नेभिगेशन
सबै कुरा

फिनल्याण्ड सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने सरकारकाे निर्णय

काठमाडाैँ । सरकारले जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जलवायु परिवर्तन अनुकुलन कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो । बैठकले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्षमा प्राडालेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ भने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्कालाई नियुक्त गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै बैठकले नेपाल प्रशासन सेवा समूहीकरणअन्तर्गतको राजपत्रांकित विशिष्ठ श्रेणीको पदमा लोकनाथ पौडेललाई बढुवा गर्ने निर्णय गरिएको छ भने नेपाल कृषि वन सेवा समूहीकरणअन्तर्गत राजपत्रांकित विशिष्ठ श्रेणीको पदमा राजेन्द्रप्रसाद पौडेललाई बढुवा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता शर्माले बताइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

बयानका लागि लामिछानेलाई आज दिउँसो १ बजे नख्खु कारागारबाट सिंहदरवारस्थित आयोगको कार्यालय लगिएको थियो । आयोगले उनीसँग करिब साढे ७ घण्टा बयान लिएको छ ।
आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

बुधबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित पार्टी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट इतिहासमा १० घटकको एकता भएको दिन अभूतपूर्व, ऐतिहासिक र असाधारण हुने भन्दै एक नम्वरको पार्टी बन्न...
सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

काठमाडौँका महत्त्वपूर्ण सार्वजनिक स्थानमा उपलब्ध गराइएको निःशुल्क वाइफाइ इन्टरनेट सेवाको बुधबार स्थलगत निरीक्षण गर्दै उनले सङ्घीय राजधानी काठमाडौँका संवेदनशील र महत्त्वपूर्ण सार्वजनिक स्थलका साथै काठमाडौँ बाहिरका ग्रामीण क्षेत्रमा...
महाधिवेशन सम्बन्धमा काँग्रेस नेताहरुबीच आ–आफ्नै अडान, बिहीबार बस्ने गरी बैठक स्थगित

महाधिवेशन सम्बन्धमा काँग्रेस नेताहरुबीच आ–आफ्नै अडान, बिहीबार बस्ने गरी बैठक स्थगित

बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा संस्थापन पक्ष नेताहरुले प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् भने संस्थापनइतर समूहका नेताहरुले निर्वाचन अघि नै महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्...