नेभिगेशन
सबै कुरा

दुबईबाट मलद्वारमा लुकाएर ल्याइएको १ किलो सुन तस्करीमा कांग्रेस नेताहरुको संलग्नता !

२९ भदौ, काठमाडौं ।  दुबईबाट मलद्वारमा लुकाएर ल्याइएको करिब १ केजी सुन प्रकरणमा नेपाली कांग्रेसका नेताहरुको संलग्नता देखिएको छ । सोमबार हिमालयन एयरलाइन्समार्फत दुबईबाट नेपाल आएका काभ्रेका २८ बर्षीय बाबुलाल दोङले मलद्वारमा ९६० ग्राम सुन लुकाएर ल्याएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट पक्राउ गरेको थियो । त्यसको भोलिपल्ट मंगलबार उनलाई सहयोग गर्ने काभ्रे रोशीका ३३ वर्षीय जगत लामा र काभ्रेकै ३६ वर्षीय मिङमा दोर्जे स्याङ्तान पनि पक्राउ परेका थिए । 

Ncell
Extreme Energy

उनिहरुको बयानले दुवईबाट सुन तस्करी गर्र्नेे अर्को गिरोहकै खुलासा भएको छ । बाबुलाल दोङले मलद्वारमा ९६० ग्राम सुन लुकाएर ल्याएका थिए । पक्राउ परेकाहरुले दुवईबाट तस्करी भएको सुनको विकास योञ्जनले व्यवस्थापन गर्ने बताएको काठमाडौ प्रहरी परिसरले जनाएको छ । विकास योञ्जनको वास्तविक नाममा विकास लामा रहेको प्रहरी बताउँछन् ।  

जगत र मिङमालाई पक्राउ गर्ने क्रममा विकास गाडीबाट भागेका थिए । उनले छाडेको प्रदेश ००१ २७ च ९९६० नम्बरको क्रेटा गाडी प्रहरीको नियन्त्रणमा छ । 

विकास योञ्जन लामा नेपाली कांग्रेसका जिल्ला नेता समेत हुन् । उनी काभ्रे क्षेत्र नं.१ (क) बाट समानुपातिक सांसदको लागि सिफारिस समेत भएका थिए । उनलाई बागमती प्रदेश समितिले प्रदेश (क) को प्रचार समिति संयोजक समेत बनाएको थियो । 

यो सुन प्रकरणको अनुसन्धान गरिरहेको एक अधिकारीका अनुसार विकासको गाडीमा कांग्रेस सांसद एवं बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिञ्चाई मन्त्री तिर्थ लामाको खाताबाट विकास योञ्जनका नाममा काटिएको ६ लाखको चेक भेटिएको छ । 

स्रोतका अनुसार विकासले सुन व्यवस्थापन गर्ने भएपनि गाडीमा भेटिएको चेकले सुनमा लगानी भने नेपाली कांग्रेसका नेताहरुको भएको हुन सक्ने देखिएको छ । प्रहरीका अनुसार मन्त्री लामा र विकासको सम्बन्ध बारे अनुसन्धान भैरहेको छ । 

पक्राउ परेका तिनै जनालाई प्रहरीले विमानस्थल भन्सार भन्सार कार्यालयको जिम्मा लगाएको छ । भन्सारले आफ्नो क्षेत्राधिकारभित्रको अनुसन्धान सकेपछि प्रहरीले थप अनुसन्धान गर्नेछ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...