नेभिगेशन
सबै कुरा

सिप मेला २०८१ : पहिलो चरणको तालिम सकेर दोस्रो चरणको तालिम दिने तयारीमा महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सिप मेला’ अन्तर्गत १५ दिन अवधिका तालिमको पहिलो चरण शुक्रवारदेखि सकिँदैछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वैशाख १९ गते मेलाको उद्घाटनपछि कक्षाहरु प्रारम्भ भएका थिए । यस चरणमा १ हजार ५७७ जनाका लागि तालिमको कोटा थियो । यसमध्ये १ हजार ५०५ जना तालिममा सहभागी भएका छन् ।

Extreme Energy
citizen life

३० दिन र १५ दिनको तालिम अवधिमध्ये शुक्रवार १५ दिनको अवधि सकिनेछ । आज र भोलि तालिम सम्पन्न भएका प्रशिक्षार्थीहरुको योग्यता परीक्षा र नयाँ प्रशिक्षार्थीका लागि अभिमुखीकरण सञ्चालन भइरहेको छ ।

अभिमुखीकरण कार्यक्रमअन्तर्गत आज ६४६ जनालाई कार्यक्रममा सहभागी गराइयो । दोस्रो चरणको कक्षा जेठ ६ गते आइतवारदेखि प्रारम्भ हुनेछ । यसमा १ हजार १३५ जनाको कोटा छ । यसका लागि १ हजार २६५ जनाको नाम सूचीकरण गरेर फोनमार्फत तालिममा आउन अनुरोध गरिसकिएको रोजगार संयोजक देवेन्द्र केसीले जानकारी दिए । यसरी दोस्रो चरणको तालिममा सहभागी हुनेहरुलाई आज अभिमुखीकरण कार्यक्रम आयोजना गरियो ।

टुँडिखेलमा भएको कार्यक्रममा सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले, तालिमबाट सिकेको सिपबाट स्वरोजगार बन्न प्रेरित गरे । ‘आफैँ व्यवसाय सञ्चालन गरेर आय आर्जन गर्नुमा जत्तिको सुख अन्यत्र कतै हुँदैन । त्यसैले स्वरोजगार बन्नोस् । यसका लागि हामीले गर्नु पर्ने केही सहयोग भए तयार छौँ ।’ केसीले भने, ‘तालिमबाट सिकेको सिपबाट तपाईँले आय गर्न थालेपछि हामीले देखेको सपना पूरा हुनेछ ।’

तालिममा सहभागी हुने प्रशिक्षार्थीको केही सर्त छन् । कार्यक्रममा आयोगका सदस्य झा भन्छन्, ‘९० प्रतिशत हाजिर अनिवार्य छ । तालिम प्रारम्भ गरेर कसैले छोड्न नपाउने व्यवस्था छ । तालिम निःशुल्क हो तर कसैले बिचमै छोडेमा तालिम वापतको शुल्क भुक्तानी गर्नुपर्नेछ ।’ तालिमपछि प्रचलित व्यवस्थाबमोजिम रोजगारी वा अन द जब ट्रेनिङमा जान राजी हुनुपर्ने, स्वरोजगार भए विवरण महानगरपालिकामा उपलब्ध गराउनु पर्ने बताए ।

प्रशिक्षार्थीले निःशुल्क प्राप्त गरेको तालिमका लागि सरकार, साझेदार र अन्य कसै न कसैको खर्च भएको छ । यसकारण निःशुल्क त हो नि भनेर खेलाँची गर्नुहुँदैन । सिप मेला निर्देशक समितिका सदस्य सचिव एवं कार्यान्वयन समितिका संयोजक बिमला कोइराला भन्छन्, ‘अब म केही गर्नु भनेर प्रतिवद्ध हुनुहोस् ।’

समितिका संयोजकबाट प्रशिक्षार्थीसँग प्रश्न, तपाईँ रोजगार कि स्वरोजगारमा इच्छुक

सामाजिक विकास समितिका संयोजक केसीले तालिम सञ्चालनको विधि निरीक्षण गरे। यस क्रममा प्रशिक्षक र प्रशिक्षार्थीहरुसँग तालिमप्रतिको दृष्टिकोणका विषयमा प्रतिक्रिया लिएका थिए ।

उनले प्रशिक्षार्थीहरुलाई तपाईँ ‘रोजगार’ मा हो कि ‘स्वरोजगार’ बन्ने भनेर प्रश्न गरेका थिए । यस क्रममा अधिकांश प्रशिक्षार्थीहरुले स्वरोजगार हुन योग्य भएकोले स्वरोजगारमा जाने भन्ने जवाफ दिएका थिए ।

प्रशिक्षार्थी छनोट प्राथमिकता

निःशुल्क सिपमूलक तालिम लिनका लागि ६८ हजार ८६६ जनाको आवेदन परेको छ । यसमध्ये ४३ हजार ५८ जनाले ‘सिप मेला’ बाट तालिम लिनका लागि आवेदन दिएका हुन् । २०८१ जनालाई तालिम दिने, तालिम दिएकालाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब  ट्रेनिङ उपलब्ध गराउने लक्ष्यसहित आवेदन माग गरिएको थियो ।

आयोगका सदस्य झाका अनुसार वैशाख १९ गते अगाडि अनलाइनबाट आवेदन दिने ७ हजार ३८२ जनालाई पहिलो प्राथमिकतामा राखिएको छ । उद्घाटनका दिन टुँडिखेलमै फाराम भर्ने ४ हजार १८२ जनालाई दोस्रो प्राथमिकतामा राखिएको छ । यसपछि सिप मेलामा आएर आवेदन दिने १३ हजार ९९४ जनालाई तेस्रो प्राथमिकतामा राखिएको छ । प्रशिक्षणमा बोलाउँदा यही मापदण्डका आधारमा बोलाइएको छ ।

आवेदन दिएका तर मेलाको तालिममा छुटेकाहरुको प्रसङ्गमा उनको भनाइ छ– ‘महानगर गौरव योजना रोजगारी र आय वृद्धि काठमाडौंको समृद्धि, कार्यक्रम अन्तर्गत विभिन्न क्षेत्र र पेशाका तालिम चलिरहेको छन् । मेलामा छुटेका आवेदकहरुलाई हामी त्यो कार्यक्रममा सहभागी गराउँछौँ ।’

तालिममा समावेश १० क्षेत्र र ३० पेशासँग सम्बन्धित तालिममध्ये अटो इलेक्ट्रिक, इलेक्ट्रिक कार, डकर्मी, टाइल एण्ड मार्वल फिटिङ्, इलेक्ट्रिसियन, प्लम्बिङ्, रेफ्रिजेरेसन एण्ड एसी टेक्निसियन र आर्ट एण्ड स्कप्चर ३० दिन अवधिका हुन् ।

यस्तै बारिस्ता, फास्ट फुड कुक, बेकरी, बार टेन्डिङ्, वेटर, डिजिटल मार्केटिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेट वर्किङ्, सीसीटिभी क्यामरा, मोवाइल रिपेयरिङ्, वेल्डिङ्, टेलरिङ्, फेसन डिजाइनिङ्, नेल आर्ट, मेक अप आर्ट एण्ड आइलेस, आइलेस आर्ट एक्सटेन्सन, हेयर कट एण्ड स्टायल, सैलुन, स्क्रीन प्रिन्टिङ्, ज्योतिष र ज्योतिष पुरोहित १५ दिन अवधिका तालिम हुन् ।

आवेदकहरुको संख्या

झाका अनुसार हरेक वडाबाट १ सय जनालाई सहभागी गराउन फाराम पठाइएको थियो । यसको विवरण अद्यावधिक भइरहेको छ । कार्यक्रम शुभारम्भका दिन टुँडिखेलमा आउनु भएका सहभागीहरूको ठुलो संख्याले प्रशिक्षणको अवसरका लागि माग गरेपछि त्यहीँबाट पनि फाराम भर्ने अवसर दिइएको थियो । त्यो एक दिनमा ४ हजार १८२ जनाले फाराम भरे । त्यसदिनभन्दा अगाडि ७ हजार ३८२ जनाको आवेदन प्राप्त भइसकेको थियो । वैशाख २० गतेदेखि ३० गतेसम्म दिइएको फाराम भर्ने अवसरमा १४ हजार ३ सय जनाले फाराम भरेका थिए । यस्तै अनलाइनबाट १३ हजार ९९४ जनाको आवेदन प्राप्त भएको छ ।

यससँगै समय समयमा विभिन्न पेशा जुत्ता बनाउने, डकर्मी, मालीलगायत सँग सम्बन्धित तालिमका लागि गरिएको आव्हानका क्रममा ५ हजार ६८९ जनाले आवेदन दिएका छन् ।

‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत ११ हजार २६४ जनाले आवेदन दिएका छन् । यसअघि आयोजना गरेको साइबर सेक्युरिटी तालिमका लागि आव्हान गरिएको फाराममा ८ हजार ८८५ जनाले आवेदन दिए । जसमध्ये ६ हजार ६९४ जनाले साइबर सेक्युरिटीकै लागि आवेदन दिएका थिए। बाँकीले अन्य विभिन्न विषयका आवेदन दिएका थिए ।

‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सिप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य हो ।

सिप मेलाको अन्तिम २ दिन रोजगार मेला हुनेछ । यस दिन रोजगारदाताहरू स्टलमा रहनेछन् । सम्बन्धित रोजगारदातासँग सम्बन्धित तालिम प्राप्त व्यक्तिहरू सम्पर्कमा गएर आफ्नो सिपका बारेमा बताउने छन् । यही ठाउँबाट धेरै बेरोजगारले रोजगार पाउन सक्नेछन् । रोजगारदाताले सिपयुक्त जनशक्ति प्राप्त गर्नेछन् ।

चाप भएका पेशा

आयोगका सदस्य झाका अनुसार हस्पिटालिटी एण्ड म्यानेजमेन्ट क्षेत्रका वारिस्ता, फास्ट फुड कुक, वार टेन्डिङ्, वेकरी पेशामा, व्युटिसियनतर्फ हेयर कट, मेक अप, नेल आर्ट पेशामा यस्तै डिजिटल मार्केटिङ्क पेशामा प्रशिक्षार्थीको धेरै चाप छ ।

कम चाप भएका पेशाहरुमा मेकानिकल, वेल्डिङ्, पुरोहित, स्क्रीन प्रिन्टिङ् पेशा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सभामुख अर्यालद्वारा प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा संयुक्त समितिका सभापतिहरूसँग छलफल

सभामुख अर्यालद्वारा प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा संयुक्त समितिका सभापतिहरूसँग छलफल

सोमबार सभामुख अर्यालले प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा संयुक्त समितिका सभापतिहरुसंग छलफल गरेका हुन् ।
नेपाल दलित सङ्घका अध्यक्ष विश्वकर्माद्वारा राजीनामा

नेपाल दलित सङ्घका अध्यक्ष विश्वकर्माद्वारा राजीनामा

उनले आफ्नो पारिवारिक र शारिरिक समस्याका कारण पदमा रहेर जिम्मेवारी पूरा गर्न असमर्थ रहेकाले राजीनामा दिनुपरेको र सङ्घका अन्य गतिविधिमा भने सधैँ क्रियाशील रहने बताएका छन्। विश्वकर्मालाई कांग्रेस...
संसदका गतिविधिलाई परिणाममुखी बनाउने कार्यमा भूमिका निर्वाह गर्न सभामुखको सुझाव

संसदका गतिविधिलाई परिणाममुखी बनाउने कार्यमा भूमिका निर्वाह गर्न सभामुखको सुझाव

सोमबार सिंहदरबारमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतकहरूसँगको छलफलका क्रममा सभामुख अर्यालले नेपाली जनताले चाहना गरेअनुसार संसदका गतिविधिलाई परिणाममूखी बनाउनेगरि भूमिका निर्वाह गर्न सुझाव दिएका हुन्।
कानुन समितिका सांसदहरूलाई कानुन मन्त्री गौतमको आग्रह: भूमिका बुझौँ, एजेन्डामा छलफल गरौँ

कानुन समितिका सांसदहरूलाई कानुन मन्त्री गौतमको आग्रह: भूमिका बुझौँ, एजेन्डामा छलफल गरौँ

‘संसदमा हरेक माननीय सदस्यहरूलाई बोल्नका लागि समय छुट्टयाइएको हुन्छ । तर समिति चाहीँ त्यसरी बोल्ने अभ्यास हामीले गरिरहेका छैनौं । यसको मर्म के हो भने समितिमा विषयवस्तुहरू राख्दाखेरी...

भर्खरै