नेभिगेशन
सबै कुरा

बन रक्षक बनाइदिने भन्दै पूर्वमन्त्री यादवले लिएका थिए चार लाख

बन रक्षक बनाईदिने भन्दै लुम्बिनी प्रदेशका पूर्वमन्त्री बिजयबहादुर यादवले चारलाख घुस मागेका दाङका एक युवाले आरोप लगाएका छन् । लुम्बिनी प्रदेशको भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री बनेका बेला बाँकेका यादवले दाङ दंगीशरण गाउँपालिका ४ मिरौली निवासी ३७ बर्षीय हेतराम चौधरीसंग बिभिन्न समयमा गरि चार लाख रुपैँया घुस रकम लिएको देखिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

हेतरामले आफ्ना २५ बर्षीय भाई कृषण चौधरीलाई बन रक्षक बनाइदिन अनुरोध गर्दै मन्त्रीको सम्पर्कमा पुगेका थिए । मन्त्रीले पैसा दिए बन रक्षक बनाईदिने आस्वासन दिएपछि हेतरामले मन्त्रीले भनेअनुसारको रकम दिएको दाबी गर्छन् । 

हेतरामले मन्त्री यादवको खातामा पटक- पटक गरि साढे दुईलाख बढी रकम दिएको छन् । सोही रकम पठाएको भौचारपनि उनीसंग सुरक्षित छ । बाँकी डेढ लाख भने बुटवलस्थित मन्त्री निवासमै बुझाएको हेतरामको दावी छ । 


तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले यादवलाई मन्त्री नियुक्त गरेका थिए । यद्यपी तत्कालिन अबस्थामा यादव प्रदेश सांसद थिएनन् । उनी मन्त्री भएको  तीन महिनापछि प्रदेश लोकसेवा आयोगले १०६ जना बन रक्षकको विज्ञापन खोलेको थियो । त्यही पदमा चौधरीलाई जागिर लगाईदिने नाममा तत्कालिन मन्त्री यादवले पैसा लिएपनि नाम ननिकालिदिएको चौधरीको गुनासो छ ।

चौधरी भन्छन् “भाईको नाम ननिस्किएको अवसथमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ दुधरासका सोम जनैदार भेटिए । जनैदारले मन्त्रीसंग चिनजान भएकाले भनसुन गरेर भएपनि बैकल्पिकमा नाम निकालिदिने आश्सावन दिए र, मन्त्रीसंग पनि भेटाईदिए ।” चौधरीका अनुसार मन्त्रीले बैकल्पिकमा नाम निकाल्दिने कुरामा ढुक्का हुन भन्दै घर पठाए र केही मोवाईल नम्बरहरु पनि दिएर फोन गर्न भने ।

साहुसंग ऋण लिएर हेतरामले मन्त्रीलाई पैसा पठाएका थिए । मिस्त्री काम गर्ने चौधरीको आफ्नो नाममा एक टुक्रा जग्गा छैन । हाल उनी ऐलानी जग्गामा बसोबास गर्दै आएका छन् । मन्त्रीलाई दिन खोजेको ऋणको भारीले अहिले हेतरामको परिवारनै भाँडिएको छ । 

यो विषयमा प्रतिक्रिया लिन खोज्दा पूर्वमन्त्री यादव सम्पर्कमा आउन सकेनन् । 

पुर्व मन्त्री यादव ३१ असारमा मात्रै बैकिङ कसुरमा बाँकेबाट पक्राउ परेका थिए । रुपन्देहीको सियारी गाउँपालिका वडा नं. १ का उमाशंकर यादवको १२ लाख २८ हजार रुपैँया फिर्ता नदिएको र दिएको चेक नसाटिएको भन्दै उनी विरुद्ध बैकिंङ कसुर सम्बन्धि मुद्दा परेको थियो । यादवले सोही बराबरको रकम दिएपछि मंगलबार रिहा भएका थिए ।  

यादव गएको मंसिरमा भएको निर्वाचनमा बाँकेको २ (क) बाट एमालेका उम्मेदवार बनेका थिए । उनी जसपाका भण्डारीलाल यादवसंग पराजित भएका थिए ।





प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...