नेभिगेशन
सबै कुरा

दुबईबाट मलद्वारमा लुकाएर ल्याइएको १ किलो सुन तस्करीमा कांग्रेस नेताहरुको संलग्नता !

२९ भदौ, काठमाडौं ।  दुबईबाट मलद्वारमा लुकाएर ल्याइएको करिब १ केजी सुन प्रकरणमा नेपाली कांग्रेसका नेताहरुको संलग्नता देखिएको छ । सोमबार हिमालयन एयरलाइन्समार्फत दुबईबाट नेपाल आएका काभ्रेका २८ बर्षीय बाबुलाल दोङले मलद्वारमा ९६० ग्राम सुन लुकाएर ल्याएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट पक्राउ गरेको थियो । त्यसको भोलिपल्ट मंगलबार उनलाई सहयोग गर्ने काभ्रे रोशीका ३३ वर्षीय जगत लामा र काभ्रेकै ३६ वर्षीय मिङमा दोर्जे स्याङ्तान पनि पक्राउ परेका थिए । 

Extreme Energy

उनिहरुको बयानले दुवईबाट सुन तस्करी गर्र्नेे अर्को गिरोहकै खुलासा भएको छ । बाबुलाल दोङले मलद्वारमा ९६० ग्राम सुन लुकाएर ल्याएका थिए । पक्राउ परेकाहरुले दुवईबाट तस्करी भएको सुनको विकास योञ्जनले व्यवस्थापन गर्ने बताएको काठमाडौ प्रहरी परिसरले जनाएको छ । विकास योञ्जनको वास्तविक नाममा विकास लामा रहेको प्रहरी बताउँछन् ।  

जगत र मिङमालाई पक्राउ गर्ने क्रममा विकास गाडीबाट भागेका थिए । उनले छाडेको प्रदेश ००१ २७ च ९९६० नम्बरको क्रेटा गाडी प्रहरीको नियन्त्रणमा छ । 

विकास योञ्जन लामा नेपाली कांग्रेसका जिल्ला नेता समेत हुन् । उनी काभ्रे क्षेत्र नं.१ (क) बाट समानुपातिक सांसदको लागि सिफारिस समेत भएका थिए । उनलाई बागमती प्रदेश समितिले प्रदेश (क) को प्रचार समिति संयोजक समेत बनाएको थियो । 

यो सुन प्रकरणको अनुसन्धान गरिरहेको एक अधिकारीका अनुसार विकासको गाडीमा कांग्रेस सांसद एवं बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिञ्चाई मन्त्री तिर्थ लामाको खाताबाट विकास योञ्जनका नाममा काटिएको ६ लाखको चेक भेटिएको छ । 

स्रोतका अनुसार विकासले सुन व्यवस्थापन गर्ने भएपनि गाडीमा भेटिएको चेकले सुनमा लगानी भने नेपाली कांग्रेसका नेताहरुको भएको हुन सक्ने देखिएको छ । प्रहरीका अनुसार मन्त्री लामा र विकासको सम्बन्ध बारे अनुसन्धान भैरहेको छ । 

पक्राउ परेका तिनै जनालाई प्रहरीले विमानस्थल भन्सार भन्सार कार्यालयको जिम्मा लगाएको छ । भन्सारले आफ्नो क्षेत्राधिकारभित्रको अनुसन्धान सकेपछि प्रहरीले थप अनुसन्धान गर्नेछ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर...
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी...
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

“घाइतेहरुमध्ये तीन जना (अञ्जना राई, सेवन्ता राई र टेमिना राई)को अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ”, प्रहरी निरीक्षक बस्नेतले भने,...