नेभिगेशन
समाज

भोटेकोशी र त्रिशूलीमा बाढीको जोखिम

काठमाडौँ । भोटेकोशी र त्रिशूलीमा आज पनि आकस्मिक बाढीको जोखिम रहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रलेअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका बाढीविद् सरस्वती विष्टले भोटेकोशीको माथिल्लो तटीय क्षेत्रमा वर्षा भइरहेको र अझै वर्षाको सम्भावना रहेकाले रसुवा र नुवाकोट हुँदै बहने भोटेकोशी, त्रिशूली नदी तथा आसपासका स–साना नदीमा जलसतह उल्लेख्य बढ्ने सम्भावना जानकारी दिए । “ती नदीमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को उच्च सम्भावना रहेकाले नदी तथा खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ”, उनले भने ।
 
यसैगरी, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, कास्की, स्याङ्जा, पर्वत, डोल्पामा आसपासका स–साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।
 
महाशाखाका अनुसार रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, कालीकोट, मुगु, हुम्ला, जुम्ला, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, बैतडी, दार्चुला र कञ्चनपुर जिल्ला आसपासका स–साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाऊः आयोग

उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाऊः आयोग

राष्ट्रिय मानव अधिकार आयोगले भोटेकोशी र त्रिशूली नदीमा गएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन तीनै तहका सरकारलाई आग्रह गरेको छ...
रसुवा बाढीमा मृत्यु भएकाहरुको शव पहिचानका लागि नयाँ प्रक्रिया सुरु

रसुवा बाढीमा मृत्यु भएकाहरुको शव पहिचानका लागि नयाँ प्रक्रिया सुरु

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका आफ्ना सन्तान र आफन्तको खोजतलासमा रहेका परिवार अहिले डिएनए परीक्षणमार्फत भए पनि पहिचान हुने आशमा छन् ।
भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् ।
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ ।