नेभिगेशन
सबै कुरा

वीरगञ्ज बाल सुधार गृहमा कैदीबीच 'ग्याङ' फाइट

२७ भदौ, काठमाडौं । वीरगञ्जस्थित बाल सुधार गृहमा कैदीबीच झडप भएको छ । गएराति अवेरसम्म सुधार गृहको अवस्था   तनावग्रस्त बनेको थियो । आज बिहानबाट भने स्थिति सामान्य देखिएको पर्सा प्रहरीले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुधारगृहमा दुई समूहबीचको विवादले झडपको रुप लिएको थियो । झडपमा घाइते भएका एक केदीबन्दीको नारायाणी अस्पतालमा उपचार भइरहेको छ । 

Ncell
Extreme Energy

विवादको कारण नखुलेपनि भक्तपुरबाट सारिएका कैदीबन्दी र त्यहीका पुराना कैदीबन्दीबिच विवाद भएको थियो । भदौ ४ गते भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा पनि तनाव भएको थियो । एक जना कैदीबन्दीको मृत्यु भएपछि उत्पन्न तनावका बीच त्यहाँबाट केही कैदीबन्दीहरु भागेका थिए । त्यसपछि भक्तपुरमा रहेका १८ जना कैदीबन्दीलाई वीरगञ्जको बिर्तास्थित बाल सुधार गृहमा पठाइएको थियो ।

कैदीबन्दीको दुई समुहबिच भएको विवाद रोक्न बाक्लो संख्या प्रहरी परिचालन भएको थियो । तर आक्रोशित कैदीबन्दीले प्रहरी माथिनै ढुंगामुढा गर्नको साथै कारगार तोडफोड समेत गरेका थिए । 

वीरगञ्जस्थित बाल सुधार गृहमा अहिले १४९ बाल कैदीबन्दी रहेका छन् । भदौ ४ गते भक्तपुरबाट १८ कैदीबन्दी यहाँ थपिएको थियो । मंगलबारको तनाव उनिहरुलेनै निम्त्याएको सुधारगृह स्रोत बताउँछ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...