नेभिगेशन
सबै कुरा

फुर्सदको समय कटाउने थलो टुँडिखेल सिकाइ केन्द्रमा परिणत

काठमाडौँ । काठमाडौँ महानगरपालिकाद्वारा टुँडिखेलमा सञ्चालित निःशुल्क सीप मेलामा युवाको आकर्षण देखिएको छ । सीप सिकेर रोजगार हुने उद्देश्यले सयौँको सङ्ख्यामा युवाहरु सीप सिक्न दैनिक आइरहेका छन् । यहाँ सीप सिक्न धेरै जिल्लाका युवाले फाराम भरेको आयोजकले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ भन्ने नाराका साथ काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि सीप मेलाको आयोजना गरेको थियो । एक महिनामा दुई हजार ८१ जनालाई निःशुल्क तालिम दिने लक्ष्यसहित सीप मेला आयोजना गरिएको हो । सीप सिक्न सयौँ युवा दैनिक आउन थालेपछि अहिले टुँडिखेल भरी भराउ हुने गरेको छ । फुर्सदको समय कटाउने थलोका रुपमा रहेको टुँडिखेललाई सीप मेलाले सिकाइको केन्द्रमा परिणत गरेको सीप सिक्न आएका दोलखाका प्रजय गोलेले बताए । उनले भने, “सीप मेला सुरु भएपछि अहिले यहाँको रौनक फेरिएको छ, मैले पनि कम्प्युटर हार्डवेयर र नेटवर्किङ सिक्दै छु ।”

एक महिनासम्म सञ्चालन हुने सीप मेलामा सिकर्मी, प्लम्बिङ र प्राविधिकलगायत १० क्षेत्रमा ३० प्रकारका सीप निःशुल्क सिकाइरहेको काठमाडौँ महानगरपालिकाका सहरी योजना सदस्य एवं सीप मेला निर्देशक समिति सदस्य शैलेन्द्र झाले बताए । “सीप मेलामा हामीले सूचना प्रविधिको क्षेत्रमा डिजिटल मार्केटिङ, कम्प्युटर हार्डवेयर र नेटवर्किङ, ग्राफिक डिजाइन र सिसीटिभी क्यामेराबारे सिकाउन थालेका छौँ”, उनले भने, “हस्पिटालिटी क्षेत्रमा पाक कला, बेकरी, बरिस्टा, बार्टेन्डिङ, वेट्रेसिङ सिकाउँदै छौँ ।”

मेलामा अटो मोबाइल्स क्षेत्रमा विद्युतीय कार मर्मत, विद्युतीय मोटरसाइकल र स्कुटर मर्मत, विद्युतीय अटो, अटो एअर कन्डिसन मर्मतको सीप सिकाउने गरिएको छ । त्यसैगरी, कला र संस्कृति क्षेत्रमा कला र स्कल्प्चरको तालिम दिइनुका साथै निर्माण क्षेत्रमा सिकर्मी, इलेक्ट्रिसियन, टाइल, मार्बल फिटिङ र प्लम्बिङजस्ता व्यावहारिक सीप सिकाइएको झाले जानकारी दिए।

मेलामा सीप सिक्नका लागि यही वैशाख १५ गतेसम्म कूल छ हजार चार सयले फाराम भरेका थिए । अहिले पनि फाराम भर्नेको दिनहुँ भीड लागेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । महानगरद्वारा सञ्चालित रोजगार आयवृद्धि गौरवको आयोजना भएकाले सीप मेला भइरहने आयोजकले जनाएको छ ।

सीप मेला निर्देशक समिति सदस्य झाका अनुसार टुँडिखेलमा सीप मेलामा अहिले गार्मेन्टतर्फ टेलरिङ, ड्रेसमेकिङ र फेसन डिजाइन, ब्युटिसियन अर्थात् शृङ्गार क्षेत्रमा मेकअप आर्ट, नेल आर्ट, आइलेस आर्ट, कपाल काट्ने तालिम स्टाइलिङ र सैलुनको सीप सिकाइँदैछ । त्यसैगरी, मेकानिकलतर्फ फ्रिज र एसी मर्मत तालिम, वेल्डिङ तालिम, डिजाइन क्षेत्रमा साइन मेकिङ र पुरोहित क्षेत्रमा पुरोहित अध्ययन तथा ज्योतिष शास्त्रको सीप सिकाइएको छ ।

मेलाले सीप प्राप्त गर्न र नयाँ अवसर खोज्न अवसर दिएको निःशुल्क सीप सिकिरहनु भएका दार्चुलाका मणिराम धामीले बताए । “कतिपय तालिमहरु हामीले पैसा तिरेर पनि पाउन सकेका थिएनौँ, यहाँ आएर निःशुल्क रुपमा सिक्न पाएका छौँ, हाम्रो लागि यो नै ठूलो कुरा हो, सीप सिकेर हामी रोजगार बन्ने छौँ”, उनले भने ।

मेलामा सीप सिक्न आएकामध्ये अधिकांशले सोसल मिडिया मार्केटिङ, मोबाइल मर्मतलगायत प्राविधिक क्षेत्रमा चासो देखाएका छन् । तालिम पाएका सबैलाई स्वरोजगार वा ओजेटी (अन द जब ट्रेनिङ) सुनिश्चित गरिएकोे छ । 

विदेशमा हस्पिटालिटी क्षेत्रमा राम्रो अवसर भएको र नेपालमा पनि राम्रा होटल, रेष्टुँरा, क्याफेमा पाक कलामा निपुणता भएकाको हस्पिटालिटी क्षेत्रमा माग बढी भएकाले होटल व्यवस्थापनका शिक्षक तथा सीप मेलाका बेकरी प्रशिक्षक निरञ्जन मानन्धरले जानकारी दिए । सीप मेलामा सीप सिक्न इच्छुक सबैले नागरिकताको प्रतिलिपिसँगै आवेदन फारम भर्नुपर्ने तथा त्यसपछि बिहान, दिउँसो र बेलुका आफ्नो समयअनुसार तालिम लिने समय छान्न सकिने व्यवस्था छ ।

उच्च माग भएका क्षेत्रमा निःशुल्क तालिम उपलब्ध गराएर महानगरले नागरिकलाई रोजगार बजारमा प्रतिस्पर्धा गर्न आत्मविश्वास र योग्यता प्रदान गर्ने क्षमताको विकास गर्न थालेको काठमाडौँ महानगरका प्रशिक्षण तथा मेला संयोजक देवेन्द्र केसीले बताए । उनले भने, “निःशुल्क सीप तालिम प्रदान गरेर महानगरले बेरोजगारलाई रोजगारीको अवसर दिन र आर्थिक वृद्धिमा योगदान पु¥याउन सशक्त बनाउँदैछ, बेरोजगारका लागि यो राम्रो अवसर हो ।” चालु आर्थिक वर्षमा १५ हजारलाई सीपमूलक तालिम दिने र पाँच हजारलाई रोजगारी दिने महानगरपालिकाको लक्ष्य छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।