नेभिगेशन
सबै कुरा
६० किलो सुन प्रकरण :

रेडि ट्रेडले मात्र ३ सय २ किलो सुन ल्याएको देखियो : सीआईबी

२७ भदाै - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले रेडि ट्रेडले मात्र ३ सय २ किलो सुन ल्याएको बताएको छ ।  बुधबार पत्रकार सम्मेलन गर्दै सुन तस्करी प्रकरणमा दोलखाका दिलीप भुलेजको नाममा दर्ता भएको रेडी ट्रेड लिंक प्रालि मुख्य रहेको र उक्त कम्पनी मातहत रहेर ३ सय २ किलो सुन नेपाल भित्रिएको  ‍ सीआईबीले बताएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै  ६० किलो सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको छ । जसमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार रहेका छन् ।

Extreme Energy
citizen life

पक्राउ पर्नेमा २३ जना नेपाली छन् भने ९ जना विदेशी रहेका छन् । फरार १८ मध्ये १४ जना विदेशी छन् भने ४ जना नेपाली रहेका छन् । 

सुरुमा राजस्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणको अनुसन्धान गरेको भएपनि नेपाल सरकारले पछि उक्त प्रकरणको अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको थियो । उक्त प्रकरणको अनुसन्धान टुङ्ग्याउँदै सीआईबीले आज सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउँदै छ ।

अमला रोका माओवादी केन्द्र निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चको पूर्वउपाध्यक्ष हुन् । उनी सुन तस्करीका नाइके दावा छिरिङकी श्रीमतिसमेत हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवाबाट ३५ लाख बढीको अवैध भेप बरामद

रसुवाबाट ३५ लाख बढीको अवैध भेप बरामद

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गोसाईकुण्ड गाउँपालिका९६ स्थित अस्थायी प्रहरी पोस्ट धुन्चेबाट खटिएको टोलीले उक्त कन्टेनरलाई रोकेर खानतलासी गरेको थियो। भन्सार पास भई सिल लगाइएको अवस्थामा रहेको उक्त...
भारतबाट नक्कली चुरोट नेपालमा तस्करी, पहाडमा समेत छ्यापछ्याप्ती

भारतबाट नक्कली चुरोट नेपालमा तस्करी, पहाडमा समेत छ्यापछ्याप्ती

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले ट्रक चेकजाँच गरेको थियो । प्रहरीले ट्रक, बरामद चुरोट तथा दुवै व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको जनाएको छ । नक्कली...
लागुऔषधसहित देशका विभिन्न स्थानबाट २७ जना पक्राउ

लागुऔषधसहित देशका विभिन्न स्थानबाट २७ जना पक्राउ

चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल ५७ ट्याब्लेट, नाइट्राभेट १२९ ट्याब्लेट र नगद रु १६ हजार ६३५ सहित शनिबार काठमाडौँ महानगरपालिका–१५ बाट २० वर्षीय आशिष तामाङलाई नियन्त्रित...
श्रीकृष्ण विक मृत्यु प्रकरणः निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन

श्रीकृष्ण विक मृत्यु प्रकरणः निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन

सुनकोशी गाउँपालिका– ३, जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा रहेका वेला गत ७ वैशाखमा मृत्यु भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिले आइतबार...

भर्खरै