नेभिगेशन
सबै कुरा

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन एक हजार एक सय रुपैँयाले बढ्यो

काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मुल्य तोलामा रु एक हजार एक सयले बढेर रेकर्ड बनाएको हो । 

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २७ हजार नौ सय तोकिएको छ ।बुधबार छापावाला सुन प्रतितोला रु एक लाख २६ हजार आठ सयमा कारोबार भएको थियो । 

CG

यसअघि गत चैत ८ गते सुनको मूल्यले रेकर्ड ब्रेक गरेको थियो । सो दिन सुन प्रतितोला एक लाख २७ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै तेजाबी सुन प्रतितोला रु एक लाख २७ हजार तीन सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । बुधबार तेजाबी सुन प्रतितोला रु एक लाख २६ हजार दुई सयमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला रु एक हजार चार सय ९० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार पाँच सय १० निर्धारण गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

निगमले पेट्रोलमा प्रतिलिटर रु. ४ ले, डिजेल/मट्टितेलमा प्रति लिटर रु. ५ ले, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. ६ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलोलिटर अमेरिकी...
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९७ पैसा कायम भएको छ ।
आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ र बिक्रीदर १६९ रुपैयाँ ७० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६९ पैसा,...