नेभिगेशन
सबै कुरा

उदयपुरमा प्रशासनको बजार अनुगमन, २ पसललाई कारबाही

उदयपुर । जिल्ला प्रशासन कार्यालय उदयपुरले बजार अनुगमन गरेको छ ।  म्याद गुज्रेका सामग्री,अवैध समान, पसलहरू मापदण्ड अनुसार संचालन भए नभएको परीक्षण गर्न अनुगमन गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रशासनको टोलीले बुधबार र बिहीबार  उदयपुरको कटारी र घुर्मि बजारका  विभिन्न स्थानका ३९ ओटा पसल अनुगमन गरेकोमा  २ ओटालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा श्रवण किराना जनरल स्टोर कटारी र राहुल जनरल स्टोर घुर्मी लाई  ५/५ हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरका स्थानीय प्रशासन शाखा प्रमुख विमल कुमार रानाले जानकारी दिए।

Ncell
Extreme Energy

अन्य पसललाई भने तत्काल सुधार गर्न निर्देशन दिँदै सचेत गराईएको रानाले बताए ।अनुगमनको क्रममा खाद्यान्न पसलको अनुगमन गरिएको हो । 

अनुगमनको क्रममा म्याद गुज्रेका ५६ हजार बराबरको सामग्री नष्ट गरेको प्रशासन कार्यालयले जानकारी दिएको छ। त्यसै गरी २ सय केजी मैदाका प्याकेटमा म्याद सकिने मिति हटाएर आफैले लेखिएको समेत पाइएको थियो । २८ कार्टुन अवैध मदिरा जफत गरी सिल समेत गरिएको छ। प्रशासनको संयुक्त बजार अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय उदयपुर, ईलाका प्रशासन कार्यालय कटारी ,घरेलु कार्यालय ,करदाता ,खाद्य तथा गुण नियन्त्रक,नगरपालिका, ईलाका प्रहरी कार्यालय कटारी र उधोग बाणिज्य संघ कटारीको समेत सहभागितामा बजार अनुगमन गरिएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ ।
बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

रसुवा भोटेकोशी  बाढी प्रभावितका लागि पद्म ज्योति समूहले एक करोड रुपैयाँ सहयोग गरेको छ ।
चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपालबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यका लागि समझदारी भएको छ।