नेभिगेशन
सबै कुरा

मुलुकको राजनीतिक अस्थीरताका कारण विकास निर्माणको काममा अघि बढ्न सकेन : केपी ओली

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजनीतिक अस्थीरताका कारण विकासको काम अघि बढ्न नसकेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमाले भौतिक पूर्वाधार तथा यातायात विभागले शनिबार ललितपुरमा आयोजना गरेको कार्यशाला गोष्ठि उद्घाटन गर्दै ओलीले मुलुकका देखिएको पटक पटकको राजनीतिक अस्थीरताका कारण समग्र विकास निर्माणका काममा असर देखिएको बताएका हुन् ।

Ncell
Extreme Energy

उनले पूर्वाधार प्रयोग गरेर उद्यमशीलताको विकास गरी त्यसबाट रोगजारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । कनेक्टिभिटीका क्षेत्रमा ठूला ठूला सफलता हासिल गरेको भन्दै थप सफलता हासिल गर्नुपर्ने भन्दै उनले चार वटा मध्यपहाडी राजमार्गहरुको निर्माण कार्यलाई द्रूत गतिमा सम्पन्न गर्नुपर्ने धारणा राखे ।

ओलीले हरेक पालीकाका सदरमुकाममा पक्की बाटोले जोड्ने, स्वास्थ्यका साथै शैक्षिक क्षेत्रलाई पनि प्राथमिकतामा राखेपनि बिभिन्न कारणले पुरा हुन नसकेको बताए ।

उनले विकासका कुरा जनतालाई बुझाउदै विकास निर्माणका कामलाई अघि बढाउनुपर्नेमा जोड दिए । उनले पूर्वाधारहरुलाई उपयोग गरेर रोजगारीका साथै स्थानीय उत्पादनलाई बजारीकरण गर्नुपर्ने धारणा राखे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।