नेभिगेशन
सबै कुरा

अखबारहरू बैंकका लिलामीका सूचनाले भरीदा दुःख लाग्छ: अर्थसचिव मरासिनी

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले अखबारहरु बैंकका लिलामीका सूचनाले भरिदा दुःख लागेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले  आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

सचिव मरासिनीले पछिल्ल्लो समय बैंकका लिलामीका सूचना देख्दा दुःख लाग्ने गरेको अनुभव सुनाए ।  ‘अखबारमा पानाहरुमा उत्पादन र वस्तुका विज्ञापन हुनुपर्ने हो । तर, लिलामीले भरिएको देख्छु,’ सचिव मरासिनीले भने, ‘यो समस्याको समाधानका लागि सबैको सहकार्यमार्फत् अगाडि बढ्नु पर्छ ।’

City Express

मरासिनीले ‘पछिल्लो समय अर्थतन्त्र सुधार हुँदै गएकोले आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्याउन सकिने पनि बताए । ‘हामीले ६ प्रतिशतको मात्रै लक्ष्य राखेका छौं, त्योभन्दा पनि बढी हाँसिल गर्ने गरि काम गर्न सकिने स्थिति बनिरहेको छ,’ सचिव मरासिनीले भने । 

उनले अहिले अर्थतन्त्र सही मार्गमा अघि बढेको र आर्थिक गतिविधि बढ्ने स्थिति बनिसकेको बताए । तर, त्यसलाई तीव्रता दिन र अर्थतन्त्रमा चाँडो सुधार ल्याउन हाल चलिरहेको भाष्यमा सुधार ल्याउन आवश्यक रहेको बताए ।

अर्थसचिव मरासिनीले भने, ‘यो भाष्यलाई परिवर्तन गर्नुपर्छ, अर्थतन्त्र कन्फिडेन्सले पनि चल्ने हो । मुहार हेरेर पनि कारोबार गर्नु पर्ने अवस्था आउन सक्छ । बैंकर साथीहरूले पनि यो विषयमा मनन गर्नुपर्छ ।’ 

यस्तै, उनले प्रतिव्यक्ति आयको हिसाबमा एसियामा नेपाल केही पछाडि भएपनि वित्तीय स्थिरता तथा आधारभूत सूचकहरूमा अन्य देशको तुलनामा  अगाडि नै रहेको धारणा राखे । उनले पछिल्लो समय अधिकांश मानिसहरूले बजेटको भन्दा मौद्रिक नीतिमभाथि विश्वास गर्दा चिन्ता र चुनौति पनि थपिएको बताए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकारको सञ्चित कोष १ खर्ब ९६ अर्ब ३४ करोड ५९ लाखले ऋणात्मक

सरकारको सञ्चित कोष १ खर्ब ९६ अर्ब ३४ करोड ५९ लाखले ऋणात्मक

महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वर खनाललाई समग्र प्रतिवेदन बुझाएको उल्लेख गरे । प्रतिवेदनअनुसार आव २०८१/८२ मा सरकारको सञ्चित कोष रु एक खर्ब ९६ अर्ब ३४ करोड ५९...
एमालेका पूर्व सांसद एवम् प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन पक्राउ

एमालेका पूर्व सांसद एवम् प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन पक्राउ

एमालेका पूर्व सांसद एवम् प्रभुु ग्रुुपका अध्यक्ष देवीप्रकाश भट्टचन पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले मंगलबार भट्टचनलाई ललितपुरबाट पक्राउ गरेको हो...
यस्तो छ आजका लागि तोकिएका विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तोकिएका विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९० पैसा र बिक्रीदर १४१ रुपैयाँ ५०...
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ७० पैसा र बिक्रीदर १८७ रुपैयाँ...