नेभिगेशन
समाज

अमेरिका र इरानबीच आज पाकिस्तानमा वार्ता हुँदै

अमेरिका र इरानबीच आज वार्ता हुँदैछ।

पाकिस्तानको मध्यस्थतामा राजधानी इस्लामावादमा शनिबार दुई देशबीच वार्ता हुन लागेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वार्ताका लागि तेहरानको टोली इस्लामावाद आइपुगेको पाकिस्तानी अखबार द डनले पुष्टि गरेको छ।अमेरिकी प्रतिनिधिमण्डल भने अझै इस्लामावाद आइपुगेको छैन। उनीहरू बाटोमै रहेको रोयटर्सले जनाएको छ।

Marvel
Extreme Energy

इरानबाट सभामुख मोहम्मद बाघे गालिबाफ, विदेशमन्त्री अब्बास अरागचीसहितको टोली इस्लामावाद पुगेको छ।

उनीहरूलाई पाकिस्तानी सेना प्रमुख असिम मुनिरले स्वागत गरेका छन्। इरानी प्रतिनिधिमण्डलमा आर्थिक, सुरक्षा, कूटनीतिक तथा प्राविधिक विशेषज्ञहरू, सञ्चारकर्मी र सहयोगी कर्मचारीहरूसहित करिब ७० जना सदस्य रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।


अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गर्नेछन्। टोलीमा राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व हेर्ने विशेष दूत स्टिभ विटकोफ र ज्वाइँ ज्यारेड कुश्नर सहभागी हुने अनुमान छ।

टोलीमा को को छन् भन्ने अझै खुलेको छैन। इस्लामावाद प्रस्थान गर्नअघि उपराष्ट्रपति भान्सले परिणाम सकारात्मक आउने अपेक्षा व्यक्त गरेका छन्।    

‘तर यदि उनीहरूले हामीलाई छल्ने प्रयास गरे भने वार्ता टोली त्यति सहज हुने छैन,’ उनले भनेका थिए।

इरानतर्फबाट भने वार्ताअघि नै कडा सर्तहरू अघि सारिएका छन्।

सभामुख गालिबाफले अमेरिकाले पहिले कब्जा गरेको इरानी सम्पत्ति फुकुवा गर्ने र लेबननमा युद्धविराम सुनिश्चित गर्ने प्रतिबद्धता कार्यान्वयन नभएसम्म औपचारिक वार्ता सुरु नहुने बताएका छन्।

वार्ताको अघिल्लो दिन राष्ट्रपति ट्रम्पले इरानीसँग वार्ताको विकल्प नरहेको बताएका छन्।

‘उनीहरूसँग कुनै विकल्प छैन। उनीहरू अहिले जिउँदा छन् भने त्यो केवल वार्ताका लागि मात्रै हो,’ ट्रम्पले आफ्नो ट्रुथ सोसियल अकाउन्टमा लेखेका छन्।

६ सातादेखिको युद्धपछि बुधबाथर घोषणा गरिएको दुई साता लामो युद्धविरामले अमेरिका र इसराइलले इरानमा हवाई आक्रमण रोकेको भए पनि इरानले हर्मुज जलमार्गमा लगाएको नाकाबन्दी अझै हटेको छैन।

यसले विश्व ऊर्जा आपूर्तिमा ठूलो असर पारिरहेको छ।

युद्धविराममा लेबनन पनि समेटिनुपर्ने इरानको माग छ। अमेरिका र इसराइलले भने लेबनन युद्धविराममा नसमेटिएको बताउँदै आएका छन्।

वार्तामा युद्धको मुख्य पक्ष इसराइल भने सहभागी छैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया...
लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरे । उनले ५४ बलमा अविजित १२५ रन बनाए । उनको इनिङ्समा ७ चौका र ११ छक्का समावेश थिए । अर्का...
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री फुजीलाई हार्दिक स्वागत गरे । उनले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनःनिर्माणका...
एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

लुम्बिनीका लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए । उनले ३० बलमा ३९ रन बनाउँदै अविजित रहे । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाए ।