नेभिगेशन
सबै कुरा

मन्त्रीहरुको सम्पती विवरण सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पती विवरण सार्वजनिक गर्ने निर्णय निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले प्रधानमन्त्री कार्यालयमा पेश गरेको सम्पती विवरण सार्वजनिक गर्ने निर्णय भएको बताइन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिन स्वीकृति दिने र फौजदारी कसुर तेश्रो संशोधन नियमावली स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् । 

Ncell
Extreme Energy

त्यस्तै मन्त्रिपरिषद्ले स्टाण्डर्ड नाप र तौल छैटौ संशोधन नियमहरु स्वीकृत गर्ने, अन्तराष्ट्रिय श्रम संगठनको एक संयन्त्रमा नेपालको सहभागीताका लागि स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ । 

सरकारले सदनको अवरोध हटाउनका लागि गम्भीर भएर लाग्न पनि प्रतिपक्षी दललाई आग्रह गरेको छ । प्रवक्ता रेखा शर्माले समस्या समाधानका लागि सरकार गम्भीर भएर लागिरहेको भन्दै जिम्मेवार प्रतिपक्षी भएर सहमति खोज्न आग्रह गरेकी हुन् । उनले संवाद छलफलबाटै समाधान निस्कनेमा सरकार विश्वस्त रहेको बताइन् । प्रवक्ता शर्माले सहकारी समस्या समाधान गर्नका लागि सवै एकमत रहेको भन्दै सवै बिषयवस्तुमाथि वा व्यक्तिमाथि छानविन गर्ने भन्ने प्रश्न उठेको धारणा राखिन् । समग्र सहकारीका बिषयमा छानविन गर्ने र दोषीलाई कारवाही गर्ने बिषयमा सहमति नजिक पुगेपनि प्रतिपक्षी दल अर्को ढंगले प्रस्तुत भएको उनको भनाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सभामुख अर्याल स्वदेश फिर्ता

सभामुख अर्याल स्वदेश फिर्ता

यही असोज १९ देखि २३ गतेसम्म भएको महासभामा उनले  संसदीय अभ्यासका साथै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, सुशासन, समावेशिता र दिगो विकासका बारेमा  धारणा प्रस्तुत गरेका थिए ।
सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा रु ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । सोही दिन बजेट प्रदेशसभामा टेबल गरिएको थियो । बजेटमाथिको छलफल सुरु...
विश्वभरका अर्थमन्त्री सहभागी हुने बैठकमा भाग लिन डा. स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

विश्वभरका अर्थमन्त्री सहभागी हुने बैठकमा भाग लिन डा. स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

विश्वभरका अर्थमन्त्री सहभागी हुने उक्त बैठकका क्रममा अर्थमन्त्री वाग्लेले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउने कार्यक्रम छ ।
विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम

विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम

विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा उहाँले पछिल्लो समय नेपालमा भएका ठूला बाढीका घटनाले विपद् जोखिमबारे विज्ञहरूले दिँदै आएका चेतावनीलाई गम्भीरतापूर्वक लिनुपर्ने अवस्था सिर्जना गरेको धारणा...