नेभिगेशन
सबै कुरा

महानगरको राजश्व टोलीलाई रञ्जना कम्पलेक्समा अनुगमन गर्न अवरोध (भिडियो सहित)

काठमाडौँ । घरबहाल सम्झौताबिना नै व्यवसाय सञ्चालन गरेर कर छली गरेको सूचना सहित अनुगमनमा पुगको काठमाडौँ महानगरको टोलीलाई रञ्जना कम्प्लेक्सका व्यवसायीले अवरोध गरेका छन् । अनुगमनका लागि पुगेको महानगरको राजस्व विभागको टोलीलाई कम्प्लेक्सका व्यवसायीले रोक लगाएका हुन् । 


महानगरको राजस्व विभागका रामजी श्रेष्ठ लगायतको टोलीलाई आफूहरु रञ्जना कम्प्लेक्स व्यापार संघको पदाधिकारी हौँ भनेर दाबी गर्नेहरुले अवरोध गरेका हुन् । ‘घरबहाल सम्झौता भएको नभएको भन्ने विषय त वडाले हेरिहाल्छ, तपाईँहरु किन आउनुपर्यो ? अनि कर नतिरेको भए वडाले कारबाही गर्छ किन जान्ने हुनपर्यो ?’, आफूलाई व्यापार संघको अध्यक्ष बताउने एक व्यवसायीले अनुगमन टोलीलाई प्रश्न गरे ।

महानगरले व्यवसाय दर्ता लगायत घरबहाल सम्झौता खोज्दा के के चाहिने हो प्रशासनमा गएर खोज्न र व्यवसायीलाई केही नसोध्न चेतावनी दिए ।

त्यस्तै उनीहरुले महानगरको अनुगमनको रिपोर्टिङ गर्न पुगेका पत्रकारमाथि पनि हातपातको प्रयास गरेका छन् । उनले पत्रकारमाथि क्यामेरा फालिदिने धम्की दिँदै रिपोर्टिङ नगर्न र भिडियो तथा फोटो नखिच्न चेतावनी दिएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
फर्किएकी विद्या, तर्सिएका ओली !

फर्किएकी विद्या, तर्सिएका ओली !

ओलीसँग अब न सपना देखाउने सामर्थ्य छ। न उनले देखाएको सपना नागरिक पत्याउँछन्। आफूले देखाएको पूरानै सपनाको बोझले ओली नराम्ररी थलिएका छन्। गलितम् देखिन्छ उनको अनुहार। त्यसैले २०७२...
सहसचिव प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतको आदेश

सहसचिव प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतको आदेश

सामाखुसी करिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण ठेक्कामा अनियमितता भएको आरोपमा विशेष अदालतमा मुद्दा खेपिरहेका काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने...
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त, बालुवाटारमा सपथ ग्रहण

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त, बालुवाटारमा सपथ ग्रहण

त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा प्रा.डा. दीपक अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष बुधबार बिहान उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
काठमाडौं टावर निर्माणमा रोक नलगाउन उच्च अदालतको आदेश

काठमाडौं टावर निर्माणमा रोक नलगाउन उच्च अदालतको आदेश

पुरानो बसपार्कस्थित काठमाडौं टावर (भ्यू टावर) निर्माणमा काठमाडौं महानगरपालिकाले लगाएको रोकलाई उच्च अदालत पाटनले अन्तरिम आदेशमार्फत स्थगित गरिदिएको छ। अदालतको आदेशसँगै निर्माण कम्पनीले काम निरन्तरता दिन कानुनी बाटो...