नेभिगेशन
सबै कुरा

रास्वपाको दस्ताबेज बनाउन १७ सदस्यीय टाेली टौदहमा

राष्ट्रिय स्वतन्त्र पार्टी'रास्वपा'ले पार्टीको सैद्धान्तिक  दस्ताबेज निमार्णको प्रक्रिया टुंगाउन जुटेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दस्ताबेजलाई अन्तिमरूप दिन पार्टीले बनाएको १७ सदस्यीय प्रतिनिधिमण्डलको बैठक टौदहको 'ब्लु माउन्टेन रिसोर्ट'मा सुरु भएको रास्वपा सचिवालयले जनाएको छ ।

Extreme Energy

बैठकले दस्तावेजमा नागरिकको सुझाव सङ्कलनका लागि 'प्रश्नावली र अनुसन्धानको विधि' तय गर्ने रास्वपाले जनाएको छ ।

असार ७ गते पार्टी स्थापना दिवसकै दिन 'नयाँ युगको संकल्प' दस्तावेज सार्वजनिक गर्ने तयारी गरेको थियो । तर  पार्टीको नीति तथ विचार विभागले बनाएको मस्यौदामा महत्वपूर्ण मुद्दामा नै आधा अधुरो देखिएपछि तत्कालका लागि स्थगित गरेको थियो ।

रास्वपाले मस्यौदामा उल्लिखित संवैधानिक लोकतन्त्र, संघीयता, अर्थनीतिलाई एजेन्डामा विवाद देखिएपछि दोस्रो मस्यौदा तयार गर्ने निर्णय गरेको थियो । त्यसका लागि १७ सदस्य प्रतिनिधि मण्डल बनाएको थियो ।

प्रतिनिधिमण्डलका सदस्यहरुलाई गाँउ गाँउ पुगेर नागरिकको सुझाव अनुसार दस्तावेज गराउने जिम्मा दिइएको थियो ।

रास्वपाका एक नेताका अनुसार यो बैठकले रास्वपाको दस्तावेजका बारेमा आम नागरिकसँग सुझाव सङ्कलनको 'मोडालिटी' तयार पार्ने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको सो भेटवार्तामा मन्त्री खनाल र राजदूत भ्रियोनिडेसबीच नेपाल र साइप्रसबीचको द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
देशभर संवाद अभियान चलाउने थापाको घोषणा

देशभर संवाद अभियान चलाउने थापाको घोषणा

सभापति थापाले आन्तरिक प्रतिस्पर्धाको तिक्तता छोडेर पार्टीसँग टाढिएका मतदाता र परिवारलाई पुनः जोड्न कांग्रेसले विशेष संवाद अभियान सञ्चालन गर्ने बताएका हुन् ।
ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ...
ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बैंकक प्रस्थान

ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बैंकक प्रस्थान

यसैगरी थाइल्याण्ड, नेपाल र यूएन इएससीएपीले संयुक्त रुपमा आयोजना गरेको ‘सगरमाथादेखि सागरसम्म: एसिया-प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी-त्रिशूली घटनाले सिकाएका पाठहरू’ विषयक कार्यशालालाई मन्त्री श्रेष्ठले बिहीबार सम्बोधन...