नेभिगेशन
सबै कुरा
तीनकुने हत्या प्रकरण :

तीनकुने सामूहिक हत्या प्रकरण : एउटा हत्या लुकाउन अन्य तीन जनाको हत्या


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

३१ भदौ, काठमाडौं । तीनकुने सामूहिक हत्यामा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारी संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । प्रहरीले काठमाडौंको तीनकुनेस्थित गैह्रीधारामा भएको सामूहिक हत्याका आरोपित सञ्जय भण्डारीलाई आज सार्वजनिक गरेको हो । अनुसन्धानको क्रममा एक व्यक्तिको हत्या गर्ने मनसायले मिलमा छिरेका भण्डारीले घटना बाहिर जान नदिन अन्य तीन जनाको हत्या गरेको पुष्टि भएको छ । 

Ncell
Extreme Energy

घटनाको सुरुवात सामान्य विषयबाट सुरु भएको देखिएको छ । जहाँ विशाल राईले चलाएको मोटरसाइकलले केही दिन अघि संजय भण्डारीलाई ठक्कर दिएको थियो । सोही विषयमा विवाद हुँदा विशाल राईले संजय भण्डारीलाई कुटपिट गरेका कारण संजयले त्यही प्रतिशोध साँध्न विशाल राई बस्ने ठाउँ पहिल्याएर उनको हत्या गरेको अनुसन्धानमा देखिएको छ । 

घटना भएको दिन अर्थात मिति २०८०/०५/२९ गते संजय भण्डारी मृतक विशाल राईलाई आज भेट्छु निहु खोज्यो भने छप्काई दिन्छु भन्दै आफु बस्ने गरेको पेप्सिकोला विरेन्द्रचोकमा रहेको दिदी भिनाजुको कोठाबाट निस्किएका थिए । उनी आफूले बोक्ने झोलामा खुकुरी हालेर साँझ दिदीको कोठाबाट निस्केका थिए ।

हत्या गर्ने योजना बनाएर उनी तीनकुनेमा रहेको सः मिलको पछाडी पट्टीको बन्द गेटबाट माथि चढी विशाल राई बस्ने कोठामा गएका थिए । कोठामा पुग्दा विशाल राईलाई नदेखेपछि सोही कोठाको सोफामा बसिरहेका थिए भण्डारी । त्यसको केही समयपछि विशाल राई आएर किन यहाँ बसेको भनि कुटपिट गरेपछि आफूले रिस थाम्न नसकेर विशाल राईको टाउकोमा पटक पटक प्रहार गरी हत्या गरेको उनले प्रहरीलाई बताएका छन् । 

विशाल राईको हत्या गर्ने क्रममा उनकी आमा सुभद्रा भुजेलले घटना देखेर चिच्याएका कारण उनले उक्त घटना बाहिर जाने डरले सुभ्रदालाई समेत सोही खुकुरीले प्रहार गरी हत्या गरेका थिए । सोही समयमा पुर्ण बहादुर भुजेल घटनास्थलमा पुगी फोन गर्न लाग्दा उनलाई पनि टाउकोमा नै प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ । 

त्यसपछि मृतक पुर्ण बहादुर भुजेलकी श्रीमती अम्विका भुजेल पनि सोही स्थानमा आएकोले उनले समेत सो घट्ना देखेकाले बाहिर नल्याओस भन्ने उदेश्यले संजयले उनको समेत हत्या गरेका थिए । 

हत्यापछि संजयले कुमार भुजेलको लाशलाई तान्दै नजिक रहेको टहराको कुनामा रहेको शौचालयको ढोका छेउमा लगेर फालेका थिए भने उनकी श्रीमति अम्बिका भुजेललाई पानी तान्ने कलको नजिक लगेर फालेका थिए ।  त्यस्तै सुभद्रा भुजेलको शवलाई भने उनले काठ गोदामको छेउमा लगेर फालेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा संजय भण्डारीले विशाल राईलाई रिसईबीको कारण प्रतिशोध  साँधी हत्या गरेको भएपनि अन्य अन्य ३ जनालाई भने सो घटना बाहिर आउने त्रासमा हत्या गरेको देखिएकाे छ । 

हत्यापश्चात संजय भण्डारी आफू प्रवेश गरेकै गेटबाट हामफाली कोटेश्वर चोक हुँदै काँडाघारी विरेन्द्रचोकमा रहेको दिदी भिनाजुकै कोठामै गएर सुतेको देखिएको छ । 

हत्या गरेको भोलिपल्ट अर्थात शनिबार उनी नक्सालस्थित पहिले आफू पढेको विद्यालयमा पुगेको साथै आइतबार बिहान उठेर प्रहरीले खोजेको हुनसक्ने आशंकामा उनी सिन्धुपाल्चोक जान पेप्सिकोलाबाट कोटेश्वरतर्फ आउँदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको हो । 

जन्मजात बोल्न समेत नसक्ने संजय भण्डारी सिन्धुपाल्चोकको बाह्रबिसेमा कक्षा ८ सम्म अध्ययन त्यसपश्चात काठमाडौंबाट कक्षा १२ सम्म अध्ययन गरेका थिए । उनको सांकेतिक भाषा बुझ्न नसकेपछि प्रहरीले दोभासे झिकाएर बयान लिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...