नेभिगेशन
समाज

राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिवसहित ९ नेता पार्टीबाट अलग

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशवकुमार झासहित नौ जना पदाधिकारी तथा केन्द्रीय सदस्यले पार्टीबाट राजीनामा दिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरूले २०८३ असोज २ गते पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन्। राजीनामा दिनेमा महासचिव झासहित केन्द्रीय सदस्यहरू चन्द्रानन्द मिश्र, पंकजकुमार देव, हिरालाल मण्डल, अनुपम झा, रिषिका जलान, कुमारी तामाङ, ललन मिश्र र शैशव राजु छन्।

Marvel
Extreme Energy

राजीनामा घोषणा गर्दै उनीहरूले अबको राजनीतिक यात्रा ‘हुंकार मधेश अभियान’मार्फत अघि बढाउने बताएका छन्।

उनीहरूले पछिल्ला राजनीतिक घटनाक्रमले पुरानो शैली र पुराना व्यक्तिबाट देशको राजनीति अघि बढ्ने अवस्था नरहेको दाबी गरेका छन्। देशका जनता निराश रहेको र विभिन्न संघर्ष तथा आन्दोलन भए पनि जनताका न्यूनतम आवश्यकता पूरा हुन नसकेको उनीहरूको भनाइ छ।

विज्ञप्तिमा उनीहरूले नेपालको मौलिक वैचारिकीका आधारमा बलियो अर्थतन्त्र निर्माण गर्न सहयोग पुग्ने अर्थ–राजनीतिको सहारा लिएर अघि बढ्नुपर्ने बताएका छन्। सामाजिक तथा सांस्कृतिक चेतना विकासका लागि अभियान, राजनीतिक चेतनाका लागि संघर्ष र आर्थिक चेतनाका लागि ‘विद्रोहको तयारी’ गर्ने उनीहरूको भनाइ छ।

‘जब सम्म औपनिवेशिकताको अन्त्य हुँदैन, तबसम्म लोकतन्त्रको प्रत्याभूति सम्भव छैन’ भन्दै उनीहरूले लोकतन्त्र र शान्तिबिना समृद्धि हासिल गर्न नसकिने बताएका छन्।

पार्टीबाट अलग हुने निर्णय लिँदै उनीहरूले अहिलेसम्म प्राप्त उपलब्धिका लागि योगदान गर्ने सबैलाई धन्यवादसमेत दिएका छन्। अबको यात्रा ‘विचारसहितको विकल्प र विकल्पसहितको विद्रोह’का लागि ‘हुंकार मधेश अभियान’सँग हुने उनीहरूले बताएका छन्।

उनीहरूले छिट्टै समाजका विभिन्न पक्षका सक्षम तथा योग्य व्यक्तित्वलाई एकताबद्ध गरेर विस्तृत योजनासहित सार्वजनिक हुने प्रतिबद्धता पनि जनाएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

सरकारको यो निर्णयमाथि पनि कानुनी परीक्षण हुने देखिन्छ । सरकारले आईजीपी नियुक्त गर्न पाउने अधिकार राखे पनि पदावधि बाँकी रहँदै बहालवाला आईजीपीलाई हटाउन पाउने अधिकार कति छ भन्ने...
प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

विदेश सचिव मिश्री चार एजेण्डा बोकेर काठमाडौं आएका हुन् । एजेण्डा चार वटा भएपछि भ्रमणको प्रमुख एजेण्डा भने प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय नै हो । मिश्री नेपाल...
निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई  अध्यक्षमा नियुक्त गरेको हो ।