नेभिगेशन
सबै कुरा

वर्तमान सरकारले पनि बूढीगण्डकी आयोजना निर्माणको काम अगाडि बढाउन चाहेनः डा. बाबुराम भट्टराई

गोरखा । पूर्वप्रधानमन्त्री एवं नेपाल (समाजवादी पार्टी)का अध्यक्ष डा बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय आयोजनाकैरुपमा अगाडि बढाउनुपर्ने बताएका छन् । 

उनले आयोजनाको विद्यमान अवस्था जारी रहेमा आयोजनाको काम अलपत्र पर्नसक्ने खतरा रहेको बताए। “नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीबाट आयोजना बनाउन खोजिए बूढीगण्डकी बहुउद्देश्यीय आयोजनाका रुपमा बन्नै सक्दैन । डा. भट्टराईले भने,  “प्राधिकरणको सहायक कम्पनीबाट बनाउने भनेको त हामीले कल्पना जुन बहुउद्देश्यीय आयोजनाको परिकल्पना गरेका छौँ, त्यो सम्भव छैन । यो विषयमा गोर्खाली जनताले पनि आवाज उठाउनुपर्छ ।”

बूढीगण्डकीलाई बहुउद्देश्यीय आयोजनाका रुपमा अगाडि बढाउन बूढीगण्डकी विकास प्राधिकरण गठन गरेको निर्माण गर्नुपर्नेमा उनले जोड दिए । “बूढीगण्डकी विकास प्राधिकरण गठन गरेर आयोजना निर्माण अगाडि बढाउन सकियो मात्र यो आयोजना राष्ट्रिय गौरवको आयोजनाकारुपमा बन्छ”, भट्टराईले चने, “नत्र हामीले परिकल्पना गरिएअनुसार आयोजना बन्नै सक्दैन ।”

उनले वर्तमान सरकारले पनि बूढीगण्डकी आयोजना निर्माणको काम अगाडि बढाउन नचाहेको समेत बताए । “मुख्य परियोजना बूढीगण्डकी परियोजना नै अलपत्र बन्दैछ”, पूर्वप्रधानमन्त्री भट्टराईले भने, “प्रधानमन्त्री पुष्पकमल दाहाल नै कुनै न कुनैरुपमा नौ वर्षदेखि सत्तामा हुनुहुन्छ, चाहे आफ्नो नेतृत्वमा होस् वा अरुको नेतृत्वमा तर आयोजना पटक्कै अगाडि बढाएको देखिएन् ।”

गोरखालाई विकास र समृद्धिको मोडलकारुपमा अगाडि बढाउनुपर्ने आफ्नो चाहाना रहेको भए पनि आगामी आर्थिक वर्ष २०८१/८२ का लागि केन्द्र सरकारले बिनियोजन गरेको बजेटबाट उक्त सम्भावना नरहेको बताए । झट्ट हेर्दा गोरखामा बढी बजेट हालेको प्रचार भए पनि टुक्रे योजना मात्र परेको उनले बताए । 

“गोरखाको पश्चिम क्षेत्रलाई औद्योगिक क्षेत्रका रुपमा विकास गर्ने र सँगसँगै यहाँको ऐतिहासिक, सांस्कृतिक क्षेत्रलाई जोडर धार्मिक पर्यटन तथा उत्तरी गोरखालाई साहासिक पर्यटनको जुन बढी सम्भावना छ”, उनले भने, “यसलाई मिलाएर एकीकृत पर्यटनको योजना बनाउने प्रस्ताव गरेको भए पनि कुनै पनि सरकारले काम गरेन ।” 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

पुल्चोक इन्जिनियरिङ क्याम्पस अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सी सर्भिसेजको प्रतिबेदन अनुसार जमीनमुनि १६ मीटरसम्म पाइल राख्नु पर्नेमा ५ मीटरसम्म मात्र राखिएको भेटिएको प्रतिबेदन उल्लेख गरिएको छ । जसका...
सुरक्षण मुद्रण केन्द्रबाटै ‘लाइसेन्स’ छपाइ सुरु

सुरक्षण मुद्रण केन्द्रबाटै ‘लाइसेन्स’ छपाइ सुरु

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपास्थित केन्द्रमा रहेको मेसिनबाट छपाइ शुभारम्भ गरे । सञ्चारमन्त्री जगदीश खरेलले कानुनी उल्झन र विविध कठिनाइका बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर...
भिरालो पाखो सम्याएर म्याग्दीमा खेलमैदान निर्माण

भिरालो पाखो सम्याएर म्याग्दीमा खेलमैदान निर्माण

क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले ‘सेभेन ए साइड’ फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिने खेलमैदान निर्माण भएको जानकारी दिए ।
छैटौं शताव्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको पुनःनिर्माण

छैटौं शताव्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको पुनःनिर्माण

पुनःनिर्माण सम्पन्न भएको शुक्रबार ब्रह्मा मन्दिरको काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलले उद्घाटन गरेका हुन ।मन्दिरको उद्घाटन पछि महानगर प्रमुख बालेन्द्र शाह कार्यक्रमबाट बाहिरिएका थिए...