नेभिगेशन
सबै कुरा

संविधान दिवसका दिन टीकापुर घटनामा चार दोषीको कैद मिनाह

असोज ३, काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भएर जेल परेका चार जना रिहा भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संविधान दिवस पारेर सरकारले चारै जनाको बाँकी कैद मिनाहा गरेको हो । कैलाली कारागारमा रहेका ४१ वर्षीय वीरबहादुर चौधरी, २५ वर्षीय प्रदीप चौधरी र २५ वर्षीय हरिनारायण चौधरी कारागारमुक्त भएका हुन् । नाबालक श्रवण चौधरी पनि बालसुधार गृहबाट मुक्त भएका छन् । 

Extreme Energy

उनीहरू कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दाका दोषी हुन् । 

थरुहट प्रदेशको माग गर्दै २०७२ साल भदौ ७ गते टीकापुरमा भएको झडपमा आन्दोलनकारीको आक्रमणमा प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र नाबालक गरेर ९ जनाको हत्या भएको थियो ।

त्यही घटनामा दोषी ठहर भएका रेशम चौधरीले पनि गणतन्त्र दिवसका दिन आम माफि पाएका थिए । 

सर्वोच्च अदालतले टिकापुर घटनालाई बिर्सनुपर्ने तर बिर्सन नसकिने जघन्य आपराधिक घटना भनेको छ । 

नागरिक उन्मुक्ति पार्टीका तर्फबाट अहिले रेशम चौधरीकी श्रीमती रन्जिता श्रेष्ठ  भुमिसुधार मन्त्री छिन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निर्माणमा ढिलाइ गर्ने व्यवसायीका ६ ठेक्का तोडिए, ४९ करोड दाखिला गराउन पत्राचार

निर्माणमा ढिलाइ गर्ने व्यवसायीका ६ ठेक्का तोडिए, ४९ करोड दाखिला गराउन पत्राचार

ठेक्का तोडिएका योजनामध्ये अछामको मंगलसेन–सुखाड–खेतगैरे–जुलिमारे–ढकारी सडक निर्माण पनि छ। २०७९ वैशाख १६ गते सम्झौता भएको उक्त १० किलोमिटर सडकको निर्माण अवधि २०८३ वैशाख १६ गतेसम्म थपिएको थियो। तर,...
स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको विकल्प छैनः केपी ओली

स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको विकल्प छैनः केपी ओली

उनले पार्टीलाई बलियो बनाउन, एकताबद्ध राख्न र प्रतिगमनलाई पराजित गर्न आन्दोलनको तयारी गर्ने बताए । कठिन राजनीतिक परिस्थितिमा पनि सत्य, न्याय र देशको पक्षमा उभिएर आन्दोलनात्मक र अनुशासित...
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

ज्ञापनपत्रमा स्थानीय तहको निर्वाचनलाई दलीय स्वार्थ र राजनीतिक शक्ति प्रदर्शनबाट मुक्त गर्दै नागरिकको प्रत्यक्ष सेवा, सुशासन र विकासमा केन्द्रित बनाउन गैरदलीय निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने माग गरिएको छ...
परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको सो भेटवार्तामा मन्त्री खनाल र राजदूत भ्रियोनिडेसबीच नेपाल र साइप्रसबीचको द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।