नेभिगेशन
सबै कुरा

गगनको प्रष्टोक्ति : सभामुख जवरजस्ती कार्यसूचीमा प्रवेश गरेका कारण रोष्टम घेराउ गर्नुपर्यो

काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभामा सभामुखको भूमिकाप्रति असन्तुष्टी जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार बसेको पदाधिकारी बैठकले सभामुखले संसदको अवरोध अन्त्य गर्नको लागि संवेदनशिलता नदेखाएको भन्दै सभामुखको भूमिका प्रति असन्तुष्टी जनाएको हो । बैठकपछि कांग्रेस महामन्त्री गगन कुमार थापाले सरकार सदन पनि चल्न नदिने र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरणको छानविन समिति पनि नबनाउनेतर्फ उद्यत भएको निष्कर्ष निकालेको जानकारी दिए । 

Ncell
Extreme Energy

उनले सरकारको रवैयामा सभामुखले पनि गतिरोध अन्त्य गर्न कुनै पहल नगरेको पार्टीको ठहर रहेको बताए । सदनमा गृहमन्त्रीको जवाफ सुन्नका लागी आफुहरु तयार रहेपनि सभामुखले जवरजस्ती कार्यसूचीमा प्रवेश गरेका कारण रोष्टम घेराउ गर्नुपरेको उनले बताए । थापाले संसदको आगामी बैठकमा पार्टीको भूमिकाका बारेमा थप निर्णय गर्न सोमबार कांग्रेस संसदीय दलको बैठक बोलाइएको जानकारी दिए । उनले प्रधानमन्त्रीले तत्काल सहकारी बचतकर्ताको रकम फिर्ता गर्ने बिषयमा आश्वस्त पार्न नसके समाजमा अप्रिय घटना हुनसक्ने बताए । थापाले जिवि राइसंग मिलेर रवि लामिछानेले अरवौ रकम हिनामिना गरेको दावी रहेको उल्लेख गरे । संसदीय समिति गठनका नाममा वर्तमान सरकार परिवर्तन गर्न खोजेको भन्ने कुरा उनले सहि नभएको भन्दै आफूहरु एमालेसँग मिलेर अहिले सरकार परिवर्तनको खेलमा नरहेको प्रष्ट पारे । 

उहाले संसदीय छानविन समितिले काम पनि गर्ने र सदन पनि सहज रुपमा चल्ने गरि अघि बढ्नुपर्नेमा स्पष्ट रहेको बताए । गृहमन्त्रीको राजीनामा माग्ने काम पनि कांग्रेसबाट नहुने उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।