नेभिगेशन
सबै कुरा

संविधान दिवसका दिन टीकापुर घटनामा चार दोषीको कैद मिनाह

असोज ३, काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भएर जेल परेका चार जना रिहा भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संविधान दिवस पारेर सरकारले चारै जनाको बाँकी कैद मिनाहा गरेको हो । कैलाली कारागारमा रहेका ४१ वर्षीय वीरबहादुर चौधरी, २५ वर्षीय प्रदीप चौधरी र २५ वर्षीय हरिनारायण चौधरी कारागारमुक्त भएका हुन् । नाबालक श्रवण चौधरी पनि बालसुधार गृहबाट मुक्त भएका छन् । 

Ncell
Extreme Energy

उनीहरू कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दाका दोषी हुन् । 

थरुहट प्रदेशको माग गर्दै २०७२ साल भदौ ७ गते टीकापुरमा भएको झडपमा आन्दोलनकारीको आक्रमणमा प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र नाबालक गरेर ९ जनाको हत्या भएको थियो ।

त्यही घटनामा दोषी ठहर भएका रेशम चौधरीले पनि गणतन्त्र दिवसका दिन आम माफि पाएका थिए । 

सर्वोच्च अदालतले टिकापुर घटनालाई बिर्सनुपर्ने तर बिर्सन नसकिने जघन्य आपराधिक घटना भनेको छ । 

नागरिक उन्मुक्ति पार्टीका तर्फबाट अहिले रेशम चौधरीकी श्रीमती रन्जिता श्रेष्ठ  भुमिसुधार मन्त्री छिन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमाले बागमतीमा अन्ततः जेएनकै नाममा सहमति

एमाले बागमतीमा अन्ततः जेएनकै नाममा सहमति

बस्नेतले प्रदेश सांसद किरण थापामगरको पक्षमा बहुमत जुटाउन भूमिका खेलेका थिए। एक नेताले बताएअनुसार शुक्रबार बिहान सचिव बस्नेतले गठ्ठाघरमा रहेको जर्मन हाउसमा बागमती प्रदेशका सांसद बोलाएर किरणका पक्षमा...
‘ब्रोड पिक’मा ज्यान गुमाउने पर्वतारोही सम्झदै प्रधानमन्त्रीले भने, ‘साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ’

‘ब्रोड पिक’मा ज्यान गुमाउने पर्वतारोही सम्झदै प्रधानमन्त्रीले भने, ‘साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ’

निर्मल पुर्जा (निम्स दाइ) लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ । सम्पूर्ण दिवङ्गत...
२४ गते नेपाल आउँदै शेरबहादुर देउवा

२४ गते नेपाल आउँदै शेरबहादुर देउवा

नेपाली कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा २४ गते नेपाल आउने भएका छन् । उपचारको हङकङमा रहेका देउवा २४ गते नेपाल फर्कने तय भएको उनी निकट स्रोतले जानकारी दियो...
शीतलनिवासमा रामचन्द्र, रामवरण र परमानन्दको छलफल

शीतलनिवासमा रामचन्द्र, रामवरण र परमानन्दको छलफल

राष्ट्रपति यादवले सोही विषयमा हिजो साँझ प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेका थिए ।