नेभिगेशन
सबै कुरा

नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

२८ भदौ, काठमाडौं । प्रतिनिधिसभाको बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख सांसद तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । 

शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । बैठकमा नेम्वाङलाई भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै १ मिनेट मौनधारण पनि गरिएको छ । 

Dish Home
Global Ime Bank


विसं २००९ फागुन २८ गते जन्मिएका नेम्वाङको ७१ वर्षको उमेरमा मङ्गलबार निधन भएको थियो । नेम्वाङ नेकपा एमाले पार्टीको तर्फबाट २०४८ साल र २०५२ सालमा राष्ट्रियसभा सदस्य, २०५६ सालमा प्रतिनिधिसभा सदस्य, २०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभा सदस्य र व्यवस्थापिका संसद् सदस्य, २०७२ मा रुपान्तरित व्यवस्थापिका संसद् सदस्य, २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्य भएका थिए । उनी विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाको सभामुख, २०६३ सालमै व्यवस्थापिका संसद्को सभामुख  तथा २०६५ साल र २०७० सालको संविधान सभाको अध्यक्ष थिए ।


यसैगरी, २०५६ मा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखासमिति सभापति हुनुभएका स्वर्गीय नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्रीसमेत भएका थिए । संविधानसभामार्फत् नेपालको संविधान निर्माणमा उनको अग्रणी भूमिका रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भिजिट भिसा प्रकरणमा संसदमा कांग्रेस, एमाले, माओवादी भर्सेस रास्वपा

भिजिट भिसा प्रकरणमा संसदमा कांग्रेस, एमाले, माओवादी भर्सेस रास्वपा

रास्वपा र राप्रपाको विरोधका बिचनै सहभामुख देवराज घिमिरेले माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, राप्रपाका अध्यक्ष राजेन्द्र लिग्देन, रास्वपाका मनिष झालाई बोल्ने समय दिएका थिए ।
मन्त्रालयका महत्वपूर्ण विभागमा काम गरिरहेका सहसचिवलाई अध्यागमन पठाएको हुँः गृहमन्त्री

मन्त्रालयका महत्वपूर्ण विभागमा काम गरिरहेका सहसचिवलाई अध्यागमन पठाएको हुँः गृहमन्त्री

विपक्षीको अवरोधका बिच रोष्टम पुगेका गृहमन्त्री रमेश लेखकले आफूले गृहमन्त्रालयमा महत्वपूर्ण विभाग सम्हालेका सहसचिवलाई अध्यागमन पठाएको बताएका छन् । संसदमा बोल्दै गृहमन्त्री लेखकले अहिले भ्रष्टाचारमा मुछिएका सहसचिव आफूले...
मनिष झा को प्रश्नः चोरलाई चोर भन्न नपाउने ?

मनिष झा को प्रश्नः चोरलाई चोर भन्न नपाउने ?

हमपे इल्जाम ए हे कि चोरको क्यु चोर काहा ? तु ने क्यु सही बात कही ? काहे न कुछ और काहा ?
माओवादीले लुटतन्त्रको रक्षाका लागि सरकारसँग सम्झौता गर्योः राजेन्द्र लिङ्देन

माओवादीले लुटतन्त्रको रक्षाका लागि सरकारसँग सम्झौता गर्योः राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा सरकारसँग लुटतन्त्रका लागि सम्झौता गरेको आरोप लगाएका छन् । भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले आफूहरुले सरकारसँग...