नेभिगेशन
सबै कुरा

सुदूरपश्चिम प्रदेशको बजेटः ३१ अर्ब ६२ करोड ९८ लाख

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागी करिब ३१ अर्ब बराबरको बजेट सार्वजनिक गरेको छ । 

शनिबार बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले आगामी आर्थिक बर्ष २०८१÷८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाको बजेट प्रस्तुत गरेका हुन् । 

कुल बजेटमध्ये चालूतर्फ ११ अर्ब ७ करोड ६३ लाख १९ हजार र पुँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार विनियोजन गरिएको मन्त्री पालले जानकारी दिए । 

त्यस्तै अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९२ करोड ७० लाख १० हजार छुट्ट्याइएको छ । साथै विनियोजन गरिएको बजेटको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक राजश्व परिचालनबाट एक अर्ब ६० लाख, नेपाल सरकारको राजश्व बाँडफाँडतर्फ ९ अर्ब ९९ करोड, संघीय रोयल्टी बाँडफाँटबाट चार करोड ४० लाख, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान आठ अर्ब ७२ करोड रहेको छ । 

त्यस्तै चालु वर्षको बजेटबाट वचत हुने ६ अर्ब १५ करोड, सर्शत अनुदानतर्फ तीन अर्ब १३ करोड, संघीय समपूरक अनुदान एक अर्ब ४२ करोड र विशेष अनुदान ५५ करोड प्राप्त हुने अनुमान गरिएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले 'चितवन घोषणा पत्र २०८२' जारी गर्ने

रास्वपाले 'चितवन घोषणा पत्र २०८२' जारी गर्ने

उपसभापति डा.स्वर्णिम वाग्लले रास्वपाको वाचा पत्रको खाका पेस गर्दै छन् । त्यसभन्दा अघि सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर अभियानको प्रतिवेदन पेस हुने छ ।...
लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

मृत्यु हुनेमा सो जिप चालक दोलखा मेलुङ ४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले बताए...
पूर्वमन्त्री तथा कांग्रेस नेता अफताब आलमको निधन

पूर्वमन्त्री तथा कांग्रेस नेता अफताब आलमको निधन

उनी जेठ १४ गते कारागारबाट रिहा भएका थिए । छुटेलगत्तै उनी गम्भिर बिरामी परेका थिए । ब्रेन स्ट्रोक भएपछि उनले अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराएका थिए । पछिल्ला...
बाढीपहिरोको क्षतिबाट ३ अर्ब ७८  करोड बराबरको बीमा दावी

बाढीपहिरोको क्षतिबाट ३ अर्ब ७८  करोड बराबरको बीमा दावी

प्राधिकरणका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिको रु २३ अर्ब २३ करोड बराबरको बीमा दावीको आवेदन परेको छ । यस्तै, गत असारको बाढी...