नेभिगेशन
पैसाका कुरा

मूल्यवृद्धि ५.१ प्रतिशतमा झर्याे

काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनामा मूल्यवृद्धि ५.१ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०१ प्रतिशत कायम भएको छ। 

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.५१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ ।

CG

खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३२.११ प्रतिशत, दाल तथा गेडागुडीको ११.१५ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.०६ प्रतिशत र तरकारीको ७.५८ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२. ३३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा गैरखाद्य तथा सेवा समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.६१ प्रतिशत, विविध वस्तु तथा सेवाहरूको ९.१५ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ । यातायात उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १.४१ प्रतिशतले घटेको केन्द्रिय बैंकले जनाएको छ । 

माघ महिनामा  काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९६ प्रतिशत, तराईको ४. ७१ प्रतिशत, पहाडको ५.५८ प्रतिशत र हिमालको ५.४४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ८.४७ प्रतिशत, ७.८२ प्रतिशत, ७.३० प्रतिशत र ७.९२ प्रतिशत रहेको थियो । 

बि.स. २०८० माघ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २.८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ९.६७ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ७. ०५ प्रतिशत, ०. ७२ प्रतिशत र १.७९ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.३२ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पैसाका कुरा
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५५...
बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १९४ रुपैयाँ...
आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९३ रुपैयाँ...
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ७० पैसा र बिक्रीदर १९१ रुपैयाँ ५१...