नेभिगेशन
सबै कुरा
६० किलो सुन प्रकरण :

रेडि ट्रेडले मात्र ३ सय २ किलो सुन ल्याएको देखियो : सीआईबी

२७ भदाै - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले रेडि ट्रेडले मात्र ३ सय २ किलो सुन ल्याएको बताएको छ ।  बुधबार पत्रकार सम्मेलन गर्दै सुन तस्करी प्रकरणमा दोलखाका दिलीप भुलेजको नाममा दर्ता भएको रेडी ट्रेड लिंक प्रालि मुख्य रहेको र उक्त कम्पनी मातहत रहेर ३ सय २ किलो सुन नेपाल भित्रिएको  ‍ सीआईबीले बताएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै  ६० किलो सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको छ । जसमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार रहेका छन् ।

Extreme Energy

पक्राउ पर्नेमा २३ जना नेपाली छन् भने ९ जना विदेशी रहेका छन् । फरार १८ मध्ये १४ जना विदेशी छन् भने ४ जना नेपाली रहेका छन् । 

सुरुमा राजस्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणको अनुसन्धान गरेको भएपनि नेपाल सरकारले पछि उक्त प्रकरणको अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको थियो । उक्त प्रकरणको अनुसन्धान टुङ्ग्याउँदै सीआईबीले आज सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउँदै छ ।

अमला रोका माओवादी केन्द्र निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चको पूर्वउपाध्यक्ष हुन् । उनी सुन तस्करीका नाइके दावा छिरिङकी श्रीमतिसमेत हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर...
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी...
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

“घाइतेहरुमध्ये तीन जना (अञ्जना राई, सेवन्ता राई र टेमिना राई)को अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ”, प्रहरी निरीक्षक बस्नेतले भने,...