नेभिगेशन
समाज

माथिल्लो त्रिशूली–१ को सुरुङबाट निकालियो ६ शव

काठमाडौँ । माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङबाट ६ जनाको शव निकालिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन व्यक्तिहरुको खोजी गर्ने क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट ३ टनेलभित्र ढलान गर्नको लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएर रहेको अवस्थामा ६ शव फेला परेको र ती शवलाई ग्याँस कटर र रोटरी रेस्क्युको प्रयोग गरी बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ।

Ncell
Extreme Energy

टनेलभित्र हिलोमा छोपिएको अवस्थामा अन्य शव जस्तो आकृति देखिएकोले थप खोजी कार्य भइरहेको सेनाले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रियसभा अध्यक्षले यसरी गरे नेपाल–चीन सम्बन्धको व्याख्या

राष्ट्रियसभा अध्यक्षले यसरी गरे नेपाल–चीन सम्बन्धको व्याख्या

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल र चीनबीचको सम्बन्ध हजारौँ वर्ष पुरानो रहेको बताएका छन् ।
अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा अमेरिकास्थित नेपाली जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य छनोटको विषय विवादमा परेको छ।
नापजाँच सकिएको ९ वर्षपछि धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय ३८८ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्।
१५ वर्षदेखि रुग्ण कमला पुल निर्माणको अन्तिम चरणमा

१५ वर्षदेखि रुग्ण कमला पुल निर्माणको अन्तिम चरणमा

१५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको धनुषा–सिराहा जोड्ने कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ।