नेभिगेशन
सबै कुरा

शोधनान्तर स्थिति तीन खर्ब २७ अर्बले बचतमा

काठमाडाैँ । मुलुकबाट बाहिरिनेभन्दा भित्रने मुद्राको मात्रामा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवका आठ महिनाको विवरणअनुसार यस अवधिमा शोधनान्तर स्थिति रु तीन खर्ब २७ अर्ब ५५ करोडले बचतमा रहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब ४२ अर्बले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब आठ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा रु दुई अर्ब ४६ करोडले बचतमा रहेको छ ।  

Ncell
Extreme Energy

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता रु  एक खर्ब ६६ अर्ब ८७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु ५५ अर्ब २८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा रु ४२ करोड ९३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा रु एक अर्ब २५ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३० दशमलव दुई प्रतिशतले कमी आई रु तीन अर्ब ८९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु पाँच अर्ब ६३ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु पाँच अर्ब ५८ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु एक अर्ब १७ करोडले धनात्मक रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज कति पुग्यो डलरको भाउ ?

आज कति पुग्यो डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
आज कति पुग्यो डलरको भाउ ?

आज कति पुग्यो डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
बाढी प्रभावित समुदायको राहत उद्धार तथा पुनर्स्थापना लागि एभरेष्ट बैंक र बैंकका कर्मचारीहरुको तर्फबाट सहयोग

बाढी प्रभावित समुदायको राहत उद्धार तथा पुनर्स्थापना लागि एभरेष्ट बैंक र बैंकका कर्मचारीहरुको तर्फबाट सहयोग

नगद आर्थिक सहयोगका साथै एभरेष्ट बैंकका कर्मचारीहरूको सक्रियतामा संकलन गरिएका अत्यावश्यक राहत सामग्रीहरू समेत विपद् प्रभावित क्षेत्रहरूमा पठाउनका लागि सम्बन्धित निकायलाई प्रत्यक्ष रुपमा हस्तान्तरण गरेको छ ।
नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

उक्त सहयोग रकमको चेक कम्पनीका सञ्चालक श्री कमलेश कुमार अग्रवाल, पूर्व अध्यक्ष श्री गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्...