नेभिगेशन
सबै कुरा

रास्वपाको दस्ताबेज बनाउन १७ सदस्यीय टाेली टौदहमा

राष्ट्रिय स्वतन्त्र पार्टी'रास्वपा'ले पार्टीको सैद्धान्तिक  दस्ताबेज निमार्णको प्रक्रिया टुंगाउन जुटेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दस्ताबेजलाई अन्तिमरूप दिन पार्टीले बनाएको १७ सदस्यीय प्रतिनिधिमण्डलको बैठक टौदहको 'ब्लु माउन्टेन रिसोर्ट'मा सुरु भएको रास्वपा सचिवालयले जनाएको छ ।

Ncell
Extreme Energy

बैठकले दस्तावेजमा नागरिकको सुझाव सङ्कलनका लागि 'प्रश्नावली र अनुसन्धानको विधि' तय गर्ने रास्वपाले जनाएको छ ।

असार ७ गते पार्टी स्थापना दिवसकै दिन 'नयाँ युगको संकल्प' दस्तावेज सार्वजनिक गर्ने तयारी गरेको थियो । तर  पार्टीको नीति तथ विचार विभागले बनाएको मस्यौदामा महत्वपूर्ण मुद्दामा नै आधा अधुरो देखिएपछि तत्कालका लागि स्थगित गरेको थियो ।

रास्वपाले मस्यौदामा उल्लिखित संवैधानिक लोकतन्त्र, संघीयता, अर्थनीतिलाई एजेन्डामा विवाद देखिएपछि दोस्रो मस्यौदा तयार गर्ने निर्णय गरेको थियो । त्यसका लागि १७ सदस्य प्रतिनिधि मण्डल बनाएको थियो ।

प्रतिनिधिमण्डलका सदस्यहरुलाई गाँउ गाँउ पुगेर नागरिकको सुझाव अनुसार दस्तावेज गराउने जिम्मा दिइएको थियो ।

रास्वपाका एक नेताका अनुसार यो बैठकले रास्वपाको दस्तावेजका बारेमा आम नागरिकसँग सुझाव सङ्कलनको 'मोडालिटी' तयार पार्ने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीन तहका सरकारबीच समन्वय अभाव हटाऊ:  गगन थापा

तीन तहका सरकारबीच समन्वय अभाव हटाऊ: गगन थापा

उनले भने– ‘तीन तहका सरकारबीच समन्वयको खाडल देखिएको छ, संघ, प्रदेश र स्थानीय सरकारका बीचमा स्पष्ट कार्यविभाजन हुनुपर्छ र एउटै टिमको रूपमा अघि बढ्नुपर्छ।’
रविसँग बागमतीका मुख्यमन्त्रीले भने– संघ सरकारले समन्वय नै गरेन

रविसँग बागमतीका मुख्यमन्त्रीले भने– संघ सरकारले समन्वय नै गरेन

रास्वपा केन्द्रीय कार्यालयमा रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा मुख्यमन्त्री थापामगरले तीन तहका सरकारबीच समन्वय हुन नसकेको बताएका हुन् । उनले समन्वय हुन नसकेपछि प्रदेश सरकारले आफ्नै तरिकाले काम...
सरकार एक्लै अघि बढ्न खोज्योः ओली

सरकार एक्लै अघि बढ्न खोज्योः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद् व्यवस्थापनमा सरकार एक्लै अघि बढ्न खोजेको आरोप लगाएका छन् ।
बाढी प्रभावितको खोजी र उद्धारलाई प्रभावकारी बनाउन लामिछानेको निर्देशन

बाढी प्रभावितको खोजी र उद्धारलाई प्रभावकारी बनाउन लामिछानेको निर्देशन

नेताहरुबाट  ब्रिफिङ लिएपछि लामिछानेले खोजी. उद्धार तथा राहतको कामलाई प्रभावकारी बनाउन बनाउन पार्टीका सबै तह र निकायहरूलाई निर्देशन दिएका हुन्।