नेभिगेशन
सबै कुरा

मुलुकको राजनीतिक अस्थीरताका कारण विकास निर्माणको काममा अघि बढ्न सकेन : केपी ओली

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजनीतिक अस्थीरताका कारण विकासको काम अघि बढ्न नसकेको बताएका छन् । 

एमाले भौतिक पूर्वाधार तथा यातायात विभागले शनिबार ललितपुरमा आयोजना गरेको कार्यशाला गोष्ठि उद्घाटन गर्दै ओलीले मुलुकका देखिएको पटक पटकको राजनीतिक अस्थीरताका कारण समग्र विकास निर्माणका काममा असर देखिएको बताएका हुन् ।

उनले पूर्वाधार प्रयोग गरेर उद्यमशीलताको विकास गरी त्यसबाट रोगजारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । कनेक्टिभिटीका क्षेत्रमा ठूला ठूला सफलता हासिल गरेको भन्दै थप सफलता हासिल गर्नुपर्ने भन्दै उनले चार वटा मध्यपहाडी राजमार्गहरुको निर्माण कार्यलाई द्रूत गतिमा सम्पन्न गर्नुपर्ने धारणा राखे ।

ओलीले हरेक पालीकाका सदरमुकाममा पक्की बाटोले जोड्ने, स्वास्थ्यका साथै शैक्षिक क्षेत्रलाई पनि प्राथमिकतामा राखेपनि बिभिन्न कारणले पुरा हुन नसकेको बताए ।

उनले विकासका कुरा जनतालाई बुझाउदै विकास निर्माणका कामलाई अघि बढाउनुपर्नेमा जोड दिए । उनले पूर्वाधारहरुलाई उपयोग गरेर रोजगारीका साथै स्थानीय उत्पादनलाई बजारीकरण गर्नुपर्ने धारणा राखे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...
‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी...