नेभिगेशन
सबै कुरा

चिकित्सकले काटेको विमानका टिकट पूर्वमुख्यमन्त्री शाहीको टोलीले 'हाइज्याक' गरेपछि

मुगुको ताल्चा विमानस्थलबाट नेपालगञ्ज आउन लागेको समिट एयरमा चिकित्सकहरूको सिट पूर्वमुख्यमन्त्री सहित माओवादी नेताहरूले 'हाइज्याक' गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२ साता अघिनै दुईतर्फी टिकट काटेका चिकित्सकहरूको टिकटमा माओवादी केन्द्रका नेताहरू उडेपछि १६ जना चिकित्सक मुगुमा अलपत्र परेका छन् ।

Ncell
Extreme Energy

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही सहित नेकपा माओवादी केन्द्रका उपमहासचिव मात्रिका यादव, प्रदेश अध्यक्ष विमला केसी, धर्मराज शाह र प्रकाशबहादुर शाही चिकित्सकहरूले काटेको टिकटको सिटमा नेपालगञ्ज आएका हुन् ।

ताल्चामा अलपत्र परेको चिकित्सकहरूका अनुसार समिट एयरका स्टेसन म्यानेजर महेन्द्र भामले भिआइपीको लागि सिट जरूरी परेकाले पाँच जना चिकित्सकलाई लैजान नसकिने भन्दै विमानस्थलबाट फर्काएका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्डसम्बन्धी गोष्ठी र अन्तरक्रियाका लागि जुम्ला पुगेको चिकित्सकको टोलीले दुई साता अघिनै १६ जनाको आउनेजाने टिकट काटेका थिए ।

समिट एयरको बेइमानीका कारण ५ जनालाई विमानस्थलमै छोडेर उड्नु पर्ने भएपछि सबै चिकित्सकले उड्न मानेनन् । नेपालगञ्ज विमानस्थलका श्रोतका अनुसार पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दोलखा जाने कार्यक्रम छ भनेपछि चिकित्सकहरूको सिटमा माओवादी नेताहरूलाई उडाइएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार र डा. गोविन्द केसीबीच सहमति, तोडे अनसन

सरकार र डा. गोविन्द केसीबीच सहमति, तोडे अनसन

बिहीबारदेखि धनगढीमा अनसन बसेका डा. केसीसँग वार्ता गर्न शिक्षामन्त्रीको निर्देशनमा शिक्षा सचिव चूडामणि पौडेल शनिबार धनगढी पुगेका थिए ।
नारायणी अस्पताल घटना: चिकित्सकमाथि आक्रमणको आरोपमा एक जना पक्राउ

नारायणी अस्पताल घटना: चिकित्सकमाथि आक्रमणको आरोपमा एक जना पक्राउ

नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनापछि चिकित्सकमाथि भएको आक्रमण आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, लगियो अस्पताल

धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, लगियो अस्पताल

डा. केसी धनगढीको कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा सत्याग्रहमा बसेका थिए । उनलाई चिकित्सको सल्लाहमा प्रादेशिक अस्पताल सारिएको हो ।
जलन अस्पतालमा छैन खाली बेड

जलन अस्पतालमा छैन खाली बेड