नेभिगेशन
सबै कुरा

वीरगञ्ज बाल सुधार गृहमा कैदीबीच 'ग्याङ' फाइट

२७ भदौ, काठमाडौं । वीरगञ्जस्थित बाल सुधार गृहमा कैदीबीच झडप भएको छ । गएराति अवेरसम्म सुधार गृहको अवस्था   तनावग्रस्त बनेको थियो । आज बिहानबाट भने स्थिति सामान्य देखिएको पर्सा प्रहरीले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुधारगृहमा दुई समूहबीचको विवादले झडपको रुप लिएको थियो । झडपमा घाइते भएका एक केदीबन्दीको नारायाणी अस्पतालमा उपचार भइरहेको छ । 

Extreme Energy

विवादको कारण नखुलेपनि भक्तपुरबाट सारिएका कैदीबन्दी र त्यहीका पुराना कैदीबन्दीबिच विवाद भएको थियो । भदौ ४ गते भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा पनि तनाव भएको थियो । एक जना कैदीबन्दीको मृत्यु भएपछि उत्पन्न तनावका बीच त्यहाँबाट केही कैदीबन्दीहरु भागेका थिए । त्यसपछि भक्तपुरमा रहेका १८ जना कैदीबन्दीलाई वीरगञ्जको बिर्तास्थित बाल सुधार गृहमा पठाइएको थियो ।

कैदीबन्दीको दुई समुहबिच भएको विवाद रोक्न बाक्लो संख्या प्रहरी परिचालन भएको थियो । तर आक्रोशित कैदीबन्दीले प्रहरी माथिनै ढुंगामुढा गर्नको साथै कारगार तोडफोड समेत गरेका थिए । 

वीरगञ्जस्थित बाल सुधार गृहमा अहिले १४९ बाल कैदीबन्दी रहेका छन् । भदौ ४ गते भक्तपुरबाट १८ कैदीबन्दी यहाँ थपिएको थियो । मंगलबारको तनाव उनिहरुलेनै निम्त्याएको सुधारगृह स्रोत बताउँछ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर...
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी...
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

“घाइतेहरुमध्ये तीन जना (अञ्जना राई, सेवन्ता राई र टेमिना राई)को अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ”, प्रहरी निरीक्षक बस्नेतले भने,...