नेभिगेशन
सबै कुरा

नेपालगन्ज विमानस्थलबाट २६ लाख नगद सहित आन्तरिक राजस्वका अधिकृत पक्राउ

२५ भदौ । बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । 

विमानस्थलमा जाँचका क्रममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । कर अधिकृत सापकोटाका साथमा रहेका तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दीपक पौडल भने फरार भएको उनले बताए । 

Dish home
City Express

उक्त रकम लिएर सापकोटा श्री एयरलाइन्सको उडानबाट नेपालगञ्जदेखि काठमाडौँ जाँदै थिए । सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गोली प्रहारबाट पुजारीको हत्या

गोली प्रहारबाट पुजारीको हत्या

गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आउनुभएको थियो । अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर पिठ्युमा गोली प्रहार गरेका थिए ।
स्वरुप परिवर्तन गर्दै चलाइएका सयबढी मोटरसाइकल प्रहरी नियन्त्रण

स्वरुप परिवर्तन गर्दै चलाइएका सयबढी मोटरसाइकल प्रहरी नियन्त्रण

बिहीबार अभियान नै सञ्चाल गरेर स्वरुप परिवर्तनका साथै ध्वनी प्रदुषण गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौंमा ठूलो आवाजले समाजमा अराजक फैलाउने एक सयबढी मोटरसाइकल प्रहरीको नियन्त्रणमा(तस्बिरहरु)

काठमाडौंमा ठूलो आवाजले समाजमा अराजक फैलाउने एक सयबढी मोटरसाइकल प्रहरीको नियन्त्रणमा(तस्बिरहरु)

काठमाडौं उपत्यकाको विभिन्न स्थाहरूबाट मोटरसाइकलको स्वरूप वा संरचना परिवर्तन गरी ठूलो आवाज निकाली समाजमा अराजक फैलाउने एक सय भन्दा बढी मोटरसाइकल उपत्यका ट्राफिक प्रहरी कार्यालय नियन्त्रणमा लिएको छ...
कास्की कारागारबाट भागेका ८१ कैदीबन्दी पक्राउ

कास्की कारागारबाट भागेका ८१ कैदीबन्दी पक्राउ

कारागार विभागले विभिन्न मुद्दाका कैदी तथा थुनुवालाई असोज २० गतेभित्र स्वःस्फूर्त कारागारमा फर्किन आग्रह गरेको थियो । उक्त मितिभित्र हाजिर नभई फरार रहेका कैदीबन्दीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको...