नेभिगेशन
मुख्य समाचार

यातायात व्यवस्था कार्यालयले बन्द अवधिको जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

काठमाडौँ । कोशी प्रदेश सरकारले जेनजी आन्दोलनका कारण बन्द रहेका यातायात व्यवस्था कार्यालयहरूको अवधीमा सेवाग्राहीलाई लाग्ने जरिवाना पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनका कारण समयमा सवारी साधन दर्ता, नवीकरण र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न नसकेका सेवाग्राहीलाई जरिवाना नलाग्ने व्यवस्था गर्ने निर्णय गरेको हो ।

CG

कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार, आन्दोलनका क्रममा कार्यालयहरू बन्द रहेका दिनलाई जरिवाना गणना अवधिमा नपारिने र सोही अवधिको समय थपिने व्यवस्था गरिएको छ ।

मन्त्री भण्डारीले जेनजी आन्दोलनका क्रममा पूर्ण रूपमा क्षति पुगेका इटहरीका दुई यातायात व्यवस्था कार्यालय र झापाको बिर्तामोडस्थित कार्यालयमा सर्भर पुनःस्थापना भएपछि चालक अनुमति पत्र वितरणलगायतका सबै सेवा पुनः सञ्चालनमा आउने जानकारी दिए ।

बैठकले शैलजा आचार्य प्रादेशिक अस्पताल सञ्चालनका लागि कानुनी ढाँचा तयार गर्न र शैलजा अस्पताल हृदयरोग केन्द्र सञ्चालन कार्यविधि स्वीकृत गर्ने निर्णय पनि गरेको उनले बताए ।

त्यसैगरी, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतका केही कार्यालयमा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको छ । बैठकमा जेनजी आन्दोलनका क्रममा क्षति भएका मन्त्रालय र मातहत निकायहरूको प्रतिवेदन भौतिक पूर्वाधार विकास मन्त्रालयलाई बुझाइएको छ ।

मन्त्रालयले ती क्षतिग्रस्त संरचनाहरूको तत्काल मर्मत तथा आवश्यकता अनुसार पुनर्निर्माण कार्य अघि बढाउने तयारी गरेको मन्त्री भण्डारीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेप्से परिसूचकमा ४२ अङ्कको गिरावट

नेप्से परिसूचकमा ४२ अङ्कको गिरावट

जुन एक दशमलव ५३ प्रतिशतको गिरावट हो । मंगलबार विभिन्न ३३३ कम्पनीका तीन करोड दुई लाख ६२ हजार ७१० कित्ता शेयर एक लाख ४२ हजार ४७६ पटक खरिदबिक्री...
कञ्चनपुर २ का रास्वपा उम्मेदवार दीपक बोहरा र बालेन शाहबीच भेटघाट

कञ्चनपुर २ का रास्वपा उम्मेदवार दीपक बोहरा र बालेन शाहबीच भेटघाट

मङ्गलवार रास्वपा नेता तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार बोहराको निर्वाचन क्षेत्रको झलारीमा उनीहरुबीच भेटघाट भएको हो । भेटका क्रममा रास्वपा नेता तथा उम्मेदवार बोहराले बालेनलाई कञ्चनपुरमा स्वागत गरेको र...
बालेन कैलालीका पाँचै निर्वाचन क्षेत्रका रास्वपा उम्मेदवारहरूको सम्पर्क कार्यालयमा पुगेपछि(तस्बिरहरु)

बालेन कैलालीका पाँचै निर्वाचन क्षेत्रका रास्वपा उम्मेदवारहरूको सम्पर्क कार्यालयमा पुगेपछि(तस्बिरहरु)

सुदूरपश्चिम दौडाहामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मंगलबार कैलालीका पाँच निर्वाचन क्षेत्रमा रहेका रास्वपा सम्पर्क कार्यालयको पुगेर उम्मेदवार भेटघाट गरेका छन् ।  कैलाली...
स्पष्टीकरण पेस गर्न बालेनलाई निर्वाचन आयोगको पत्र

स्पष्टीकरण पेस गर्न बालेनलाई निर्वाचन आयोगको पत्र

झापा ५ बाट रास्वपा उम्मेदवार रहेका बालेन शाहलाई निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै परेको उजुरीका आधारमा आयोगले मङ्गलवार स्पष्टीकरण सोधेको हो । सोही क्षेत्रबाट एमालेका उम्मेदवार रहेका...