नेभिगेशन
सबै कुरा

प्रवासी नेपालीको समस्या सम्बोधन गर्न पहल भइरहेको छ : मन्त्री साउद

१ असाेज । परराष्ट्रमन्त्री एनपी साउदले विदेशमा बस्ने नेपालीलाई विभिन्न प्रकारका सेवा सुविधा प्रदान गर्न दूतावास र नियोगहरूलाई थप सक्रिय बनाउन पहल भइरहेको बताएका छन् । उनले राहदानी, भिसालगायतका सुविधा प्रदान गर्न बाह्य स्रोत (आउट सोर्सिङ) समेत गरिने जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री साउदले नेपालले हासिल गरेको शान्ति प्रक्रियाको तार्किक निष्कर्षको अनुभवलाई विश्वमाझ लैजान प्रयास गरिरहेको बताए।  

Extreme Energy

जनसम्पर्क समिति अमेरिकाको आयोजनामा भएको कार्यक्रममा उनले विदेशमा रहेका नेपालीलाई स्वदेशमा फर्किने वातावरणका लागि वर्तमान सरकारले काम गरिरहेको बताए । उनले भने, ‘तपाईंहरूको ज्ञान सीप र पूँजी मात्र नभई देश निर्माण प्रक्रियामा हातेमालो गर्न सरकार सदैव तयार छ ।’ 

गैरआवासीय नेपालीहरूले प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने र त्यसरी चुनिएर आएको एकत्रित र मजबुत संस्थाले मात्र बाहिर बसेका नेपालीको प्रतिनिधित्व गर्ने भएकाले यही भावनाअनुसार काम गर्न मन्त्री साउदले अनुरोध गरे । 

विदेशमा बसेका नेपाली नागरिकलाई मताधिकार दिनका लागि गृहमन्त्रालयले प्रेषित गरेको पत्रलाई आफूले सैद्धान्तिक सहमति दिइसकेको उल्लेख गर्दै मन्त्री साउदले विदेशमा बसेका नेपालीहरूको राहदानी, भिसालगायतका समस्या सम्बोधन गर्न मन्त्रालयको साङ्गठानिक संरचनामा केही सुधारको पहल भइरहेको जानकारी दिए । 

उनले अमेरिका जस्तो प्रजातान्त्रिक मुलुकमा बसेर यहाँ हासिल भएको प्रजातान्त्रिक संस्कृति, संस्कार र व्यवहारलाई नेपालमा लैजान अनुरोध गर्दै भने, ‘तपाईंहरू विकसित र प्रजातान्त्रिक देशमा बसेर यहाँ जुन प्रक्रिया र प्रणाली अङ्गिकार गरिएको छ त्यसको अभ्यास नेपाललाई लैजान म अनुरोध गर्दछु ।’   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ...
इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इक्वेडरका जेलमा सन् २०२१ यता ५०० भन्दा बढी कैदीको मृत्यु भइसकेको छ । केही कारागार सैन्य नियन्त्रणमा रहे पनि लागुऔषध तस्करीमा संलग्न गिरोहहरूले जेलभित्रैबाट अधिकारीहरूलाई चुनौती दिँदै आएका...
साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

मन्त्रालयले नागरिक तथा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने सबै प्रकारका आक्रमणको स्पष्ट रूपमा निन्दा गरेको छ। नागरिकको जीवन र सुरक्षामाथि हुने आक्रमण अस्वीकार्य रहेको उल्लेख गर्दै नेपालले यस्ता...
ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको र उनको शव लुकाएको आरोप (शव अहिलेसम्म फेला परेको छैन) सामना गरिरहेका मनासास पार्कका बासिन्दा नरेश भट्टविरुद्धको मुद्दामा बिहीबार अदालतमा सात...