नेभिगेशन
सबै कुरा

‘ग्लोबल मनी विक –२०२४’ : प्रभु बैंक लिमिटेडका १३० बढी शाखाद्धारा विभिन्न वित्तीय कार्यक्रम सञ्चालन

काठमाडाैँ । प्रभु बैंक लिमिटेडले  'Protect your money, secure your future' भन्ने नाराका साथ ‘ग्लोबल मनी विक–२०२४’ अन्तर्गत विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । बैंकले २०८० चैत्र ०५ गते देखी चैत्र ११ सम्म विभिन्न कार्यक्रम गरेर सप्ताह समापन गरेको हो ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैंकले आफ्ना विभिन्न शाखामार्फत विभिन्न स्थानहरुमा साताव्यापी अभियानलाई सफल तुल्याउनका निम्ति वित्तीय साक्षरता, साईकल –र्याली, बालबालिका र युवालक्षित चेतनामूलक कार्यक्रमहरु तथा प्रभातफेरी आयोजना गरेको छ ।  बैंकले विभिन्न समुदाय,महिला र बालबालिका, स्कुल तथा कलेजहरुमा आधुनिक बैंकिङ्ग (आर्थिक कारोवार बैंक तथा वित्तीय संस्थाबाट मात्र गरौं), बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ्ग सेवा र यसमा अपनाउनुपर्ने सावधानीहरु समावेश गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । 

Ncell
Extreme Energy


त्यस्तै सचेतना कार्यक्रमलाई थप प्रबल बनाउन बैंकले आफ्नो आधिकारीक सामाजिक सञ्जालबाट समेत यस सम्बन्धमा सचेतना अभिबृद्धि गर्दै आएको छ । अज्ञात स्रोतबाट प्राप्त लिंक कतै नखोल्न, संंवेदनशिल विवरण शेयर नगर्न, डिजिटल ठगीबाट सुरक्षित रहन समेत विभिन्न सूचनाहरु सम्प्रेषण गर्दै आएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सातै प्रदेश अन्र्तगत वित्तीय साक्षरता कार्यक्रम अगाडी बढाएको छ । बैंकले निम्न शाखाबाट वित्तीय कार्यक्रम सञ्चालन गरी ‘ग्लोबल मनी विक –२०२४’ सम्पन्न गरेको छ  । 

कार्यक्रम संचालन भएका शाखाहरु :

लो घेकर दामोदर कुण्ड, हरि चोक, लोमान्थ्याङ, काकरभिट्टा, रौतामाई, मंगला, चोरमारा, धौलागिरी, माछापुच्छ्रे, मझगवा, सन्दकपुर, विरेन्द्रबजार, काठेखोला, मुक्तिनाथ, बरेङ, रघुगंगा, मुर्गिया, पाल्पा, बज्रबाराही, कुश्मा, परोहा, भण्डारा, बारपाक, बारादी, तिनपैनी, विरेठाटी, मनाङ, भिमाड, बेनी, टिकापुर, बुर्तिबाङ, जुम्ला खलँगा, निजगढ, नयाँरोड, गौशाला, कटारी, गौर, भरतपुर, चतरा, जोमसोम, वालिङ, चेपेटार, भिमफेदी, लामीडाँडा, बडीगाड, हलेशी, तामानखोला, मलारानी, रानीबास, बासगढी, गोपीगंज, पदमपुर, लम्की, ओखलढुंङ्गा, नारायणगढ, लालबन्दी, कुरिनटार, बटार, गोडाइटा, गाईघाट, दामन, मनहरी, मलंगवा, बरथवा, पालुङटार, विरगंज, साफेबगर, बिहाडी, लिवाङ, बयलबास, हतुवागढी, बर्दिवास, दोलालघाट, भोजपुर, चन्द्रनिगाहापुर, ताराखोला, खाँदबारी, जनकपुर, तौलिहवा, तालचोक, फुङ्गलिङ, बरियापट्टी, अमरसिंह चोक, ग्रामथन, डुम्रे, निसिखोला, इनरुवा, प्याउली, प्रगतीनगर, पथरी, सन्दीखर्क, चन्द्रगढी, महेन्द्रनगर, अमुवा, लायन्सचोक, बाझपाटन, गुलेरिया, पर्सा, रुकुम, श्रीनगर, फिदिम, विजयनगर, गरुडा, शान्तिपुर, डिमुवा, मनिग्राम, दमक, विराटनगर, धाकदही, बर्दघाट, खर्पूनाथ, लुम्बिनि, कोहलपुर, गोर्खा, बगर, लमही, दिक्तेल, गलकोट, एकडारा, विरौटा, पोखरा, इटहरी, घोराही, मुखियापट्टी, बेशीशहर, बाग्लुङ, तमघास, भैरहवा, धनगढी, बिर्तामोड, अमरपथ लगायतका शाखाहरु ।

बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, ३१० एटीएम साथै ७१ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज कति पुग्यो डलरको भाउ ?

आज कति पुग्यो डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
आज कति पुग्यो डलरको भाउ ?

आज कति पुग्यो डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
बाढी प्रभावित समुदायको राहत उद्धार तथा पुनर्स्थापना लागि एभरेष्ट बैंक र बैंकका कर्मचारीहरुको तर्फबाट सहयोग

बाढी प्रभावित समुदायको राहत उद्धार तथा पुनर्स्थापना लागि एभरेष्ट बैंक र बैंकका कर्मचारीहरुको तर्फबाट सहयोग

नगद आर्थिक सहयोगका साथै एभरेष्ट बैंकका कर्मचारीहरूको सक्रियतामा संकलन गरिएका अत्यावश्यक राहत सामग्रीहरू समेत विपद् प्रभावित क्षेत्रहरूमा पठाउनका लागि सम्बन्धित निकायलाई प्रत्यक्ष रुपमा हस्तान्तरण गरेको छ ।
नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

उक्त सहयोग रकमको चेक कम्पनीका सञ्चालक श्री कमलेश कुमार अग्रवाल, पूर्व अध्यक्ष श्री गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्...