नेभिगेशन
सबै कुरा

शिक्षकहरुको आन्दोलन काठमाडौं केन्द्रित, के छ माग ?

३ असोज, काठमाडौं । आज देशभरका शिक्षक शिक्षिकाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले संसदमा पेश भएको शिक्षा विधेयकको बिरोधमा काठमाडौंमा प्रदर्शन गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त आन्दोलनकै लागि देशका बिभिन्न जिल्लाका शिक्षक शिक्षिकाहरु गाडी रिजर्भ नै गरेर काठमाडौं आएका थिए । नेपाल शिक्षक महासंघले यो आन्दोलनको आह्वान गरेको थियो । 

CG


आन्दोलनरत शिक्षकहरुले १९ बुँदे असहमति व्यक्त गरेका छन् । उनीहरुले बिधेयकको दफा ७१ देखि ८८ सम्ममा उल्लेख गरिएका प्रावधानहरु संसोधनको माग राखेका छन् । उनीहरुले विधेयकमा उल्लेख भएको प्रधानाध्यापक र व्यवस्थापन समितिले दिएको जिम्मेवारी शिक्षकले इमान्दारीपूर्वक पुरा गर्नुपर्ने बुँदा पनि संसोधनको माग गरेका छन् । 

त्यस्तै उपहार, चन्दा र सहयोग लिन नहुने, कम्पनी सञ्चालन वा व्यापार  नहुने, अन्यत्र नोकरी गर्न वा सेवा गर्न नहुने लगायतका प्रावधानमा उनीहरुले अनुन्तुष्टि व्यक्त गर्दै संसोधनको माग राखेका छन् । 

शिक्षकहरुले गरेको आन्दोलनका कारण माइतीघरमा  आसपासका क्षेत्रको ट्राफिक व्यवस्थापनमा निकै समस्या भएकाे छ । जसका कारण यात्रुले घण्टौँ जामको सामना गर्नुपरेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिविको ५१औँ दीक्षान्त समारोह आज

त्रिविको ५१औँ दीक्षान्त समारोह आज

समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए ।
अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिइएको उहाँले जानकारी दिए । केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित बनेको छ ।
प्राध्यापक तथा शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

प्राध्यापक तथा शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

उनले विज्ञप्तीमा कुनै पनि पेशागत ऐनहरुले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदावाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको र...
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्छः शिक्षामन्त्री पुन

सोमबार केशरमहलस्थीत मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले अहिले विश्वविद्यालयहरुमा राजनीति भइरहेको गुनासो आउने गरेको भन्दै विश्वविद्यालयमा राजनीति अन्त्य गर्न कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताएका हुन् ।...