नेभिगेशन
सबै कुरा

बन रक्षक बनाइदिने भन्दै पूर्वमन्त्री यादवले लिएका थिए चार लाख

बन रक्षक बनाईदिने भन्दै लुम्बिनी प्रदेशका पूर्वमन्त्री बिजयबहादुर यादवले चारलाख घुस मागेका दाङका एक युवाले आरोप लगाएका छन् । लुम्बिनी प्रदेशको भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री बनेका बेला बाँकेका यादवले दाङ दंगीशरण गाउँपालिका ४ मिरौली निवासी ३७ बर्षीय हेतराम चौधरीसंग बिभिन्न समयमा गरि चार लाख रुपैँया घुस रकम लिएको देखिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Extreme Energy

हेतरामले आफ्ना २५ बर्षीय भाई कृषण चौधरीलाई बन रक्षक बनाइदिन अनुरोध गर्दै मन्त्रीको सम्पर्कमा पुगेका थिए । मन्त्रीले पैसा दिए बन रक्षक बनाईदिने आस्वासन दिएपछि हेतरामले मन्त्रीले भनेअनुसारको रकम दिएको दाबी गर्छन् । 

हेतरामले मन्त्री यादवको खातामा पटक- पटक गरि साढे दुईलाख बढी रकम दिएको छन् । सोही रकम पठाएको भौचारपनि उनीसंग सुरक्षित छ । बाँकी डेढ लाख भने बुटवलस्थित मन्त्री निवासमै बुझाएको हेतरामको दावी छ । 


तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले यादवलाई मन्त्री नियुक्त गरेका थिए । यद्यपी तत्कालिन अबस्थामा यादव प्रदेश सांसद थिएनन् । उनी मन्त्री भएको  तीन महिनापछि प्रदेश लोकसेवा आयोगले १०६ जना बन रक्षकको विज्ञापन खोलेको थियो । त्यही पदमा चौधरीलाई जागिर लगाईदिने नाममा तत्कालिन मन्त्री यादवले पैसा लिएपनि नाम ननिकालिदिएको चौधरीको गुनासो छ ।

चौधरी भन्छन् “भाईको नाम ननिस्किएको अवसथमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ दुधरासका सोम जनैदार भेटिए । जनैदारले मन्त्रीसंग चिनजान भएकाले भनसुन गरेर भएपनि बैकल्पिकमा नाम निकालिदिने आश्सावन दिए र, मन्त्रीसंग पनि भेटाईदिए ।” चौधरीका अनुसार मन्त्रीले बैकल्पिकमा नाम निकाल्दिने कुरामा ढुक्का हुन भन्दै घर पठाए र केही मोवाईल नम्बरहरु पनि दिएर फोन गर्न भने ।

साहुसंग ऋण लिएर हेतरामले मन्त्रीलाई पैसा पठाएका थिए । मिस्त्री काम गर्ने चौधरीको आफ्नो नाममा एक टुक्रा जग्गा छैन । हाल उनी ऐलानी जग्गामा बसोबास गर्दै आएका छन् । मन्त्रीलाई दिन खोजेको ऋणको भारीले अहिले हेतरामको परिवारनै भाँडिएको छ । 

यो विषयमा प्रतिक्रिया लिन खोज्दा पूर्वमन्त्री यादव सम्पर्कमा आउन सकेनन् । 

पुर्व मन्त्री यादव ३१ असारमा मात्रै बैकिङ कसुरमा बाँकेबाट पक्राउ परेका थिए । रुपन्देहीको सियारी गाउँपालिका वडा नं. १ का उमाशंकर यादवको १२ लाख २८ हजार रुपैँया फिर्ता नदिएको र दिएको चेक नसाटिएको भन्दै उनी विरुद्ध बैकिंङ कसुर सम्बन्धि मुद्दा परेको थियो । यादवले सोही बराबरको रकम दिएपछि मंगलबार रिहा भएका थिए ।  

यादव गएको मंसिरमा भएको निर्वाचनमा बाँकेको २ (क) बाट एमालेका उम्मेदवार बनेका थिए । उनी जसपाका भण्डारीलाल यादवसंग पराजित भएका थिए ।





प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर...
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी...
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

“घाइतेहरुमध्ये तीन जना (अञ्जना राई, सेवन्ता राई र टेमिना राई)को अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ”, प्रहरी निरीक्षक बस्नेतले भने,...