नेभिगेशन
समाज

अबदेखि पेन्सन सेवा घरबाटै लिन सकिने, ई–पेन्सन प्रमाणीकरण प्रणाली कार्यान्वयनमा

काठमाडौँ । सरकारी सेवा प्रवाहलाई थप सरल, सहज, नागरिकमैत्री र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विकास गरिएको निवृत्तिभरण प्रमाणीकरणसम्बन्धी स्वचालित प्रणाली आजदेखि कार्यान्वयनमा आएको छ ।

आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले महालेखा नियन्त्रक कार्यालयद्वारा तयार गरिएको ‘ई–पेन्सन प्रमाणीकरण प्रणाली’ को शुभारम्भ गरेका हुन् । यस प्रणालीमार्फत सेवा निवृत्त राष्ट्रसेवक कर्मचारी, निजामती, शिक्षक, नेपाली सेना तथा प्रहरीले अब घरमै बसेर आफ्नो निवृत्तिभरणसम्बन्धी सेवा लिन सक्ने भएका छन् । सेवाग्राहीले निवृत्तिभरण व्यवस्थापन कार्यालयको वेबसाइटमार्फत उपलब्ध सेवा प्रयोग गर्न सक्ने जनाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो प्रणालीअन्तर्गत सेवाग्राहीले आफ्नो विवरण प्रमाणीकरण गर्न, निवृत्तिभरणसम्बन्धी जानकारी लिन तथा आवश्यक प्रक्रिया पूरा गर्न अनलाइन माध्यम प्रयोग गर्न सक्नेछन् । सेवा प्रयोगमा कुनै जिज्ञासा वा अस्पष्टता भएमा प्रणालीमै उपलब्ध भिडियो मार्गदर्शन हेर्न सकिने व्यवस्था गरिएको महालेखा नियन्त्रक कार्यालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

Marvel
Extreme Energy

यसअघि सेवा निवृत्त कर्मचारीहरूले प्रत्येक वर्ष आफूले निवृत्तिभरण लिइरहेको पुष्टि गर्न बैंकमा उपस्थित हुनैपर्ने बाध्यता थियो । त्यसैगरी, निवृत्तिभरण खाता खोल्न वा बैंक छनोट गर्न निवृत्तभरण व्यवस्थापन कार्यालय धाउनुपर्ने अवस्थासमेत हटेको छ । अब सेवाग्राहीले आफूलाई पायक पर्ने बैंक छानेर सेवा लिन सक्नेछन् ।

अर्थमन्त्री वाग्लेले प्रणाली शुभारम्भ गर्दै करिब साढे तीन लाख निवृत्तिभरण लिने सेवाग्राहीको झन्झट अन्त्य भएको बताए । उनका अनुसार यसबाट निवृत्तिभरण नवीकरण र बैंक छनोटसम्बन्धी जटिल प्रक्रिया हट्नेछ भने सरकारले तिर्नुपर्ने बैंक कमिसनसमेत घटेर शून्य नजिक पुग्ने अपेक्षा गरिएको छ ।

हालसम्म निवृत्तिभरण व्यवस्थापनमा करिब तीन लाख ५२ हजार ८१६ सेवाग्राही आबद्ध छन्, जसमा निष्क्रिय सेवाग्राहीसमेत समावेश छन् । प्रणाली कार्यान्वयनपछि वार्षिक रूपमा बैंकलाई तिर्नुपर्ने करिब १५ करोड रुपैयाँ बराबरको कमिसन भार घट्ने, नगद प्रवाह अनुमानयोग्य हुने र सरकारी ढुकुटीमा पर्ने चाप व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया...
लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरे । उनले ५४ बलमा अविजित १२५ रन बनाए । उनको इनिङ्समा ७ चौका र ११ छक्का समावेश थिए । अर्का...
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री फुजीलाई हार्दिक स्वागत गरे । उनले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनःनिर्माणका...
एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

लुम्बिनीका लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए । उनले ३० बलमा ३९ रन बनाउँदै अविजित रहे । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाए ।