नेभिगेशन
सबै कुरा
सुन प्रकरण

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन हुने, समितिको भूमिका बारे मस्यौदा तयारी हुँदै

६० किलो  सुन प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सहमति गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार राति प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकले समिति गठन गर्नेसँगै समितिको मस्यौदा तयार पार्न कार्यदल बनाउने समेत सहमति गरेको हो । 

Ncell
Extreme Energy

कार्यदलमा को को  ?

कार्यदलमा नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता हितराज पाण्डे रहने सहमति भएको बैठकमा सहभागी नेताहरूले बताएका छन् । 
कार्यदलले समितिको काम, कर्तव्य र अधिकारसँगै समितिमा रहने सदस्यहरुको योग्यता  टुंगो लगाउने छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर बरामद भएको ६० किलो सुनबारे छानबिन गर्न उच्चस्तरीय समिति माग गर्दै प्रतिपक्षी एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ ।

अब संसद खुल्छ: नेताहरु

बैठकपछि बाहिरिँदै नेताहरुले सोमबार राति भएका सहमति अनुसार सरकार अघि बढे मङ्गलबारबाट संसद अवरोध हट्ने बताएका छन् । 

बैठकबाट पछि एमालेका प्रमुख सचेतक पदम गिरीले उच्चस्तरीय समिति बनाउन सरकार सकारात्मक देखिएको र सहमतिमा कायम रह्यो भने मंगलबार सदन खुल्ने बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समिति बनाउन सबै दल सहमत भएपछि अब संसद खुल्नेमा आँफु विश्वस्त रहेको बताए । 

नेपाली कांग्रेसका नेता रमेश लेखकका अनुसार सोमबार भएका छलफल अनुसार मस्यौदा तयार पारिने र मंगलरबार पुन बैठक बसी टुंगो लगाइने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपा सांसद, नेताहरुलाई रविको निर्देशनः अनावश्यकरुपमा प्रभावित क्षेत्र पुगेकाहरु तत्काल फर्किनु

रास्वपा सांसद, नेताहरुलाई रविको निर्देशनः अनावश्यकरुपमा प्रभावित क्षेत्र पुगेकाहरु तत्काल फर्किनु

लामिछानेले बाढी गएकै दिन संसदबाट कुनै पनि नेता, सांसद तथा भिआइपीहरुलाई अनावश्यकरुपमा प्रभावित क्षेत्र घुम्न नजान भनेका थिए । साथै आफू पनि अनावश्यकरुपमा नजाने, जानै परेको खण्डमा कुनै...
तीन तहका सरकारबीच समन्वय अभाव हटाऊ:  गगन थापा

तीन तहका सरकारबीच समन्वय अभाव हटाऊ: गगन थापा

उनले भने– ‘तीन तहका सरकारबीच समन्वयको खाडल देखिएको छ, संघ, प्रदेश र स्थानीय सरकारका बीचमा स्पष्ट कार्यविभाजन हुनुपर्छ र एउटै टिमको रूपमा अघि बढ्नुपर्छ।’
रविसँग बागमतीका मुख्यमन्त्रीले भने– संघ सरकारले समन्वय नै गरेन

रविसँग बागमतीका मुख्यमन्त्रीले भने– संघ सरकारले समन्वय नै गरेन

रास्वपा केन्द्रीय कार्यालयमा रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा मुख्यमन्त्री थापामगरले तीन तहका सरकारबीच समन्वय हुन नसकेको बताएका हुन् । उनले समन्वय हुन नसकेपछि प्रदेश सरकारले आफ्नै तरिकाले काम...
सरकार एक्लै अघि बढ्न खोज्योः ओली

सरकार एक्लै अघि बढ्न खोज्योः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद् व्यवस्थापनमा सरकार एक्लै अघि बढ्न खोजेको आरोप लगाएका छन् ।

भर्खरै