नेभिगेशन
समाज

सरकार र डा. गोविन्द केसीबीच सहमति, तोडे अनसन

काठमाडौँ ।  डा. गोविन्द केसीले अनसन तोडेका छन् । सरकारी वार्ता टोलीसँगको सहमतिपछि डा. केसीले अनसन तोडेका हुन् । 

बिहीबारदेखि धनगढीमा अनसन बसेका डा. केसीसँग वार्ता गर्न शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनमा शिक्षा सचिव चूडामणि पौडेल शनिबार धनगढी पुगेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शिक्षासचिव नेतृत्वको सरकारी वार्ता टोलीसँगको सहमतिपछि डा. केसीले आज अनसन तोडेका हुन् । 

Ncell
Extreme Energy

सरकार र डा. केसीबीच भएको सहमतिअनुसार शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटामा ३०० शय्याको अस्पताल सञ्चालनका लागि तत्काल आवश्यक प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ ।

यसअघि डा. केसीले गेटा अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न, स्वास्थ्य सेवा विस्तार गर्न तथा आफ्ना अन्य मागहरू कार्यान्वयन गर्न दबाब दिँदै आएका थिए ।

यस्तै चिकित्सा शिक्षा ऐनको मर्मअनुरूप सरकारी अस्पताल तथा प्रतिष्ठानहरूको सुदृढीकरण, नयाँ शैक्षिक कार्यक्रम सञ्चालन, छात्रवृत्ति विस्तार र पारदर्शी मापदण्ड कायम गर्ने विषयमा दुवै पक्ष सहमत भएसँगै डा. केसीले अनशन अन्त्य गरेका हुन् । 

सहमतिअनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस, बिएससी नर्सिङ लगायतका शैक्षिक कार्यक्रमहरू राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को मर्म तथा चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको मान्यता अनुसार द्रुत गतिमा अगाडि बढाइनेछ । 

यस्तो छ सरकार र डा. केसीबीच भएको सहमतिः

WhatsApp-Image-2026-07-27-at-21.07.34-1785166477.jpeg

WhatsApp-Image-2026-07-27-at-21.07.35-1785166477.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ।
अब यी अस्पतालमा बन्नेछ ठूला शवगृह

अब यी अस्पतालमा बन्नेछ ठूला शवगृह

मन्त्रालयले देशका विभिन्न १२ वटा सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येक अस्पतालमा कम्तीमा ५० शव अट्ने क्षमताको शवगृह निर्माण गर्ने भएको छ ।
शिक्षण अस्पतालले भन्यो– शव राख्ने ठाउँ छैन

शिक्षण अस्पतालले भन्यो– शव राख्ने ठाउँ छैन

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले भोटेकोशी बाढीमा परी मृत्यु भएका व्यक्तिहरुको शव सुरक्षित राख्न समस्या भएको जनाएको छ ।
रसुवा, नुवाकोट र काठमाडौँका यी १४ अस्पतालमा हुँदैछ घाइतेको उपचार

रसुवा, नुवाकोट र काठमाडौँका यी १४ अस्पतालमा हुँदैछ घाइतेको उपचार

भोटेकोशी बाढीमा परी उद्धार गरिएका घाइतेहरुको रसुवा, नुवाकोट र काठमाडौँका १४ अस्पतालमा उपचार भइरहेको छ ।