नेभिगेशन
नेताका कुरा

अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

अमेरिका । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा अमेरिकास्थित नेपाली जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य छनोटको विषय विवादमा परेको छ।
 
५०३ सक्रिय सदस्य रहेको भनिएको समितिबाट सीमित संख्यामा प्रतिनिधि चयन गर्नुपर्ने भए पनि निर्वाचन प्रक्रिया अघि नबढेको भन्दै संगठनभित्रै प्रश्न उठाइएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अमेरिकास्थित नेपाली जनसम्पर्क समितिका नेता तथा अभियन्ता टुकप्रसाद रेग्मीले ५०३ सक्रिय सदस्यको निर्वाचन गराउन किन अलमल भइरहेको हो ? भन्दै प्रश्न गरेका छन्। उनको दाबीअनुसार निर्वाचनको सट्टा भित्रभित्रै आफन्त तथा नातागोताका व्यक्तिलाई प्रतिनिधि बनाउन खोजिएको छ। उनले यस्तो प्रक्रिया विधानविपरीत हुने दाबी गर्दै महाधिवेशन प्रतिनिधि चयन निर्वाचनबाटै हुनुपर्ने बताएका छन्।

Ncell
Extreme Energy

कांग्रेसको आधिकारिक नियमावलीमा पनि विदेशस्थित जनसम्पर्क समितिको अधिवेशनमा क्रियाशील सदस्य वा उनीहरूले निर्वाचित गरेका प्रतिनिधिको सहभागितामा, केन्द्रीय पर्यवेक्षक तथा केन्द्रीय निर्वाचन समितिको प्रतिनिधिको उपस्थितिमा अधिवेशन सम्पन्न हुने र सोही अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यको निर्वाचन गर्ने व्यवस्था उल्लेख छ।

निर्वाचन भएमा ५०३ क्रियाशील सदस्यले आफ्नो प्रतिनिधि रोज्ने अधिकार प्रयोग गर्छन्। तर मनोनयनको बाटो रोजिएमा त्यो अधिकार सीमित व्यक्तिको हातमा पुग्छ। त्यसैले विवाद केवल  ‘निर्वाचन गर्ने कि नगर्ने’ भन्ने होइन, प्रतिनिधि चयन गर्ने अधिकार मतदातासँग रहने कि नेतृत्वसँग भन्ने प्रश्नसँग पनि जोडिएको छ।
यसैबीच प्रतिनिधि छनोटमा आर्थिक चलखेल भएको र एक जना प्रतिनिधिका लागि हजारौँ अमेरिकी डलरसम्मको ‘दरभाउ’ चलेको भन्ने आरोपसमेत सार्वजनिक चर्चामा आएको छ। यी आरोपको स्वतन्त्र पुष्टि भने भएको छैन। 

कांग्रेसको विधान तथा निर्वाचन प्रक्रियाअनुसार अधिवेशन सम्पन्न गराउन निर्वाचन प्रतिनिधि खटाइन्छन्। कांग्रेसको पछिल्लो निर्वाचन कार्यतालिकामा समेत केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रतिनिधि तोक्ने र उनीहरूलाई सम्बन्धित अधिवेशन प्रक्रियामा खटाउने व्यवस्था गरिएको छ।

विदेशस्थित जनसम्पर्क समितिको अधिवेशनमा नेपाली कांग्रेस केन्द्रबाट प्रतिनिधि तथा पर्यवेक्षकको भूमिका रहने व्यवस्था छ। कांग्रेसको विधानले जनसम्पर्क समितिको नियमित अधिवेशन केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा हुनुपर्ने र केन्द्रीय निर्वाचन समितिको प्रतिनिधिको उपस्थितिमा निर्वाचन प्रक्रिया सञ्चालन हुने व्यवस्था गरेको छ।

त्यसैले अमेरिकाको विवादमा केन्द्रले पठाएको केन्द्रीय प्रतिनिधिको भूमिकाबारे पनि केही अभियन्ताले प्रश्न उठाएका छन् । 

केन्द्रीय समितिले तोकेका केन्द्रीय प्रतिनिधि राजन पन्तले आवश्यक समन्वय नगरेको गुनासो पनि अभियन्ताहरुको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
राष्ट्रियसभा अध्यक्षले यसरी गरे नेपाल–चीन सम्बन्धको व्याख्या

राष्ट्रियसभा अध्यक्षले यसरी गरे नेपाल–चीन सम्बन्धको व्याख्या

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल र चीनबीचको सम्बन्ध हजारौँ वर्ष पुरानो रहेको बताएका छन् ।
माथिल्लो त्रिशूली–१ को सुरुङबाट निकालियो ६ शव

माथिल्लो त्रिशूली–१ को सुरुङबाट निकालियो ६ शव

माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङबाट ६ जनाको शव निकालिएको छ ।
नापजाँच सकिएको ९ वर्षपछि धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय ३८८ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्।
१५ वर्षदेखि रुग्ण कमला पुल निर्माणको अन्तिम चरणमा

१५ वर्षदेखि रुग्ण कमला पुल निर्माणको अन्तिम चरणमा

१५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको धनुषा–सिराहा जोड्ने कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ।