नेभिगेशन
सबै कुरा

चिकित्सकले काटेको विमानका टिकट पूर्वमुख्यमन्त्री शाहीको टोलीले 'हाइज्याक' गरेपछि

मुगुको ताल्चा विमानस्थलबाट नेपालगञ्ज आउन लागेको समिट एयरमा चिकित्सकहरूको सिट पूर्वमुख्यमन्त्री सहित माओवादी नेताहरूले 'हाइज्याक' गरेका छन् ।

२ साता अघिनै दुईतर्फी टिकट काटेका चिकित्सकहरूको टिकटमा माओवादी केन्द्रका नेताहरू उडेपछि १६ जना चिकित्सक मुगुमा अलपत्र परेका छन् ।

CG

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही सहित नेकपा माओवादी केन्द्रका उपमहासचिव मात्रिका यादव, प्रदेश अध्यक्ष विमला केसी, धर्मराज शाह र प्रकाशबहादुर शाही चिकित्सकहरूले काटेको टिकटको सिटमा नेपालगञ्ज आएका हुन् ।

ताल्चामा अलपत्र परेको चिकित्सकहरूका अनुसार समिट एयरका स्टेसन म्यानेजर महेन्द्र भामले भिआइपीको लागि सिट जरूरी परेकाले पाँच जना चिकित्सकलाई लैजान नसकिने भन्दै विमानस्थलबाट फर्काएका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्डसम्बन्धी गोष्ठी र अन्तरक्रियाका लागि जुम्ला पुगेको चिकित्सकको टोलीले दुई साता अघिनै १६ जनाको आउनेजाने टिकट काटेका थिए ।

समिट एयरको बेइमानीका कारण ५ जनालाई विमानस्थलमै छोडेर उड्नु पर्ने भएपछि सबै चिकित्सकले उड्न मानेनन् । नेपालगञ्ज विमानस्थलका श्रोतका अनुसार पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दोलखा जाने कार्यक्रम छ भनेपछि चिकित्सकहरूको सिटमा माओवादी नेताहरूलाई उडाइएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुत्केरी हुनेभन्दा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या धेरै

सुत्केरी हुनेभन्दा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या धेरै

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले भने, “ बेनी प्रादेशिक अस्पतालमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक सय ७७  सुत्केरी भए । सोही अवधिमा एक सय ९१  ...
चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’, कसरी गरिन्छ सर्जरी ?

चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’, कसरी गरिन्छ सर्जरी ?

रोबोटिक तथा युरो सर्जन डा गुरुङका अनुसार चिरेर गरिने शल्यक्रिया र दुरविन प्रविधिबाट गरिने शल्यक्रियाभन्दा रोबोटिक शल्यक्रिया धेरै आधुनिक र सटिक हुने गर्दछ । उनले भने, “रोबोटिक सर्जरी...
दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञ सेवा सुरु

दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञ सेवा सुरु

गत असोज ९ गते डाक्टर शाही जिल्ला अस्पतालमा हाजिर भएकी हुन । विसं २०४२ मा स्थापना भएको जिल्ला अस्पतालमा पहिलो पटक स्त्रीरोग विशेषज्ञ चिकित्सक आएको जिल्ला अस्पतालका सूचना...
पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

एमआरआई मेसिन खरिदमा मिलेमतोको आरोपमा उनीमाथि मुद्दा दायर भएको हो । ठेकदारसहित १५ जनाविरुद्ध  करिब १४ करोड रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ।

भर्खरै