नेभिगेशन
समाज

प्रधानमन्त्री बालेनलाई रास्वपा सभापतिको पत्र– श्रम मन्त्रीलाई हटाउनू, स्वास्थ्य मन्त्रीलाई सचेत गराउनू

काठमाडौँ । चैत ३ गते रास्वपाका सांसदहरुको अभिमूखीकरणमा सभापति रवि लामिछानेले भनेका थिए– पार्टीले मन्त्रीहरु छान्छ, कामका आधारमा मूल्यांकन गर्छ । त्यही कुरा लामिछानेले चैत १२ गते संसदीय दलको बैठकमा पनि दोहोर्याए ।

सभापति लामिछानेले सरकार नबन्दै सांसदहरुलाई जे भनेका थिए– त्यो कुरा व्यवहारमा पनि देखिन थालेको छ । जुन नेतृत्वले पार्टीका सांसदहरुलाई मन्त्री बनाउन सिफारिस गर्यो, कामका आधारमा त्यही नेतृत्वले एक मन्त्रीलाई फिर्ता बोलाउन र एक मन्त्रीलाई सचेत गराउन प्रधानमन्त्री बालेन शाहलाई सिफारिस गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा केन्द्रीय अनुशासन आयोगको सिफारिसका आधारमा सभापति लामिछानले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक साहलाई मन्त्रीबाट हटाउन प्रधानमन्त्रीलाई सिफारिस गरेका छन् । उनले चैत २५ गते प्रधानमन्त्री शाहलाई पत्र लेख्दै भनेका छन्– ‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय दीपककुमार साहले मन्त्रीमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय राखिएको स्वास्थ्य बिमा बोर्डको सदस्यमा नियमित गराउने कार्य गरेको व्यहोरा पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्ययनबाट देखिएको र आयोगबाट आवश्यक कारबाहीको लागि मिति २०८२ चैत्र २५ गते पत्र प्राप्त भएको जानकारी गराउँद्छु।’ 

Ncell
Extreme Energy

सभापति लामिछानेले त्यही पत्रमा लेखेका छन्– ‘यसबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउने देखिएको छ।’ उनले पार्टी विधानको धारा ६९ मा रहेको जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने व्यवस्था अनुसार श्रम मन्त्री साहलाई जिम्मेवारीबाट अलग गर्न सिफारिस गरेका हुन् ।

त्यस्तै, सभापति लामिछानेले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतलाई सचेत गराउन पनि प्रधानमन्त्रीलाई सिफारिस गरेका छन् । सभापति लामिछानेले स्वास्थ्य मन्त्री मेहतालाई सचेत गराउनुको कारण पनि श्रममन्त्री साहले आफ्नी श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डमा सक्रिय गराउनुलाई मुख्य कारण देखाएका छन् ।

सभापति लामिछानेले पत्रमा लेखेका छन्– ‘यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गाम्भीर्यता नदेखिएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय निशा मेहतालाई सचेत गराउन सिफारिस गर्दछु।’ पार्टीको केन्द्रीय अनुशासन आयोगले सभापतिसमक्ष गरेको सिफारिसको प्रतिलिपि पनि प्रधानमन्त्री शाहलाई पठाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालले जलवायु संकट र त्यसबाट भइरहेको क्षतिबारे विश्व समुदायलाई तथ्यसहित बुझाउन प्रभावकारी जलवायु कूटनीति अघि बढाउनुपर्ने बताएका छन्।
राज्य भग्नावशेषभित्र नागरिकको प्राण खोजिरहेको छ– रवि लामिछाने

राज्य भग्नावशेषभित्र नागरिकको प्राण खोजिरहेको छ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ १० गतेको बाढीपहिरोमा ज्यान गुमाएका नागरिकलाई केवल प्राकृतिक विपत्तिका मृतकका रूपमा हेर्न नहुने बताएका छन्।
जेनजी सहिदकी आमा सांसद रचना खतिवडाको प्रश्न– सहिदले न्याय पाउन कति वर्ष लाग्छ सरकार ?

जेनजी सहिदकी आमा सांसद रचना खतिवडाको प्रश्न– सहिदले न्याय पाउन कति वर्ष लाग्छ सरकार ?

उनले प्रश्न गरिन्– ‘सहिदले न्याय पाउन कति वर्ष लाग्छ, सरकार?’

भर्खरै