नेभिगेशन
सबै कुरा
तीनकुने हत्या प्रकरण :

तीनकुने सामूहिक हत्या प्रकरण : एउटा हत्या लुकाउन अन्य तीन जनाको हत्या


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

३१ भदौ, काठमाडौं । तीनकुने सामूहिक हत्यामा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारी संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । प्रहरीले काठमाडौंको तीनकुनेस्थित गैह्रीधारामा भएको सामूहिक हत्याका आरोपित सञ्जय भण्डारीलाई आज सार्वजनिक गरेको हो । अनुसन्धानको क्रममा एक व्यक्तिको हत्या गर्ने मनसायले मिलमा छिरेका भण्डारीले घटना बाहिर जान नदिन अन्य तीन जनाको हत्या गरेको पुष्टि भएको छ । 

Extreme Energy

घटनाको सुरुवात सामान्य विषयबाट सुरु भएको देखिएको छ । जहाँ विशाल राईले चलाएको मोटरसाइकलले केही दिन अघि संजय भण्डारीलाई ठक्कर दिएको थियो । सोही विषयमा विवाद हुँदा विशाल राईले संजय भण्डारीलाई कुटपिट गरेका कारण संजयले त्यही प्रतिशोध साँध्न विशाल राई बस्ने ठाउँ पहिल्याएर उनको हत्या गरेको अनुसन्धानमा देखिएको छ । 

घटना भएको दिन अर्थात मिति २०८०/०५/२९ गते संजय भण्डारी मृतक विशाल राईलाई आज भेट्छु निहु खोज्यो भने छप्काई दिन्छु भन्दै आफु बस्ने गरेको पेप्सिकोला विरेन्द्रचोकमा रहेको दिदी भिनाजुको कोठाबाट निस्किएका थिए । उनी आफूले बोक्ने झोलामा खुकुरी हालेर साँझ दिदीको कोठाबाट निस्केका थिए ।

हत्या गर्ने योजना बनाएर उनी तीनकुनेमा रहेको सः मिलको पछाडी पट्टीको बन्द गेटबाट माथि चढी विशाल राई बस्ने कोठामा गएका थिए । कोठामा पुग्दा विशाल राईलाई नदेखेपछि सोही कोठाको सोफामा बसिरहेका थिए भण्डारी । त्यसको केही समयपछि विशाल राई आएर किन यहाँ बसेको भनि कुटपिट गरेपछि आफूले रिस थाम्न नसकेर विशाल राईको टाउकोमा पटक पटक प्रहार गरी हत्या गरेको उनले प्रहरीलाई बताएका छन् । 

विशाल राईको हत्या गर्ने क्रममा उनकी आमा सुभद्रा भुजेलले घटना देखेर चिच्याएका कारण उनले उक्त घटना बाहिर जाने डरले सुभ्रदालाई समेत सोही खुकुरीले प्रहार गरी हत्या गरेका थिए । सोही समयमा पुर्ण बहादुर भुजेल घटनास्थलमा पुगी फोन गर्न लाग्दा उनलाई पनि टाउकोमा नै प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ । 

त्यसपछि मृतक पुर्ण बहादुर भुजेलकी श्रीमती अम्विका भुजेल पनि सोही स्थानमा आएकोले उनले समेत सो घट्ना देखेकाले बाहिर नल्याओस भन्ने उदेश्यले संजयले उनको समेत हत्या गरेका थिए । 

हत्यापछि संजयले कुमार भुजेलको लाशलाई तान्दै नजिक रहेको टहराको कुनामा रहेको शौचालयको ढोका छेउमा लगेर फालेका थिए भने उनकी श्रीमति अम्बिका भुजेललाई पानी तान्ने कलको नजिक लगेर फालेका थिए ।  त्यस्तै सुभद्रा भुजेलको शवलाई भने उनले काठ गोदामको छेउमा लगेर फालेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा संजय भण्डारीले विशाल राईलाई रिसईबीको कारण प्रतिशोध  साँधी हत्या गरेको भएपनि अन्य अन्य ३ जनालाई भने सो घटना बाहिर आउने त्रासमा हत्या गरेको देखिएकाे छ । 

हत्यापश्चात संजय भण्डारी आफू प्रवेश गरेकै गेटबाट हामफाली कोटेश्वर चोक हुँदै काँडाघारी विरेन्द्रचोकमा रहेको दिदी भिनाजुकै कोठामै गएर सुतेको देखिएको छ । 

हत्या गरेको भोलिपल्ट अर्थात शनिबार उनी नक्सालस्थित पहिले आफू पढेको विद्यालयमा पुगेको साथै आइतबार बिहान उठेर प्रहरीले खोजेको हुनसक्ने आशंकामा उनी सिन्धुपाल्चोक जान पेप्सिकोलाबाट कोटेश्वरतर्फ आउँदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको हो । 

जन्मजात बोल्न समेत नसक्ने संजय भण्डारी सिन्धुपाल्चोकको बाह्रबिसेमा कक्षा ८ सम्म अध्ययन त्यसपश्चात काठमाडौंबाट कक्षा १२ सम्म अध्ययन गरेका थिए । उनको सांकेतिक भाषा बुझ्न नसकेपछि प्रहरीले दोभासे झिकाएर बयान लिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर...
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी...
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

“घाइतेहरुमध्ये तीन जना (अञ्जना राई, सेवन्ता राई र टेमिना राई)को अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ”, प्रहरी निरीक्षक बस्नेतले भने,...

भर्खरै