नेभिगेशन
सबै कुरा

फिनल्याण्ड सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने सरकारकाे निर्णय

काठमाडाैँ । सरकारले जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जलवायु परिवर्तन अनुकुलन कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो । बैठकले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्षमा प्राडालेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ भने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्कालाई नियुक्त गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

Ncell
Extreme Energy

त्यस्तै बैठकले नेपाल प्रशासन सेवा समूहीकरणअन्तर्गतको राजपत्रांकित विशिष्ठ श्रेणीको पदमा लोकनाथ पौडेललाई बढुवा गर्ने निर्णय गरिएको छ भने नेपाल कृषि वन सेवा समूहीकरणअन्तर्गत राजपत्रांकित विशिष्ठ श्रेणीको पदमा राजेन्द्रप्रसाद पौडेललाई बढुवा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता शर्माले बताइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सभामुख अर्याल स्वदेश फिर्ता

सभामुख अर्याल स्वदेश फिर्ता

यही असोज १९ देखि २३ गतेसम्म भएको महासभामा उनले  संसदीय अभ्यासका साथै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, सुशासन, समावेशिता र दिगो विकासका बारेमा  धारणा प्रस्तुत गरेका थिए ।
सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा रु ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । सोही दिन बजेट प्रदेशसभामा टेबल गरिएको थियो । बजेटमाथिको छलफल सुरु...
विश्वभरका अर्थमन्त्री सहभागी हुने बैठकमा भाग लिन डा. स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

विश्वभरका अर्थमन्त्री सहभागी हुने बैठकमा भाग लिन डा. स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

विश्वभरका अर्थमन्त्री सहभागी हुने उक्त बैठकका क्रममा अर्थमन्त्री वाग्लेले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउने कार्यक्रम छ ।
विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम

विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम

विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा उहाँले पछिल्लो समय नेपालमा भएका ठूला बाढीका घटनाले विपद् जोखिमबारे विज्ञहरूले दिँदै आएका चेतावनीलाई गम्भीरतापूर्वक लिनुपर्ने अवस्था सिर्जना गरेको धारणा...