नेभिगेशन
समाज

सरकार र डा. गोविन्द केसीबीच सहमति, तोडे अनसन

काठमाडौँ ।  डा. गोविन्द केसीले अनसन तोडेका छन् । सरकारी वार्ता टोलीसँगको सहमतिपछि डा. केसीले अनसन तोडेका हुन् । 

बिहीबारदेखि धनगढीमा अनसन बसेका डा. केसीसँग वार्ता गर्न शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनमा शिक्षा सचिव चूडामणि पौडेल शनिबार धनगढी पुगेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शिक्षासचिव नेतृत्वको सरकारी वार्ता टोलीसँगको सहमतिपछि डा. केसीले आज अनसन तोडेका हुन् । 

Extreme Energy

सरकार र डा. केसीबीच भएको सहमतिअनुसार शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटामा ३०० शय्याको अस्पताल सञ्चालनका लागि तत्काल आवश्यक प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ ।

यसअघि डा. केसीले गेटा अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न, स्वास्थ्य सेवा विस्तार गर्न तथा आफ्ना अन्य मागहरू कार्यान्वयन गर्न दबाब दिँदै आएका थिए ।

यस्तै चिकित्सा शिक्षा ऐनको मर्मअनुरूप सरकारी अस्पताल तथा प्रतिष्ठानहरूको सुदृढीकरण, नयाँ शैक्षिक कार्यक्रम सञ्चालन, छात्रवृत्ति विस्तार र पारदर्शी मापदण्ड कायम गर्ने विषयमा दुवै पक्ष सहमत भएसँगै डा. केसीले अनशन अन्त्य गरेका हुन् । 

सहमतिअनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस, बिएससी नर्सिङ लगायतका शैक्षिक कार्यक्रमहरू राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को मर्म तथा चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको मान्यता अनुसार द्रुत गतिमा अगाडि बढाइनेछ । 

यस्तो छ सरकार र डा. केसीबीच भएको सहमतिः

WhatsApp-Image-2026-07-27-at-21.07.34-1785166477.jpeg

WhatsApp-Image-2026-07-27-at-21.07.35-1785166477.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

भदौ ३१ गतेदेखी असोज ५ गतेसंम्म नुवाकोटका विभिन्न क्षेत्रमा संन्चालीत स्वास्थ्य शिविरमा कुल ६७५ जना बिरामीले स्वास्थ्य सेवा लिएका थिए । शिविरमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण तथा चिकित्सकीय...
भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन...
बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

स्क्रब टाइफस ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रमण हो । डेङ्गु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङले देखाउछ । जम्मा संक्रमित स्क्रब टाइफसको...
अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

सरकारले सुरक्षित मातृत्व र अभिभावकत्वका लागि प्रसूति बिदा अवधि बढाएको छ ।

भर्खरै