पसको, दोब्बर दस्तुर विद्यार्थीलाई

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको हेटौंडा जनप्रिय क्याम्पसको बदमासीका कारण बिएस्सी एजीमा अध्ययनरत विद्यार्थीहरुले रजिष्ट्रेशन फारमको दोब्बर दस्तुर बुझाउनु परेको छ । सामान्यतया पहिलो सूचना सामान्य दस्तुरको, सो पछि दोब्बर दस्तुर बुझाउने गरी दोश्रो पटक सूचना प्रकाशन गर्नुपर्ने हुन्छ ।

सोही बमोजिम पूर्वाञ्चल विश्वविद्यालयले बिएस्सी एजीका विद्यार्थीहरुलाई सामान्य दस्तुर १ हजार ५ सय शुल्क तोकेर रजिष्ट्रेशन फारम भर्न सूचित गरेको थियो । तर क्याम्पसले सामान्य समयावधि सकिएपछि मात्रै दोब्बर दस्तुर बुझाउने गरी गत माघ २२ गते ३ दिनको समय दिएर पहिलो सूचना जारी गर्दा त्यहाँ अध्ययनरत ४८ जना विद्यार्थी दोब्बर दस्तुर बुझाउन बाध्य भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस विषयमा क्याम्पस प्रमुख अतिश पण्डितले सिधाकुरासँगको सम्वादमा क्याम्पस प्रशासनको गल्तिका कारण विद्यार्थीहरुले दोब्बर दस्तुर तिर्न परेको स्वीकारेका छन् । प्रशासनिक पूर्वाञ्चल विश्व विद्यालयको सम्बन्धन प्राप्त यो क्याम्पस हेटौंडा उपमहानगरपालिकाद्वारा सञ्चालनमा रहेको छ । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठक आज तेस्रो दिन पनि बस्दैछ । बैठक ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बिहान ९ बजेबाट सुरु हुँदैछ ।
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

भारी वर्षाको प्रक्षेपणपछि मौसम विभाग पुगेर ऊर्जामन्त्री श्रेष्ठ र गृहमन्त्री गुरुङले के भने ?

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले असोज ९ देखि ११ गते पूर्वानुमान गरिएको अति भारी वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को पूर्वतयारी र पूर्वसूचनामा जुट्न निर्देशन दिएका छन् ।