नेभिगेशन
सबै कुरा

आक्रोशित शिक्षकका भित्री कथा, शिक्षकलाई आन्दोलनमा उतार्ने विधेयकमा छ चाहीँ के ?

सरकारले संसद्मा दर्ता गराएको शिक्षा विधेयकले शिक्षकको अधिकार खोसिएको भन्दै काठमाडौं आएका छन् । यस अघि चरणबद्ध आन्दोलन गरेका शिक्षकले बुधबारबाट भने काठमाडौँमा शक्ति प्रदर्शन गरिरहेका छन् । शिक्षक संघसंगठनको छाता संस्था शिक्षक महासंघले आन्दोलनको नेतृत्व गरिरहेको छ । सरकारले आह्वान गरेको वार्ता समेत अस्वीकार गरेका शिक्षकहरूले विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानहरू मान्य नभएको बताउँदै आएका छन् । विद्यालय बन्द गरेर काठमाडौं आएका शिक्षकहरू विधेयक फिर्ता नभएसम्म कक्षाकोठा नफर्किने बताउँछन् । विधेयक सार्वजनिक विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीको हितमा नरहेको आन्दोलनरत शिक्षकहरुको दाबी छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 के हुन् शिक्षकका माग ? 

Ncell
Extreme Energy

सरकारले भदौ २७ गते संसद्मा विधेयक दर्ता गरेको थियो । विधेयकका केही प्रावधानमा सच्याउनु पर्ने माग शिक्षकहरूको छ । शिक्षकहरूको महासंघले विधेयक संसोधन संशोधन सहित पेशागत सुरक्षा, हकहित र सम्मानका लागि १८ बुँदे माग राखेको छ । 

स्थानीयतह अन्तर्गत बस्न अस्वीकार  

शिक्षक माथि स्थानीयतहको मनोमानी हुन्छ संविधानको धारा ५७ ले राज्यशक्तिको बाँडफाँड गर्दै स्थानीय तहको एकल अधिकार अनुसूची– ८ मा आधारभूत र माध्यमिक तह रहने उल्लेख छ । सरकारले त्यही व्यवस्थाअनुसार विधेयक मार्फत शिक्षकको सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमन लगायत रेखदेखमा स्थानीय तह मातहत हुने व्यवस्था लागू गर्न खोजको छ । तर शिक्षकहरूले भने स्थानीय तह अन्तर्गत बस्न अस्वीकार गरेका छन् । विधेयकमा शिक्षकको नियुक्ति, सरुवा, बढुवा, कार्यसम्पादन मूल्यांकन, कारबाहीमा स्थानीय तहलाई भूमिका दिइएको छ । शिक्षकहरूले भने यो भूमिका केन्द्र वा त्यसअन्तर्गतको जिल्ला शिक्षा कार्यालय वा प्रदेश सरकार मातहत हुनुपर्ने माग राखेका छन् । स्थानीय तहलाई शिक्षकको नियमन गर्ने अधिकार दिँदा मनोमानी हुने शिक्षकहरुको भनाई छ । यस्तै विधेयकमा शिक्षकको सरुवा र कार्यसम्पादन मूल्यांकनको अधिकार पालिकामा प्रस्तावित गरिएको छ । यसको पनि शिक्षकहरुले विरोध गरेका छन् । शिक्षकको सरुवा र कार्यसम्पादन मूल्यांकनको अधिकार पालिकामा हुँदा शिक्षकको पेसागत सुरक्षा नहुने डर शिक्षकहरुमा छ । साथै शिक्षकको वृत्ति विकासमा समेत स्थानीय राजनीतिक आग्रहको सिकार हुने शिक्षक महासंघ भनाई छ ।

 दरबन्दी संघ मातहत हुनुपर्ने , जिल्लामा शिक्षा कार्यालय

 शिक्षकहरूले शिक्षक केन्द्रमातहत रहनुपर्ने र जिल्ला शिक्षा कार्यालयको भूमिका बढाउनुपर्ने माग अघि सारेका छन् । यस्तै विधेयकले शिक्षकको दरबन्दी पालिकामा हस्तान्तरण गर्ने भनेको छ तर पालिकामा दरबन्दी राख्दा अन्तरपालिका, अन्तरजिल्ला र अन्तरप्रदेश शिक्षक सरुवा तथा शिक्षक विद्यार्थी अनुपात अनुसार दरबन्दी मिलान गर्न जटिलता हुने शिक्षक महासंघको दाबी छ । महासंघको माघपत्रमा ‘सेवा, सर्तअनुसार सेवा प्रवेश गरेको पेसाकर्मीलाई उसको मञ्जरीबिना सेवा, सर्त र सुविधा परिवर्तन गर्न कानुनसम्मत नहुने भनिएको छ । साथै ‘शिक्षकको तलब भत्ता, सेवासुविधा सबै संघको जिम्मामा भएपछि शिक्षक दरबन्दी पनि संघअन्तर्गत रहनुपर्ने माग शिक्षकहरुको छ । 

प्रधानाध्यापक नियुक्तिको अधिकार पालिकामा नदेउ 

प्रधानाध्यापक नियुक्तिका विषयमा समेत शिक्षकहरुको विधेयक प्रति असन्तुष्टि रहेको छ । विधेयकमा जिल्ला शिक्षा कार्यालयका प्रमुख, स्थानीय तहको प्रशासकीय अधिकृत र शिक्षाविद् सदस्य रहेको समितिले प्रधानाध्यापक छनोट गर्ने प्रावधान राखिएको छ । तर शिक्षकहरुले भने प्रधानाध्यापक नियुक्तिमा स्थानीय तहलाई भूमिका दिँदा राजनीतिक आग्रह र पक्षधरताका आधारमा चलखेल हुने बताउँछन्  । शिक्षकहरूले, शिक्षक सेवा आयोगबाट परीक्षा लिएर मात्रै प्रअ छनोट र नियुक्ति हुनुपर्ने माग राखेका छन् ।

दरबन्दी आन्तरिक प्रतिस्पर्धाबाटै पुरा गर 

विधेयकले अस्थायी दरबन्दी स्वतः स्थायी दरबन्दीमा परिणत हुने व्यवस्था गरे पनि ५० प्रतिशतलाई मात्रै आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने व्यवस्था गरेको छ । अहिले राहत, अस्थायी करार, अनुदान, विशेष शिक्षा, प्राविधिक धारलगायतका कोटामा ४६ हजार शिक्षक छन्  । यो दरबन्दीलाई स्वतः शिक्षक दरबन्दी गर्ने प्रस्ताव विधेयकको छ । तर, दरबन्दी पूर्ति गर्दा अहिले कोटामा भएका शिक्षकबीच आन्तरिक प्रतिस्पर्धाबाट ५० प्रतिशत र बाँकी ५० प्रतिशत खुला प्रतिस्पर्धा गराउने सरकारको प्रस्ताव छ ।

 तर, शतप्रतिशत पदपूर्ति आन्तरिक प्रतिस्पर्धाबाट हुनुपर्ने माग शिक्षकहरुको छ । विद्यालय कर्मचारीको स्थायित्व यस्तै विधेयकमा प्रक्रिया पूरा गरेर आएकालाई आर्थिक सुविधा सहित बिदा गरिने र उमेर पुगेकालाई स्थायी हुन अवसर दिने उल्लेख छ । तर विद्यालय कर्मचारीलाई स्थायित्वको प्रक्रियामा लैजानुपर्ने माग शिक्षकहरुको छ । यस्तै विधेयकले प्रारम्भिक बाल विकास कक्षा) ईसीडी शिक्षक र त्यसको व्यवस्थापन पालिकाले गर्ने उल्लेख गरेको छ । तर शिक्षकहरु भने प्राथमिक तृतीयसरहको शिक्षकलाइ ईसीडीमा राख्नुपर्ने माग गरेका छन् । 

पेन्सन र ट्रेड युनियनको अधिकार 

अस्थायी शिक्षक स्थायी भएपछि अस्थायी अवधि पनि गणना गरी पेन्सन दिनुपर्ने शिक्षकहरुको माग छ । शिक्षकलाई ट्रेड युनियन अधिकार दिनसमेत शिक्षकले माग गरेका छन् । संसद्मा दर्ता भएको शिक्षा विधेयकमा ४ चैत २०७५ पछाडि नियुक्त शिक्षकलाई पेन्सन नदिने, बरु योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागी गराउने व्यवस्था राखिएको छ । यस्तै शिक्षकको रजिस्ट्रेसन, तालिम तथा पेसागत विकासलगायतका काम गर्ने गरी विधेयकमा शिक्षण काउन्सिलको व्यवस्था गर्नुपर्ने माग छ । दुर्गम भत्ता, तलब भत्ता र ग्रेड सुविधाको व्यवस्था गर्न पनि शिक्षकले माग गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विदेशबाट अर्बौं  मल खरिद गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्छः  मन्त्री चौधरी

विदेशबाट अर्बौं मल खरिद गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्छः मन्त्री चौधरी

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा मन्त्री चौधरीले स्वदेशमा नै मल कारखाना वा अन्य कुनै बिकल्प सिर्जना गरेर भएपनि विदेशबाट अरवौको मल...
महाधिवेशनको कार्यतालिका बनाउन समिति गठन गर्ने राप्रपाको निर्णय

महाधिवेशनको कार्यतालिका बनाउन समिति गठन गर्ने राप्रपाको निर्णय

शुक्रबार पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा केन्द्रीय कार्यसमिति बैठकले आगामी महाधिवेशनको कार्यतालिका बनाउन उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री धवल शम्सेर राणा र सह-महामन्त्री प्रकाश रिमाल रहेको समिति गठन गर्ने...
राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

राष्ट्रपति भवनमा शुक्रबार भएको भेटका अवसरमा उनीहरुबीच नेपाल तथा संयुक्त राष्ट्रसङ्घबीच आपसी सहयोग वृद्धि गर्नेलगायत विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सभामुख अर्याल र जापानी राजदूत तोरुबीच शिष्टाचार भेट

सभामुख अर्याल र जापानी राजदूत तोरुबीच शिष्टाचार भेट

भेटवार्ताका क्रममा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ। सभामुख अर्यालले आफ्नो कार्यकालमा नेपाल–जापान...