नेभिगेशन
सबै कुरा

सुन तस्कर दावालाई नागरिकता बेच्ने काभ्रे प्रशासनका दुई कर्मचारीलाई थुनामा पठाउन आदेश

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट विदेशी नागरिकलाई नागरिकता बिक्री गरेको अभियोगमा हिरासतमा रहेका दुई अधिकृतसहित थप एकजनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । अदालतले सोही प्रकरणमा संलग्न अर्का एकजनालाई पक्राउ पुर्जी जारीको आदेश दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला अदालत धुलिखेलमा शुक्रबार भएको थुनछेक बहसका क्रममा न्यायाधीश शिवकुमार पोखरेलको इजलासले नागरिकता बिक्री अभियोगमा पक्राउ परेका अधिकृतद्वय झपेन्द्रराज खरेल र रामचन्द्र अर्यालसहित नागरिकता खरिद गर्ने काठमाडौँ महानगरपालिका–४ का ४० वर्षीय राजु गुरुङलाई थुनामा पठाउने आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार कर्णबहादुर राईले जानकारी दिए । 

Everest cinsult

राईका अनुसार राजुका बाबु हरिभक्त गुरुङलाई पक्राउ पुर्जीको आदेश भएको हो । “खरेल तत्कालीन समयमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा अधिकृत थिए भने अर्याल सुब्बा थिए”, उनले भने । 

यसअघि गुरुङ बाबुछोरा हङकङ बस्दै आएका थिए । राजु गुरुङले अमेरिका जाने प्रयोजनका लागि काठमाडौँबाट लिएको सक्कली नागरिकताका साथै काभ्रेपलाञ्चोकबाट नागरिकता र राहदानी खरिद गरेका अनुसन्धानको क्रममा खेलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार नागरिकता फाँटमा अनुसूची मिलाउने र भर्ने सुब्बा रामचन्द्र अर्याल थिए । 

सुन तस्करी प्रकरणमा पक्राउ परेका विदेशी नागरिकलाई नागरिकता दिएको अभियोगमा अधिकृतद्वय खरेल र अर्याल अनुसन्धानमा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले दिएको निर्देशनअनुसार विदेशीलाई नागरिकता दिएको अभियोगमा अनुसन्धान गरिरहँदा गुरुङलाई नागरिकता बिक्री गरेको फेला परेपछि दुई अधिकृत पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ । 

प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार दुवै अधिकृतमाथि स्वदेशी र विदेशीलाई नागरिकता बिक्री गरेको अभियोग छ । प्रहरीले विदेशी नागरिक दावा छिरिङ भनिने निमा तामाङ भएको झुटो विवरण पेस गरी विसं २०७४ पुस २० गते नागरिकता दिलाएको सहित नौजनालाई नागरिकता बिक्री गरेको अभियोगमा अनुसन्धान जारी राखिएको उनले जानकारी दिए । 

छिरिङ ठूलो परिमाणमा सुन तस्करीमा संलग्न रहेपछि प्रहरीले गत साउन १४ गते पक्राउ गरी केन्द्रीय कारागारमा राखेको छ । अधिकृत खरेललाई यही चैत ३ गते सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाबाट र अर्याललाई गत फागुन २४ गते बागमती प्रदेशसभा सचिवालयबाट प्रहरीले पक्राउ गरेको थियो । 

सुन तस्करीका नाइके दावालाई नागरिकता दिने कर्मचारी झपेन्द्र खरेल पनि पक्राउ

विदेशी दावालाई नेपाली वंशज नागरिकता ‘होम डेलिभरी’ ! फर्जी विवरण झपेन्द्रद्वारा प्रमाणिकरण



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।
६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई घरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई...