नेभिगेशन
सबै कुरा
सुन प्रकरण

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन हुने, समितिको भूमिका बारे मस्यौदा तयारी हुँदै

६० किलो  सुन प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सहमति गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार राति प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकले समिति गठन गर्नेसँगै समितिको मस्यौदा तयार पार्न कार्यदल बनाउने समेत सहमति गरेको हो । 

Extreme Energy

कार्यदलमा को को  ?

कार्यदलमा नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता हितराज पाण्डे रहने सहमति भएको बैठकमा सहभागी नेताहरूले बताएका छन् । 
कार्यदलले समितिको काम, कर्तव्य र अधिकारसँगै समितिमा रहने सदस्यहरुको योग्यता  टुंगो लगाउने छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर बरामद भएको ६० किलो सुनबारे छानबिन गर्न उच्चस्तरीय समिति माग गर्दै प्रतिपक्षी एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ ।

अब संसद खुल्छ: नेताहरु

बैठकपछि बाहिरिँदै नेताहरुले सोमबार राति भएका सहमति अनुसार सरकार अघि बढे मङ्गलबारबाट संसद अवरोध हट्ने बताएका छन् । 

बैठकबाट पछि एमालेका प्रमुख सचेतक पदम गिरीले उच्चस्तरीय समिति बनाउन सरकार सकारात्मक देखिएको र सहमतिमा कायम रह्यो भने मंगलबार सदन खुल्ने बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समिति बनाउन सबै दल सहमत भएपछि अब संसद खुल्नेमा आँफु विश्वस्त रहेको बताए । 

नेपाली कांग्रेसका नेता रमेश लेखकका अनुसार सोमबार भएका छलफल अनुसार मस्यौदा तयार पारिने र मंगलरबार पुन बैठक बसी टुंगो लगाइने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको सो भेटवार्तामा मन्त्री खनाल र राजदूत भ्रियोनिडेसबीच नेपाल र साइप्रसबीचको द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
देशभर संवाद अभियान चलाउने थापाको घोषणा

देशभर संवाद अभियान चलाउने थापाको घोषणा

सभापति थापाले आन्तरिक प्रतिस्पर्धाको तिक्तता छोडेर पार्टीसँग टाढिएका मतदाता र परिवारलाई पुनः जोड्न कांग्रेसले विशेष संवाद अभियान सञ्चालन गर्ने बताएका हुन् ।
ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ...
ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बैंकक प्रस्थान

ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बैंकक प्रस्थान

यसैगरी थाइल्याण्ड, नेपाल र यूएन इएससीएपीले संयुक्त रुपमा आयोजना गरेको ‘सगरमाथादेखि सागरसम्म: एसिया-प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी-त्रिशूली घटनाले सिकाएका पाठहरू’ विषयक कार्यशालालाई मन्त्री श्रेष्ठले बिहीबार सम्बोधन...