नेभिगेशन
समाज

बेलगाम रास्वपा सांसद, संसदमा हाजिर गरेर भत्ता पकाउँदै टाप

आफ्नो मूल काम छाडेर मन्त्रालय धाउँदै सांसदहरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् । फागुन २१ को चुनावबाट १८२ सीटसहित अभुतपूर्व जनादेश पाएको रास्वपा करिब चार महिनामै संसदमा जवाफदेहीबाट चुकेको हो । 
रास्वपा सांसद पनि पुरानै दलजस्तै संसदमा आउने, हाजिर गर्ने, भत्ता पकाएर टाप कस्ने गर्न थालेका छन् । 

मंगलबारमात्रै एक बजे बसेको प्रतिनिधि सभा बैठक सुरु भएको आधा घण्टामै सांसदहरु निस्किन थालेका थिए । संसद बैठक चलिरहँदा कतिपय सांसद त मन्त्रालय धाइरहेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसदको मूल काम प्रणाली बलियो बनाउनेगरी कानुन बनाउने हो । तर मंगलबार एउटा प्रस्तावित कानुनमा छलफल चलिरहँदा सांसदहरु भने मन्त्रालय मन्त्रालय धाइरहेका थिए । यसबाट सत्तारुढ रास्वपाकै सांसदको प्राथमिकतामा कानुन निर्माण छैन भन्ने गैरजिम्मेवार सन्देश झल्काउँछ । 

Ncell
Extreme Energy

रास्वपा संसदीय दलको नेता वालेन्द्र शाह संसद नै आउँदैनन् । उपनेता गणेश पराजुली पनि विदेश भ्रमणमा छन् । मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको पनि कमाण्ड देखिँदैन । दलकै नेताले संसद उपेक्षा गर्दा सांसदहरु पनि आ आफ्नै हिसाबले अगाडि बढेका छन् । 

संसदमा विपक्षी पनि जिम्मेवार हो । तर ठूलो दायित्व सत्ता पक्षकै हो । तर सत्ता पक्ष आफै गैरजिम्मेवार हुँदा सदन प्रभावकारी हुन नसकेको हो । हुँदा हुँदा सत्तारुढ सांसदहरु सदनमा बस्नै छाडेका छन् । आउने, हाजिर लाउने र हिँड्ने गरेका छन् । जसको असर कार्यसूचीमा परेको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा एकचौथाइ जुटाउन पनि हम्मे हम्मे पर्यो । कोरम जुटाउन नसकेपछि सभामुखले बैठक नै स्थगित गर्नुपर्यो । 

संसद बैठक चल्दा सांसदले दुई हजार भत्ता पाउँछन् । कतिपय सांसदहरु हाजिर लाउने, भत्ता पकाउने अनि हिँड्ने विगतकै प्रचलन हो । सुशासनको नारा दिएर आएको रास्वपाका सांसदले पनि त्यही वेथितिलाई निरन्तरता दिँदा चिन्ता र प्रश्न उठेको छ । 

sansad-1786505319.jpg

मंगलबारको बैठकमा उद्योगमन्त्री गौरीकुमारी यादवले खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । प्रस्तावमा राति सवा ८ बजेसम्म छलफल भएको थियो । छलफल सकिएर निर्णयार्थ प्रस्तुत गर्ने वेला गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भयो । सांसदहरू हाजिर गरेर ‘टाप’ कस्दा यस्तो अवस्था निम्तिएको हो । बैठक स्थगित हुँदा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत हुन सकेन । प्रस्ताव स्वीकृत भएको भए विधेयकमा सांसदहरूले संशोधन दर्ता गराउन ७२ घण्टाको समय पाउने थिए । अब यो प्रस्ताव १ भदौमा बस्ने बैठकमा मात्रै अगाडि बढ्नेछ । 

रास्वपाले झण्डै दुईतिहाइ प्राप्त गरेपछि प्रतिनिधिसभामा गणपूरक संख्या नपुगेको मंगलबार पहिलोपटक हो । संविधानको धारा ९४ अनुसार प्रतिनिधिसभामा गणपूरक संख्या पुग्न ६९ सदस्य उपस्थित हुनुपर्छ । मंगलबार ६१ सांसद मात्रै उपस्थित थिए । संसद् सचिवालयका अनुसार मंगलबारको बैठकमा सुरुवातमा २२० भन्दा बढी सांसद उपस्थित थिए ।

बैठकमा उद्योगमन्त्री यादवले खानी तथा खनिज पदार्थ विधेयकमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएपछि सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ प्रस्तुत गरेका थिए । यत्तिकैमा कांग्रेस सचेतक निस्कल राईले गणपूरक संख्या नपुगेको भन्दै गणना गरिपाऊँ भनेर माग गरे । सभामुखले तीन मिनेट घन्टी बजाएर गणना गर्न लगाएका थिए । तर, गणनामा ६१ जना मात्रै उपस्थित देखिएपछि आठ सदस्य नपुगेको भन्दै बैठक स्थगित गरे । 
यतिमात्र होइन सांसदहरु बोल्न नाम टिपाएर पालो आउँदा अनुपस्थित हुने प्रवृत्ति पनि बढ्दो छ । सांसदहरु यतिसम्म गैरजिम्मेवार हुँदा रास्वपाले अडिट गर्नुपर्ने प्रस्ताव गरेको छ । साथै हाजिर गरेर हिँड्ने रोग संसदीय समितिहरुमा समेत देखिएको छ । 

समस्या गहिरिएर सांसदहरूको उपस्थिति कमजोर भएको ठहर गर्दै रास्वपाले हाजिरी विवरणको अध्ययन गर्दैछ । बैठकमा आउने, हाजिर गरेर हिँड्ने प्रवृत्ति बढेपछि रास्वपाले हाजिरी विश्लेषण गर्न लागेको छ । हाजिरी संसद् सचिवालयबाट झिकाएर विश्लेषण गरी प्रतिवेदन दिन संसदीय दलका सचेतक प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई जिम्मेवारी दिइएको छ । यसैगरी रास्वपाले आगामी २९-३१ साउनसम्म तीन दिन सांसदहरुलाई क्लोज क्याम्पमा राखेर प्रशिक्षण दिँदैछ । 

गणपुरक नपुगेपछि कसले के भने ?

गणेश कार्की, रास्वपा सांसद 
पारित गराउनु पर्ने हामीले नै थियो । संसदमा हामी थोरै भयौँ । थोरै के, कोरम सम्म पुगेन । लाज मान्नुपर्ने ठाउँ यहीँ हो । म आफू दिनभर सदनमा उपस्थित भएको भए पनि अन्यको अनुपस्थितका कारण माफी माग्छु । गनौं भनेर हाम्रो स्वभाव सार्वजनिक गरिदिएकोमा सांसद निस्कल राईलाई धन्यवाद ।

क्रान्तिशिखा धिताल, सचेतक
सफलताको चुली चुम्न यति छिटो दगुरेछौं कि, जुत्ता फेदीमै छुटेछ ।

आशिका तामाङ
हिजो सदन मा संसदहरुको सङ्ख्या पुगेन रे?? अब संसदहरू सबै मन्त्रालय को ढोका मा कति खेर मन्त्री र सचिब लाई भेट्ने अनि गुनासो पोख्ने भनेर लाइन मा हुनुहुन्छ अनि पुग्छ त संख्या??  सरकार फेरिए पनि प्रधानमन्त्री नयाँ आए पनि काम गर्ने कर्मचारी ले हो मन्त्रालयका सचिवहरूले अब हजुर 3 दिन सक्छौ हामी ले भनेको काम 3 महिना बितिसक्दा पनि दिनमा 3 पल्ट त मन्त्रालय नै काम होला कि तैपनि भनेर धाउनु पर्छ ! जनताको गुनासा ,मुद्दा सबैभन्दा पहिले कसलाई आउँछ भन्नू पर्दा , निर्वाचित आफ्नो क्षेत्रको सांसदलाई अनि हामी संसदहरूले गुनासो कहाँ लाने भन्दा सम्बन्धित कार्यालय र मन्त्रालय , फोन घुमाउनु पर्‍यो कोहि को अफ कोहि को ब्यस्त, लागीहाल्यो भने हजुर मन्त्रालय नै आएर मन्त्रीलाई भन्नुस् न भन्नुहुन्छ , जानै पर्‍यो मन्त्री लाई waiting room मा एकछिन कुर्ने पर्‍यो ! किनकि मन्त्री ज्यु अर्को बैठकमा व्यस्त हुनुहुन्छ ! अनि एउटा मन्त्रालयमा बल्लतल्ल गुनासो त सकियो अर्को शिक्षा, स्वास्थ्य, कानुन, भौतिक पूर्वाधार इत्यादि गुनासो लिएर सम्बन्धित मन्त्रालय जान त अझै बाकी नै छ ! ५ बजिसक्यो झिमिक्क रात पर्छ, छोराछोरी स्कुलबाट ल्याउने समय पनि सम्झिनै पर्यो ।
हाजिर गर्‍यो अनि टाप रे ?? सदन भने को ७ घन्टा सम्म ठिक हो ! जे बोल्नु पर्ने ठोस ठोस र तथ्यपरक कुरा उठाउने र कार्यान्वयन गर्न निर्देशिका दिने खाल को भए पो त अब एउटा प्रतिपक्ष ले माइक हात पायो भने बोलेको बोलौइ हो सभामुखज्यूले समय सकियो माननीयज्यू भन्दा त मान्नुहुँदैन! नयाँ कुरा केही छैन खालि एउटा कुरा दोहोरियाको दोहोर्या ! अनि lengthy र boring हुँदैन त ?? 

समीक्षा बास्कोटा

पदीय गरिमा आफैं जोगाउनुपर्छ। पदको मर्यादा अरूले थामेर थामिँदैन, न त शक्ति र पहुँचले सधैं ढाकछोप गर्न सक्छ। समयले सबैको हिसाब गर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज पनि गर्मी कायमै, रातिदेखि वर्षा बढ्ने

आज पनि गर्मी कायमै, रातिदेखि वर्षा बढ्ने

काठमाडौंसहित पूर्वी नेपालका केही स्थानमा बुधबार पनि गर्मी कायमै रहने मौसम पूर्वानुमान गरिएको छ ।
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।
आज अन्तर्राष्ट्रिय युवा दिवस : विविध कार्यक्रमका साथ मनाइँदै

आज अन्तर्राष्ट्रिय युवा दिवस : विविध कार्यक्रमका साथ मनाइँदै

विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ ।