नेभिगेशन
सबै कुरा

शिक्षकहरुको आन्दोलन काठमाडौं केन्द्रित, के छ माग ?

३ असोज, काठमाडौं । आज देशभरका शिक्षक शिक्षिकाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले संसदमा पेश भएको शिक्षा विधेयकको बिरोधमा काठमाडौंमा प्रदर्शन गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त आन्दोलनकै लागि देशका बिभिन्न जिल्लाका शिक्षक शिक्षिकाहरु गाडी रिजर्भ नै गरेर काठमाडौं आएका थिए । नेपाल शिक्षक महासंघले यो आन्दोलनको आह्वान गरेको थियो । 

Extreme Energy


आन्दोलनरत शिक्षकहरुले १९ बुँदे असहमति व्यक्त गरेका छन् । उनीहरुले बिधेयकको दफा ७१ देखि ८८ सम्ममा उल्लेख गरिएका प्रावधानहरु संसोधनको माग राखेका छन् । उनीहरुले विधेयकमा उल्लेख भएको प्रधानाध्यापक र व्यवस्थापन समितिले दिएको जिम्मेवारी शिक्षकले इमान्दारीपूर्वक पुरा गर्नुपर्ने बुँदा पनि संसोधनको माग गरेका छन् । 

त्यस्तै उपहार, चन्दा र सहयोग लिन नहुने, कम्पनी सञ्चालन वा व्यापार  नहुने, अन्यत्र नोकरी गर्न वा सेवा गर्न नहुने लगायतका प्रावधानमा उनीहरुले अनुन्तुष्टि व्यक्त गर्दै संसोधनको माग राखेका छन् । 

शिक्षकहरुले गरेको आन्दोलनका कारण माइतीघरमा  आसपासका क्षेत्रको ट्राफिक व्यवस्थापनमा निकै समस्या भएकाे छ । जसका कारण यात्रुले घण्टौँ जामको सामना गर्नुपरेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि 'एक वर्ष पूरा भएका' र अनिवार्य अवकाश हुन 'एक वर्षभन्दा बढी समय बाँकी रहेका' शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको...