नेभिगेशन
सबै कुरा

सुनचाँदीकै मूल्यले बनायो नयाँ रेकर्ड, सुनको मूल्य एक लाख ३३ हजार कायम

काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य बुधबार प्रतितोला १ हजार ८ सय रुपैयाँले वृद्धि भएर रेकर्ड कायम भएको हो । मंगलबार सामान्य घटेको सुनको मूल्यले रेकर्ड बनाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महासंघका अनुसार बुधबार छावावाल सुनको मूल्य प्रतितोला एक लाख ३३ हजार रुपैयाँ पुगेको छ। त्यस्तै तेजाबी सुनको मूल्य पनि बढेर १ लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भएको छ ।

Ncell
Extreme Energy

साथै, बुधबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । बुधबार चाँदीको मूल्य ६५ रुपैयाँले बढेर १६ सय १० रुपैयाँमा कारोबार भएको हो ।

यसअघि आइतबार सुनको मूल्य १ लाख ३० हजार पुगेर रेकर्ड बनाएको थियो । उक्त रेकर्ड सोमबार १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको थियो । उक्त मूल्यमा मंगलबार ४ सयले घटेर १ लाख ३१ हजार २ सयमा झरे पनि बुधबार फेरि १८ सयले बढेर नयाँ रेकर्ड बनाएको हो ।  


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज कति पुग्यो डलरको भाउ ?

आज कति पुग्यो डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
आज कति पुग्यो डलरको भाउ ?

आज कति पुग्यो डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
बाढी प्रभावित समुदायको राहत उद्धार तथा पुनर्स्थापना लागि एभरेष्ट बैंक र बैंकका कर्मचारीहरुको तर्फबाट सहयोग

बाढी प्रभावित समुदायको राहत उद्धार तथा पुनर्स्थापना लागि एभरेष्ट बैंक र बैंकका कर्मचारीहरुको तर्फबाट सहयोग

नगद आर्थिक सहयोगका साथै एभरेष्ट बैंकका कर्मचारीहरूको सक्रियतामा संकलन गरिएका अत्यावश्यक राहत सामग्रीहरू समेत विपद् प्रभावित क्षेत्रहरूमा पठाउनका लागि सम्बन्धित निकायलाई प्रत्यक्ष रुपमा हस्तान्तरण गरेको छ ।
नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

उक्त सहयोग रकमको चेक कम्पनीका सञ्चालक श्री कमलेश कुमार अग्रवाल, पूर्व अध्यक्ष श्री गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्...