नेभिगेशन
सबै कुरा

चीन जाने क्रिकेट टोलीको बिदाइ, सन्दिप गएनन्

८ असोज काठमाडौं । १९ औं एसियाली खेलकुदमा सहभागी हुन चीन जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

आइतबार नवनिर्वाचित नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरूले टोलीलाई बिदाइ गरेका हुन् ।

Dish Home
Global Ime Bank

नेपालले यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ । नेपालले समूह चरण पार गरेपछि भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये कुनै देशसँग प्रतिस्पर्धाको अवसर हुनेछ ।

यसअघि एसिया कप खेलेको टिमलाई केही परिवर्तन गरी एसियन गेम्सका लागि नयाँ टोली बनाइएको छ ।

विकेटकिपर विनोद भण्डारी, अलराउण्डर विवेककुमार यादव र फास्ट बलर अविनाश बोहराले टिममा पुनरागमन गरेका छन् ।

एसियाडका लागि नेपाली टिममा विनोद र आसिफ दुई विकेटकिपर छन् । कुशल भुर्तेल, रोहित पौडेल र सन्दीप जोरा अनुभवी ब्याटर छन् भने दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र विवेक यादव अलराउण्डर छन् ।

सोमपाल कामी, करण केसी, गुल्सन झा, प्रतिश जिसी र अविनाश बोहरा फास्ट बलर तथा सन्दीप लामिछाने स्पिनरको भूमिका छन् ।

सन्दीप लामिछाने भने बिदाइ उपस्थित भएनन् । उनको मुद्दाको पेसी आज तोकिएका कारण उनी टीमसँगै नजाने भएका हुन् । 

मुद्दाको अवस्था हेरेर उनी चीन जाने नजाने टुंगो लाग्ने क्यानले जनाएको छ । 

ललित राजबंशीले भने चोटका कारण एसियाडमा सहभागी छैनन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation

भर्खरै