नेभिगेशन
सबै कुरा

सुनचाँदीकै मूल्यले बनायो नयाँ रेकर्ड, सुनको मूल्य एक लाख ३३ हजार कायम

काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य बुधबार प्रतितोला १ हजार ८ सय रुपैयाँले वृद्धि भएर रेकर्ड कायम भएको हो । मंगलबार सामान्य घटेको सुनको मूल्यले रेकर्ड बनाएको हो । 

महासंघका अनुसार बुधबार छावावाल सुनको मूल्य प्रतितोला एक लाख ३३ हजार रुपैयाँ पुगेको छ। त्यस्तै तेजाबी सुनको मूल्य पनि बढेर १ लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भएको छ ।

Dish Home
Global Ime Bank

साथै, बुधबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । बुधबार चाँदीको मूल्य ६५ रुपैयाँले बढेर १६ सय १० रुपैयाँमा कारोबार भएको हो ।

यसअघि आइतबार सुनको मूल्य १ लाख ३० हजार पुगेर रेकर्ड बनाएको थियो । उक्त रेकर्ड सोमबार १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको थियो । उक्त मूल्यमा मंगलबार ४ सयले घटेर १ लाख ३१ हजार २ सयमा झरे पनि बुधबार फेरि १८ सयले बढेर नयाँ रेकर्ड बनाएको हो ।  


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
वित्तिय पीडितहरुद्वारा काठमाडौँमा अर्धनग्न भएर प्रदर्शन

वित्तिय पीडितहरुद्वारा काठमाडौँमा अर्धनग्न भएर प्रदर्शन

आफुहरुको मागलाई सरकारले गम्भीरतापूर्वक नलिएको भन्दै उनीहरुले सोमबार काठमाडौँको माइतिघरमा अर्धनग्न प्रदर्शन गरेका हुन् ।
यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमयदर

निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रूपैयाँ ०३ पैसा कायम भएको छ । 
लगानी बोर्डको सङ्गठन संरचना खाका स्वीकृत

लगानी बोर्डको सङ्गठन संरचना खाका स्वीकृत

पाँच वर्षे उक्त रणनीतिले ४२ परियोजनाको सम्झौता गर्दै अधिकतम १४ परियोजना निर्माण, ११ परियोजना सन्चालन तथा ९२ निजी लगानीका परियोजनाहरु लगानी स्वीकृत गर्ने लगायतका लक्ष्य लिएको बोर्डका सहसचिव...
सकियो वीरगन्जस्थित सानोपाइला सहकारीको अनुसन्धान, ३० जनालाई प्रतिवादी बनाउन प्रहरीको राय

सकियो वीरगन्जस्थित सानोपाइला सहकारीको अनुसन्धान, ३० जनालाई प्रतिवादी बनाउन प्रहरीको राय

यो प्रकरणमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित  ३० व्यक्ति, ३ वटा सहकारी संस्था र ८ वटा कम्पनी गरी ४१ जनालाई प्रतिवादी बनाउन राय दिएको छ ।